मगर संघ बेलायतको अध्यक्षमा दुत पुन मगर

Read Time:5 Minute, 17 Second

बेलायत, चजिन्द्र राना मगर, ६ अप्रिल २०१३ मा मगर संघ यु के को चौथो राष्ट्रिय अधिवेसनले दुत पुन मगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती गठन गरेको छ । अधिवेशनले चार जना उपाध्यक्षमा राजेन्द्र राना मगर, दलमान पुन मगर, नेम थापा मगर, हिमाली राना मगर, महासचिवमा बम सुर्यवशी मगर, सचिवमा विजय हितान मगर, कोषाध्यक्षमा तेज राम्जाली मगर, सह कोषाध्यक्षमा नेत्र आले मगर चयन भएका छन । सदस्यहरुमा शोभा राना मगर, हिमलक्ष्मी राना मगर, अनिता राना मगर, छबी माया राना मगर, कृष्ण थापा मगर, टंक बहादुर मगर, बिष्णु प्रसाद घर्ती मगर, जगत थापा मगर, कमल बहादुर पुर्जा मगर, गोपाल थापा मगर, तिलक पुन मगर, होम रोक्का मगर चयन भएका छन । अध्यक्ष पद लगायत सबै जसो पदमा उम्मेद्बारी पर्ने सुनिएता पनि अन्तत सहमतिमानै पदाधिकारी चयन भएका छन l

पूर्व अध्यक्षहरू मेजर (री.) कुल थापा र थर्क रानाद्वारा पानसमा दिप प्रज्वालन गरी उद्घाटन गरीएको थियो । नेपाल  महिला संघकी केन्द्रिय कोषाध्यक्ष पद्मा आले मगर र नेपाल आदिवासी जनजाती महिला महासंघ कि अध्यक्ष कमला थापाले शुभकामना मन्तब्य दिएकी थिइन । त्यस्तै यु के का बिभिन्न क्षेत्रमा रहेका शाखा समितीका अध्यक्ष प्रतिनिधिहरुले शुभकामना मन्तव्यका साथ आआफ्नो शाखाका प्रतिवेदन सुनाएका थिए । आर्थिक प्रतिवेदन दलमान पुनले प्रस्तुत गरेका थिए भने महासचिव योग फगामिले कार्य प्रतिबेदन प्रस्तुत गरेका थिए ।

निवर्तमान अध्यक्ष कुल थापाको मन्तव्य सँगै बन्द्र सत्रको घोषणा गरिएको थियो । बन्द सत्रको पहिलो चरणमा बिधान मस्यौदा समितिले संशोधन सहित बिधान प्रस्तुत गरी पारीत गरिएको थियो । निर्वाचन तथा अध्यक्ष मन्डलले कार्यक्रम अगाडि बढाउदै पाचौ कार्य समिती, सबै सल्लहकार, केन्द्रिय समितिका पदधिकारी, शाखा समितीबाट आएका प्रतिनिधि लगायत उम्मेद्वार दिने सबैको रोहवरमा सबै पदहरु निर्बिरोध भएको घोषणा गरिएको थियो । घोषित पदधिकारीहरुलाई संयोजक भरत थापाले शपथ ग्रहण गराएका थिए ।

म्याग्दी चिमखोला गाउँमा जन्मेका  पुन मगरले, मगर संघ बेलायतको महासचिव, वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हाली सकेका छन l सैनिक पृष्‍ठ भूमिका पुन मगरले शिक्षकको जागिरे जीवन हुँदै बेलायती सेनामा भर्ती भएका थिए । उनी मगर संघ बेलायतमा मात्र आवद्द रहेका छैनन बेलायतमै रहेका बिभिन्न संघ संस्थाहरुमा पनि आवद्द भई महत्वपूर्ण जिम्मेवारी निर्बाह गरी सकेका छन । समाज सेवामा निक्कै सकृय पुन मगर, नेपाल मगर संघ, जित बहादुर सिन्जाली प्रतिष्ठान, मास्टर मित्रसेन थापा प्रतिष्ठान, अरुण थापा मगर प्रतिष्ठान लगायत दर्जनौ संघ संस्थाका आजीवन सदस्य रहीसकेका छन । चिमखोले काइला नामले प्रचलित पुन साहित्यिक फाट्मा पनि निक्कै चर्चित छन । पन मगरको  सुन दन्ते कविता सङग्रह, लन्डनको कोसेली गिती एल्बम लगायत थुप्रै लेख रचना, गजल, कबिताहरु प्रकाशित भएका छन । लन्डनबाट प्रकाशित हुने एभरेष्ट टाइम पत्रिकाको प्रबन्ध निर्देशकको जिम्मेवारी पनि निर्वाह गरीरहेका छन । मगर संघ बेलायतको  दुइ कार्यकाल महासचिव र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष रही सकेका पुनको काँधमा अहिले मगर भित्र रहेको पुन थरको चर्को विवादका साथै बेलायतमा  रहेका मगरको मात्र नभएर संसार भरिका मगरलाई  एकताको सुत्रमा बाधी, शैक्षिक, भाषिक, धार्मिक, सांस्कृतिक, राजनैतिक, सामाजिक बिकासमा जागरण गराउने र  पहिचानको राजनीति चर्किएको बेला मगरहरुको गौरबसाली ईतिहास व्युताउने महान कार्यमा पनि  ठुलो योग्दान हुने अपेक्षा रहेको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %