मुक काजी गुरुङ,हङकङ ३१ मार्च २०१३, 2012 UNITY FAMILY HONG KONG द्वारा आयोजित हङकङ ब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्याङ्जा आंधीखोला स्पोर्ट्स क्लबले बाग्लुङलाई ३-१ को सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन भने प्रथम पुरुष स्वरुप हङकङ डलर ९,०००, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन भने द्दितिया हुने बाग्लुङ टीमले पनि हङकङ डलर ६,०००,कप,मेडल र प्रमाण पत्र हात पारेका छन। यसै गरि प्रतियोगितामा स्याङ्जाकै जर्सी नम्बर ७ सुर्य गुरुङ उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल भएको छ। यसै गरि अनुशासित टीम तर्फ पुन क्लब पर्न सफल भएको थियो।प्रतियोगितामा जम्मा १० टीमले सहभागिता जनाएको थियो।
स्मरण रहोस, गत मार्च १७, २०१३ का दिन हङकङ नेपाली बडीबिल्डिङ एशोसिएशनद्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता पनि स्याङ्जा आंधीखोला स्पोर्ट्स क्लबले नै जित्न सफल भएको थियो ।