सुन्दर गुरुंग
केही समय अगाडी एमाले कांग्रेसका जनजातिहरुले पार्टी परित्याग गरेर पुन: इतिहास दोहोराए । किनकी २०११ सालमा नै तराई कांग्रेसको नाममा मधेसीहरुले नेपाली कांग्रेसले मधेशीहरुको अधिकार दिन नचाहेको गम्भीर आरोप लगाउादै वेदानन्द झाहरुले नेपाली कांग्रेस परित्याग गरेर तराई कांग्रेस भन्ने दल खोले । त्यस बेलाबाट राजनैतिक रुपमा मधेसीहरुले संघर्ष गरे । त्यस पछि मधेसीहरुको अधिकारका लागि भन्दै विभिन्न मधेशवादी दलहरु खोलियो । मधेशी दलहरु सविधान सभाको निर्वाचन पछि चौथो शक्तिको रुपमा अगाडी आए तर आज मधेशीहरुको समस्या जहाको त्यही छ ।
मधेसीहरुको जस्तै जनजातिहरुको सवालमा पनि २०४७ सालको आन्दोलन पश्चात वाम पन्थीदलहरु र राजावादी दलहरुबाट केही जनजाति नेताहरुले पार्टी परित्याग गरे । उनीहरुले तत्कालीन रुपमा नेपालका वामपन्थी दलहरुले सबै जातजातिहरुलाई अधिकार दिन नचाहेको ब्राह्मणवादी दल भएको भनेर पार्टी परित्याग गरेका थिए । तत्कालीन रुपमा नेपाल जनजाति पार्टी र जनमुक्ति मोर्चाको एकीकरण भएपछि २०४७ सालमा राष्ट्रिय जनमुक्ति पार्टी नामक एक राजनैतिक पार्टी नेपाली राजनीतिमा देखा पर्यो । त्यसबेला देखा परेको एक पार्टी मंगोल नेश्नल अर्गानाईजेशन भन्ने दल पनि थियो ।
तर यस दललाई निर्वाचन आयोगले जातिवादी भएको भन्दै संविधानसभाको निर्वाचन भन्दा अगाडी सम्म दर्ता सम्म पनि गरेन । यसका केन्द्रीय प्रेसिडेन्ट गोपाल गुरुङलाई जातिवादी भाषण गरेको भन्दै पटक–पटक जेल पनि हालियो । तर खुल्ला राजनीतिमा राष्ट्रिय जनमुक्ति पार्टीले तत्कालीन राजनैतिक दलले भन्दा फरक राजनैतिक एजेण्डा लिएर आएको थियो । त्यसैले यस पार्टीले लामो समय साम्प्रदायीक,जातीवादी आरोप खेप्यो
। तर यस पार्टीले उठाउादै आएको रानैतिक मुद्दा धर्म निरपेक्षता, संघीयता र समानुपातीक प्रतिनिधित्व जस्ता मुद्दा राष्ट्रिय मुद्दा भएको छ । नेपालमा जातीय समस्या रहेको रहेछ भनेर पुन: एमाले कांग्रेसका जनजातिहरुले पार्टी परित्याग गरेर पुन: प्रमाणित गरीदिएका छन । अर्को कुरा मधेशीहरुले २०११ सालबाट र जनजातिहरुले २०४७ सालबाट राजनैतिक रुपमा अधिकारका लागि संर्घष गरेका थिए भन्ने पनि माथिका एतिहासिक तथ्यहरुले प्रष्ट पारेका छन् ।
तर आज अझ पनि ती दलहरुलाई साम्प्रदायीक र जातीवादी भनिदैछ । तर २०११ सालमा कांग्रेस र २०४६ सालमा कम्यूनीष्ट पार्टी परित्याग गर्ने वेदानन्द झा, गोरे बहादुर खपाङगी,एम.यस थापाले जे आरोप कांग्रेस, एमाले अर्थात वामपन्थी दलहरुलाई लागाईएको थियो त्यही आरोप आज पार्टी परित्याग गर्ने जनजाति मधेशीहरुले लगाएका छन् ।
अब नेपाली जनताले भन्नु पर्दछ को हो त साम्प्रदायीक को त जातीवादी ? विगत र हालका तथ्यले त जातीवादी,साम्प्रदायीक त कांग्रेस, एमाले जस्ता दल रहेछन् भन्ने प्रमाणित गरेको छ । वस्तुगत र यर्थाथ तथ्य त लुकाएर लुक्दैन । कहिले सम्म पार्टीको नाममा भरिया, कमरा कमरी बनाउने हो त जनजाति मधेशी लगात उत्पीडित समुदायलाई ?
यदी गोरे बहादुर खपाङगीले गरेको जातीवादी भाषणलाई लिएर जातीवादी भनेको हो भने त्यो भन्दा बढी जातीवादी र साप्रदायीक भाषण त आजकल माओवादी, कांग्रेस एमाले लगायत राजनैतीक दलका नेताहरुले गर्ने गरेका छन् । किन ती दलहरु साम्प्रदायीक होइनन् । सामन्तहरुलाई सफया गर्ने नाममा एमालेले चलाएको अभियानमा झापाका १ सय विघा जग्गा भएका वुटन चौधरीलाई सफयाको नाममा हत्या गरियो तर १ हजार विघा जमीन भएका अहिलेका मालेका महासचिव सि.पी मैनालीका बाबुलाई किन सफया नगरी छाडीयो ? छाडीएका मैनालीका सन्तान आज नेता छन् तर वुटन चौधरीका सन्तान कहा के गर्दै छन् हिसाब किताब छैन् । सामन्तलाई सफयाको नाममा झापा विद्रोह जस्तो कलंकित अभियान राष्ट्रिय जनमुक्ति पार्टीले त चलाएन । आज २२ वर्ष भयो शान्तिपूर्ण आन्दोलन गरेको क्रान्तिको नाममा एक थोपा नेपाली जनताको रगत बगाएको छैन । किन नसकेर हो त ? कि एक जिम्मेवार राजनैतिक दलको रुपमा नेपाली राजनीतिमा उभ्याउन ?
गोरे बहादुर खपाङगीको टिका काण्ड र भाषण गर्दा तर्सेको हो भने पनि आज खपाङगीलाई राष्ट्रिय जनमुक्ति पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको पनि वर्षै भयो । पार्टी लाईन भन्दा बाहिर हुने जो कोहीलाई पनि कारवाही गरेर यो पार्टीले देखाइदियो । तर एमालेले सक्छ भने के.पी ओली र वामदेव गौतमलाई र कांग्रेसले सक्छ भने शेर बहादुर देउवा लगायतलाई कारवाही गर्न सक्नु पर्यो नी । यदी गोरे बहादुरको दाह्री र भाषण नै समस्या थियो भने त सबै ब्राह्मण क्षेत्रीहरु जनमुक्तिमा धमाधम प्रवेश गर्नु पर्ने होइन ? तर त्यसो नभएर ब्राह्मणहरुले पनि आफ्नो जातीय पार्टी खोल्ने तिर लागेका छन् किन ?
अर्को कुरो जनमुक्ति पार्टीको विकास क्रमलाई हेरेर पार्टी परित्याग गर्ने जनजातिहरुको हालतलाई भविष्यवाणी गर्न थालिएको छ । हाल पार्टी परित्याग गर्ने जनजातिहरुको भविष्य त तिनीहरुले लिने राजनैतिक मार्गमा भर पर्ने कुरा हो । तर जनमुक्तिको सवालमा जसले दक्षिणलाई रुझाउन सक्छ त्यो नै राजनैतिक रुपमा अगाडी आउछ भन्ने तथ्यलाई सत्य मान्ने हो भने राष्ट्रिय जनमुक्ति पार्टी के हो त ? एक राष्ट्रवादी पार्टी कि अराष्ट्रवादी ?
यो पार्टीले २२ वर्ष सम्म जातीय मुक्तिको कुरा गरेता पनि जातीय जस्तो संवेदनशील विषयलाई पनि शान्तिपूर्ण ढंगले ल्याउन सफल भयो । यो विषयलाई लिएर यसको विकास क्रमलाई जोड्ने हो भने सत्ता प्राप्तिका लागि जनमुक्तिले पनि आफ्नो देशको अस्तित्व मेटाउने गरी दक्षीण पन्थि हुने भनेको हो कि हतियार उठाउन उक्सायिएको हो । यदी त्यस्तो हो भने जनमुक्ति पार्टी एक राष्ट्रवादी पार्टी हो भन्ने बुझ्नु पर्दछ । यदी राष्ट्रवादी पार्टी हो भने नेपालका सबै ब्रह्मण क्षेत्रीहरु यस पार्टीमा किन अटाउन नसक्ने ? राष्ट्रिय जनमुक्ति पार्टीले जुन ढंगबाट स्थापना काल देखी जातीय कुरा उठायो जातीय विग्रहका लागी थियो कि जातीय समस्या समाधानको लागी थियो भन्ने पनी बुझ्न जरुरी छ । राष्ट्रिय जनमुक्ति पार्टीले जातीय समस्याका कुरा उठायो मात्र नेपालमा भइरहेको जातीय समस्यालाई समाधान गर्नका लागी । त्यो बुझ्नको लागी २२ वर्ष सम्मको जनमुक्तिको राजनैतीक यात्रा हेरे हुन्छ । किन कि २२ वर्ष सम्मको राजनैतीक धैर्यता र शान्ति पुर्ण आन्दोलनले प्रष्ट्र पार्छ ।
जातीको नाममा माओवादी लगायत धेरै दल र संगठनले हतियार उठाए तर जनमुक्ति पार्टीले हतियार उठाएन । किन न ? किन कि नेपालमा भएको जातीय समस्यालाई युद्धवाट समस्या समाधान हुन्छ भन्ने विश्वास कहिलई गरेन । हतियार उठाएर सत्तामा पुगेको माओवादीले के नेपालको जातीय समस्या समाधान गर्न सक्यो त ? सकेन किन कि हतियारले सत्ता प्राप्ती हुन्छ साध्य प्राप्ती हुदैन भन्ने प्रष्ट्याएको छ ।
समय नआइकन बच्चा जन्माइयो भने बच्चा तुहिन सक्छ । त्यस्तै भयो पनि त , के नेपालको संघीयता र संविधान तुइएन र ? त्यसैले जनमुक्ति पार्टीको विकास क्रमलाई हेरेर जनजातीहरु टाडिने र भाग्ने,ब्रह्मण क्षेत्रीहरु चाही जातीय पार्टी हो भनेर भाग्ने हो भने नेपालको जातीय समस्या अझ वीस वर्ष सम्म पनी जहाको त्यही हुन्छ । जसको अर्थ हो नेपालको अवश्था पनी वीस वर्ष सम्म जे छ त्यही हुन्छ । किन जनमुक्तिलाई सकारत्मक रुपमा हेर्न जरुरी छ भने जातीय समस्या समाधान गर्ने उपाय र बल जनमुक्ति पार्टी संग मात्र छ । जसले २२ वर्ष अगाडी नेपालको जातीय समस्या लाई वेलैमा समाधान गर्नु पर्छ भन्दा हासोमा उडाउनाले अहिले जातीय विग्रहको समस्या नेपालले भोग्नु परेको छ ।
२२ वर्ष अगाडी नै हालको नेपाल देख्ने जनमुक्तिलाई कसरी हालका पार्टी परित्याग गर्ने जनजाती संग दाज्न सकिन्छ ? २२ वर्ष सम्म शान्ति पुर्ण आवाज उठाउने हाम्रो विरासतलाई युद्धको रगतले पोत्ने हो भनेर उक्साउनेहरु पनी यो २२ वर्षमा धेरै आए तर डगमगाएन । सत्ताको लागी दक्षीणर उत्तर लगाउने पनी आए तर गएन ? किन ?
सत्ताका अवशरहरु पनी नआएका होइनन् । तर देशको लागी भनियो । जसको एक उदाहरण अहिले उपेन्द्र यादवको नेत्रित्वमा बनेको मोर्चा संग जनमुक्ति पार्टीलाई पनी जोडनुले पनी त प्रष्ट पार्छ । अब के जनमुक्ति पार्टी यस्तै अवश्थामा रहला त ? नाई अब जनमुक्ति पार्टीको विकास हुन्छ , वेला भयो मौकामा हिरा फोड्ने । जातीय चेतनाले देशको मुहार फेर्ने । नेपाली जनताको आफ्नै हातले देशको विकासको वाटो र्कोने ।