मार्च २७, २०१३ फुङ्लिङ, (ताप्लिजोङ) लिम्बुवान । ताप्लिजोङ फुङ्लिङमा माघ २६ गते ०३(फेब्रुअरी ८) साँझ अचानक आगोलागी भई भएका पीडितहरुलाई लिम्बुवान सोसाइटी अमेकिाद्वारा मार्च २७ (चैत्र १४) का दिन फुङलिङमा एक कार्यक्रमबीच मञ्चसम्बद्ध लिम्बुवानमार्फत् लाखौंको राहत प्रदान गरिएको छ ।
हाल अमेरिकामा रहनुभएका विभिन्न ४७ शुभेच्छुक व्यक्ति तथा सम्बद्ध परिवारबाट लिम्बुवान सोसाइटी अमेरिकाले सङ्कलन गरी पठाएको नगद रू. २,६०,०००।– (अक्षरेपि दुई लाख साठी हजार) विभिन्न ८ घरधनीहरुलाई नगद रू. १५,६२५ र १८ डेराघर बस्नेहरुलाई रू. ७,५००।– का दरले राहत रकम वितरण गरिएको थियो । यसै कार्यक्रममा स्थानीय समाजसेवी तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ताप्लिजोङ जिल्ला अध्यक्ष कीर्तिमान मादेनले थप नगद रू. १३,०००।– राहत सहयोग प्रदान गर्नुभएको थियो । स्थानीय समाजसेवी नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा पत्रकारहरुको उपस्थितिमा लिम्बुवान सोसाइटी अमेरिकाको आग्रह अनुसार प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले एक कार्यक्रमबीच जम्मा २६ घर अग्निपीडित परिवारहरुलाई सो आर्थिक राहत सहयोग हस्तान्तरण गर्नुभएको हो ।
आगलागीबाट पीडित फुङलिङका ७ का ८ घरधनीहरु लाक्पा शेर्पा, मिङ्मा शेर्पा, मणि लिम्बू, कुमारहाङ लिम्बू, महनप्रसाद लिम्बू, कर्णधोज लिम्बू, डिल्लि गुरुङ र उमा गुरुङ रहनुभएको छ । यसैगरी, १८ डेराघर पीडित परिवारहरुमा एलिसा कार्की, रेन्जिखाम्डु शेर्पा, फुर्बा शेर्पा ‘ए’, मिङमा शेर्पा ‘ए’, कल्पना तामाङ, विजय राई, लालबहादुर लिम्बू, सरण लिम्बू, फुर्बा शेर्पा ‘बी’, लक्षिमा शेर्पा, इन्द्रमाया लिम्बू, नरेन्द्र लिम्बू, कमलकुमार हेल्लोक, आइतबहादुर हेल्लोक, लाक्पा शेर्पा ‘बी’, सुकमाया लिम्बू र मानबहादुर लिम्बू रहेका छन् ।