हंगकंग, ६ अप्रिल, डिएवि पार्टी सम्वद्ध एथनिक माइनोरीटी कमिटी हंगकंगले नेपाली नयाँ बर्ष २०७० को उपलक्ष्यमा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम याउ मा तेइ कम्यूनिटी हलमा सम्पन्न गरेको छ । पार्टीकी उपाध्यक्ष तथा लजिस्लेटिभ काउन्सिलर आन चियोङले सम्बोधनको क्रममा डिएवि पार्टी नेपाली समुदायको लागि हरेक किसिमको सहयोग गर्न तयार रहेको बताएकी थिइन । हंगकंगमा नेपाली समुदाय र डिएवि पार्टी विच लामो र राम्रो सम्वन्ध भएकोले नै नयाँ बर्षलाई महत्व दिएर भेटघाट कार्यक्रम आयोजना गरेको बताइन । उक्त कार्यक्रममा एथनिक माइनोरीटीका अध्यक्ष तथा डिष्ट्रिक काउन्सिलर चान सीय थोङ र डिस्ट्रिक काउन्सलर क्रिस इप लागयत अरूले पनि सम्बोधन गरेका थिए । नेपाली संघ संस्थाका विशेष ब्यक्ति लगायत अरूको पनि उपस्थित रहेको थिए ।
डिएविले नेपाली नयाँ बर्ष मनायो
Read Time:1 Minute, 18 Second