मगर साहित्यमा उत्कृष्ट कृति सिर्जना सहित योगदान पुरयाउने श्रष्टालाई प्रदान गरिदैं आएको रु. ३५,०००।– नगद राशीको जीबसीम साहित्य पुरस्कार–२०६८, यस बर्ष अठार मगर साहित्यकारलाई प्रदान गर्ने निर्णय अनुसार अठार मगर खाम भाषामा संयुक्त रुपमा गीन्नी ङाता कोस्याली–२०६२ (हामी दुइको पहिलो कोसेली) कविता संग्रह र उपन्यास आछिम–का सिल–२०६८ (आजको पाइला) श्रष्टा रोल्पा निवासी जीवन रोका मगर र बेलायत निवासी दुतबहादुर गर्बुजा पुन मगर (चिमखोले काइँला) द्धारा स्थापित रु. ५,०००।– नगद राशीको जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०६८, मगर भाषामा काट लीसार–२०६४ (फक्रन लागेको एउटा फूल) कविता संग्रहका श्रष्टा धनकुटा निवासी सुश्री मनु ठाडा मगरलाई पुरस्कार वितरण समारोह आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सभा हल जावलाखेल, ललितपुरमा प्रमुख अतिथी नेपाल मगर संघका पूर्व अध्यक्ष एवं मन्त्री गोरेबहादुर खपाङी मगरले प्रदान गरे ।
रोका मगरले मगर चलचित्र ‘घाव नाङखार’ मा अभिनय गरेका छन् । उनी नेपाल मगर लेखक संघ रोल्पाका अध्यक्ष समेत हुन ।
ठाडा मगरले फुटकर कथाहरु लेख्नुका साथै नेपाल मगर विद्यार्थी संघमा आवद्ध रहेर काम गरिसकेकी छन् ।
पुरस्कार वितरण समारोहमा अतिथीहरुमा मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर, नेपाल मगर संघ अठार मगर खाम भाषा उपाध्यक्ष कर्ण बुढा मगर, नेपाल मगर संघ, काइके मगर भाषा, उपाध्यक्ष भिम रोका मगर, नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा विभाग प्रमुख प्राज्ञ सुलोचना मानन्धर, प्राज्ञ बुंद राना मगर, साहित्यकार कृष्ण धरावासी, मगर खोज अनुसन्धानकर्ता माकितो मिनामी (जापानी) ले पुरस्कृत व्यक्तित्व वारे बोल्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । प्रतिष्ठानले हरेक बर्ष रु. ५,००० थप्दै पुरस्कार राशी वृद्धि गरेको छ ।
दिपा आले