के मगर
गोरखा,१५ चैत । गोरखाको च्याङलिङ गा बि स वडानं. ७ खोलाघाटमा बुधबार आयोजित जनमुक्ति पार्टीको नागरिक सभामा गोरखा जिल्लाको करिब १०० जना माओबादी कार्यकता ,पार्टी परित्याग गरि जनमुक्तिमा प्रबेश गरेको कुरा मगरात राज्य परिषदका अध्यक्ष ईन्द्र बहादुर मास्की ले बताएका छन ।
सोही नागरिक भेलाले दिल बहादुर कुमालको अध्य्क्षतामा ११ सदसीय जनमुक्ति पार्टी च्याङलिङ गाउँ कार्य समिति गठन गरिएको छ । यसरी नै उपाध्यक्ष पदमा सानु माया गुरुङ, सचिव पदमा चन्द्र बहादुर बोटे, कोषाध्यक्ष पदमा रामजी कुमाल चयन भएका छन । सदस्यहरुमा ,बुध्दि बहादुर सुनार, मनिता गुरुङ ,बिष्णु माया कुमाल लागयतका ब्यक्तिहरु चयन भएका छन ।
यसरी नै सोही नागरिक सभाले राधिका कुमालको अध्यक्षमा १५ सदसीय राष्ट्रिय महिला मोर्चा गठन गरिएको कुरा राष्ट्रिय जनमुक्ति पार्टी तनहुँका अध्यक्ष मन्ध्ररी आले मगरले जानकारी दिएका छन । उक्त नागरिक सभामा राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रिय सदस्य हस्त बहादुर थापा, मगरात राज्य परिषदका अध्यक्ष ईन्द्र मास्की राष्ट्रिय जनमुक्ति पार्टी तनहुँकी अध्य्क्ष मन्ध्ररी आले जिल्ला सदस्य एक बहादुर थापा बहादुर सिँ थापा लगायतका बक्तहरुले मन्तब्य दिएका थिए ।