जनजाति पत्रकार संघ पाल्पाको अघिबेशन हुदै

Read Time:1 Minute, 24 Second

पाल्पा ,चैत्र १४

आदिबासी जनजाती पत्रकार संघ (अनिज) पाल्पाको यही चैत्र ३० गते सुक्रबार अधिबेशन हुने भएको छ । जनजाति पत्रकार संघ पाल्पाका अध्यक्ष देब पचभैयाको अध्यक्षतामा आज बिहान संघको कार्यालय बडिज्ञानटोलमा बसेको कार्यसमितिको बैठकले यही ३० गते सुक्रबार जिल्ला समितिको अधिबेशन गर्ने निर्णय गरेको संघका सचिब्ँ हरिबहादुर सारुले जानकारी दिनुभएको छ । बैठकले यो महिनाभर नया सदस्यताको लागी आबेदन माग्ने निर्णय गरेको छ ।

  जिल्लाका सबै आदिबासी जनजाति पत्रकारहरुलाई नया सदस्यता लिन र पुराना सदस्यहरुले सदस्यता नबिकरण गर्न आब्हान गरेको छ । बैठकले संघले अहिले सम्म गरेका कृयाकलापहरुको समिक्षा पनि गरेको छ । ४० बढि जनजाति पत्रकारहरु रहेको पाल्पा जिल्लामा यही चैत्र ३० गते हुने अधिबेशनले नया नेतृत्व चयन गर्ने बताईएको छ । देशै भरी शाखाहरु रहेको जनजाति पत्रकार संघमा  पाल्पा जिल्लापनि ०६३ सालमा शाखा गठन भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %