सकियो ‘चिण्डिके डुप्के’

Read Time:2 Minute, 4 Second

दिपेन्द्र थापा मगर

उपत्यकाबासी तथा बाहिरबाट आएर उपत्यका बस्दै आएका मगर समुदायले नया“बर्षको अवसरमा आफ्नो संस्कृति विभिन्न स्वाद चाख्ने मौका पाए । नेपाल मगर संघ काठमाडौंले हरेक बर्ष मनाउ“दै आएको ‘चिण्डिके डुप्के’ उत्सवलाई यसपटक फराकिलो बनाउ“दै दुइदिन मनाएको हो । उत्सवको ४१ औं श्रृंखला काठमाडौंको शंख पार्कमा शनिबार र आइतबार दुइदिन आयोजना गरिएको थियो ।

उत्सवमा मेचीदेखि महाकालीसम्मका हजारौं मगरहरुले आफ्नो कला, संस्कृति, गीत संगीत, फिल्मसंगै भेषभुषा र खानपानको समेत स्वाद चाखे । उत्सवमा बालबालिकादेखि युवा युवती र बुढापाकासम्मको सहभागिता रहेको थियो । रोइला, सालैजोदेखि कौरासम्मको संगीत पस्किएको र नाचगान गरिएको उत्सवमा गीत प्रतियोगिता समेत गरिएको थियो ।  

अधिकांश सहभागी मौलिक पोषाकमा आएका थिए भने उत्सव स्थलमै किन्ने व्यवस्था समेत गरिएको थियो । घा“स काट्न प्रयोग हुने खुर्पेटोदेखि, खैंजडी, गुन्द्री, डालो, जा“तो, नाङ्लो जस्ता मगर समुदायको जनजीवनको संगतमा आउने विभिन्न सामाग्रीको प्रदर्शनीमा युवाहरु रमाए । मगर महिला महासंघकी महासचिव पूर्णमाया पुलामी मगरले पछिल्लो समय मौलिक कला संस्कृतिप्रति युवा चासो बढ्न थालेको दाबी गरिन् । उत्सवका संयोजक डबबहादुर गर्बुजा मगरले चाहि“ नया“ पुस्तामा आफ्नो समुदायको सांस्कृतिक ज्ञान हस्तान्तरण गर्न उत्सवलाई निरन्तरता दिएको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %