“मगर संघ अमेरिका” आज देखि दशौ बर्षमा प्रवेश

Read Time:2 Minute, 52 Second

मान राना मगर,यु .एस. ए

न्युयोर्क,अमेरिका , आज 28 March, 2013 आजको दिन हाम्रो प्यारो तथा गौरवमय संस्था मगर संघ  अमेरिका“(Magar Association USA, Inc) को लागि ऐतिहासिक दिन रहेको स्मरण गराउन चाहन्छौं । हो, आजकै दिन 28 March 2004 मा न्यूयोर्क शहरमा यो हाम्रो संस्था (तत्कालिन लाङ्घाली एसोसिएसन अमेरिका) को विधिवत रुपमा स्थापना भएको थियो  यस अर्थमा अब “मगर संघ अमेरिका” आज देखि नवौं बर्ष पुरा गरी दशौ  बर्षमा प्रवेश गरेको छ । यस शुभ अवसरमा हामी सबैसँग बधाई र खुशी बाँड्न चाहन्छौं साथै संस्थाको स्थापना काल देखि आज सम्म हरेक दृस्तिकोणले प्रतक्ष्य अप्रतक्ष्य सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरु तथा शुभचिन्तकहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दै अगामि दिनहरुमा पनि यहाँहरुको सहयोगको निरन्तरताको पूर्ण आशा राखेका छौं । 

 

हामीले स्थापना काल देखि नै यो हाम्रो गौरवमय संस्थाको स्थापना दिवसको उपलक्ष्यमा एक वृहत “Annual Cultural Program and Live Dohari Sanjh” को आयोजना गर्दै आएका छौं । संस्थाको बार्षिक उत्सव सक्भर 28 March मा नै पारेर मनाउदै आएको भए पनि विभिन्न व्यवहारिकताहरुलाई ख्याल गरेर पछील्लो तिन  बर्ष देखि हरेक बर्षको “Memorial Weekend” मा मनाउने परम्परा स्थापित गरि सकेको भएता पनि यो वर्ष छुट्टै बिशेष कार्यक्रम आयोजना गर्ने प्रयत्न भै रहेकोले यस बर्षको “Annual Cultural Program 2013 and Live Dohori sanjh-8” निम्न मिती र स्थानमा  New York शहरमा सम्पन्न हुन गैरहेको बारे सबैमा सहर्ष जानकारी गराउन चाहन्छौं ।

(यो बर्ष बाल्टिमोर र क्यालिफोर्निया मा पनि “Annual Cultural Program 2013 and Live Dohori sanjh-8” दोस्रो र तेस्रो आयोजना गर्ने सम्भावनाको बारेमा छलफल भैरहेको र अन्तिम निर्णय हुन बाँकी रहेको जानकारी गराउदछौ।)

————————————————————————-

Date : Saturday, June 22, 2013

Time : 7.00 PM To 2.00 AM

Venue : Queens Palace

   37-11, 57th Street,

   Woodside, NY-11377

———————————————————-

सदा झैं यस बर्षको कार्यक्रमलाई पनि अविस्मरणिय बनाउन र भव्यतापूर्वक सम्पन्न गराउन यहाँहरुको न्यानो सहभागीताको हार्दिक अपेक्षा गर्दछौं  

 

जय मगर संघ अमेरिका !!

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %