हंगकंग ३१ मार्च, सिम सिम पानी परेतापनि झरीको कुनै प्रवाह नगरि युनलोङको ताइतोङ कन्ट्री पार्कमा पाल्पा श्रीनगर समाज हङकङले आयोजना गरेको ९ औ बार्षिक उत्सब तथा भेट घाट कार्यक्रम हङकङको सप्त रंगि क्लबको नौमति बाजाको (पञ्चै बाजा) प्रस्तुती सहित छुट्टै किसिमको रौनकतामा कार्यक्रम भब्यरुपमा सम्पन्न भयो ।
कार्यक्रम समाजका अध्यक्ष श्री बल बहादुर थापा मगरको अध्यक्षतामा सचिव हेम थापा मगरले सन्चालन गरेका थिए भने स्वागत मन्तब्य समाजका सदस्य कर्ण बि.कले दिएका थिए । धेरै संघ संस्थालाई मिन्त्रणा नभए पनि संक्षेपमा भन्नु पर्दा छोटो मिठो कार्यक्रमको अतिथि आसन ग्रहण गराउने क्रममा प्रमुख अतिथि एक बहादुर राना मगर, बिषेश अतिथि समाजका संस्थापक गनेश जंग राना मगर थिए ।
अन्य अतिथिमा महासंघको तर्फ बाट सल्लाहकार हर्क राना मगर, आदिवासी जनजाति महासंघका अध्यक्ष एम बि थापा मगर, मगर संघको तर्फ बाट उपाध्यक्ष प्रेम थापा मगर, जन सम्पर्क समितिका महा सचिव तथा समाजका सल्लाहकार बशन्त श्रीनेट मगर, गुल्मी समाजका प्रतिनीधि सोम थापा मगर थिए । अन्तमा पहिलो चरणको कार्यक्रम मन्चमा आसिन प्रमुख अतिथि लगायत सम्पृ्र्ण अतिथिहरुले आ-आफनो मन्तब्य सहित कार्यक्रमका अध्यक्षद्धारा समापन गरिएको थियो । कार्यक्रमको शुरुवात नेपाली लोक पन्चे बाजाको धुनले स्वागत गरेको थियो । सप्त रंगि क्लबका टोली प्रमुखको भृ्मिका निर्बाह चेत मान गुरुङले गरेका थिए ।
क्लबका टोली प्रमुख सहित १४ जना कलाकारहरुलाई दुई जना पाल्पाली कन्या, कुमारी चेलीद्धारा शिरमा पाल्पाली ढाका टोपीले शुशोभित गरि सम्मान तथा स्वागत गरेका थिए । समाजलाई निरन्तर सहयोग गरिरहनुको साथै आजको पन्चे बाजा घन्काउनको लागि स्पोन्सर गरेर सहयोग गरेवापत योग्य बहादुर थापा र राम अमात्यलाई पनि चेलीद्धरा पाल्पाली ढाका टोपीले सम्मान गरिएको थियो । पन्चे बाजाको लोक भाकामा आ- आफ्नो कला र खुबि देखाउनेहरुको भिडले मन्चमा खुटटा राख्न हम्मे हम्मे थियो भने मञ्जु थापा र तिलक सोमैको दोहरीले अझ रौनक थपे जस्तो देखिन्थ्यो । त्यस माथि पाल्पाली स्वादिष्ट परिकारको स्वादलाइ रिम झिम पानी, चिसो मौसमले त झनै च्यालेन्जनै गरेको थियो ।
बि.बि.क्यृ् पारखिहरुले यी सबै चिजको स्वाद लिई रहेको बेला सुन माथि सुगन्ध भनेझै नेपालबाट आएका पाहुनाहरु जिरे खुर्सानीका कलाकारहरुको प्रबेशले कार्यक्रमको झनै शोभा बढाएको थियो । मौकाको चौका जस्तै हास्य कलाकारहरु पुरुषलाई पाल्पाली ढाका टोपी र महिलालाई खादाले सम्मान गर्न पछि परेन पाल्पा श्रीनगर समाज । अत्यन्त रमाईलो पन्चे लोक बाजा गाजाको धुनले सुसज्जित र सुनौलो र ब्यबस्थित तरिकाले ९ औ बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको थियो ।
गनेश जंग राना मगर