नेपालमै पहिलो हुने गरी पाल्पाले संकलन गर्यो अबैध हातहतियार ।

Read Time:3 Minute, 34 Second

देब पचभैया

  पाल्पा, चैत्र २१ नेपालमै पहिलो हुने गरी जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध हातहतियार संकलन गरेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले आज तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी एक महिना अघि देखि सुरु गरिएको अबैध हातहतियार संकलन कार्यमा पाच सय २३ वटा भरुवा बन्दुक, एक थान सकेट बम र ३६ हेण्ड ग्रिनेट एक थान संकलन भएको जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय, जिल्लाका प्रहरी चौकीहरु बाट प्रहरीले घरदैलो अभियान गरी गाउ गाउ बाट यति धेरै हतियार संकलन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख, प्रहरी नायब उपरिक्षक स्थानेश्वर रेग्मीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालयबाट १ , ईलाका प्रहरी कार्यालय रामपुर बाट ३२, ईलाका प्रहरी कार्यालय मुझुग बाट १ , प्रहरी चौकी सर्देवा बाट ४ , प्रहरी चौकी हार्थोक बाट १, प्रहरी चौकी दोभान बाट १३, प्रहरी चौकी ताहु बाट ५२, प्रहरी चौकी हुंगी बाट १२, प्ररही चौकी राम्दी बाट १६, प्रहरी चौकी बल्ढेङ्गढी बाट ५४, प्रहरी चौकी आर्यभञ्यांग बाट ११, प्रहरी चौकी माथा बाट २७, प्रहरी चौकी रुक्से भञ्यांग बाट १०२, अस्थाई प्ररही चौकी प्रभास बाट १७, अस्थाई प्ररही चौकी केलाडी बाट ५८, अस्थाई प्ररही चौकी भुसालडाडा बाट १६, अस्थाई प्रहरी चौकी जग्वादी बाट १०६ गरी जम्म पाच सय २३ वटा भरुवा बन्दुक संकलन गरिएको हो ।

  बढी हतियार संकलन गर्ने प्रहरी चौकी हरुलाई पुरस्कृत गरिने प्रहरी प्रमुख रेग्मीले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार अझै पनि गाउ गाउमा अबैध हतियार रहेको जानकारी प्राप्त भएकाले एक महिना भित्रमा आफु संग रहेका अबैध हतियार हरु प्रहरीलाई बुझाईदिन आग्रह गरेको छ ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालका अनुसार ५० हजार देखि एक लाख सम्म पर्ने हतियारहरु संकलन भएको र यो अभियानमा नेपालमै पाल्पा पहिलो भएको दाबी गर्नुभयो । गृहमन्त्रालयको आदेश अनुसार अझै एक महिना अबैध हात हतियार संकलन गर्ने समय थपिएको र त्यस बिचमा पनि हतियार नबुझाउनेलाई कानुन अनुसार कारबाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

 

फोटो: जिल्ला प्रहरी कार्यालय पाल्पाले संकलन गरेका अबैध हात हतियार पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्दे ।

फोटो: देब पचभैया

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %