पाल्पा चैत्र १३ गते
देउरालीको सुसेली श्रीनगर एफ एम ९३ दशमलब २ मेगाहर्ज पाल्पा आज देखि नौ बर्ष पुरा गरी दश बर्षमा प्रवेश गरेको छ । २०६० साल चैत १३ गते श्रीनगर एफ,एम ले प्रसारण आरम्भ गरेको थियो । बिहान ५ बजे बाट बेलुकी ११ बजे सम्म १८ घण्टा प्रशारण भैरहेको श्रीनगर एफ,एम हजार वाटको क्षमतामा छ । तानसेन ७ कैलाशनगर मा रहको यस एफ,एम ९३ दशमलब २ मेगाहर्जमा पाल्पा,स्याङ्गजा, गुल्मी, अर्घाखाची, पर्बत, बाग्लुङ्ग, मनाङ्ग, मुस्ताङ्ग ,रुपन्देही, नवलपरासी, कपिलबस्तु, चितवन लगाएत ३५ बढी जिल्लामा सुन्न सकिन्छ भने ईन्टरनेट अनलाईनको www.shreenagarfm.com मार्फत संसारभर प्रतक्ष्य रेडियो सुन्न र समाचार पढ्न सकिन्छ ।
पाल्पा र आसपासका क्षेत्रमा रहको शिक्षा, स्वास्थ्य, पर्यटन, कुटीर उद्योगको प्रचुर सम्भावनालाई उजागर गर्दै यस भेगमा आर्थिक सामाजिक क्षेत्रको बिकासमा फड्को मार्ने उदेश्यले पाल्पाली युवाहरुले श्रीनगर एफ,एम को स्थापना गरेका हुन् ।
सुचना, शिक्षा, स्वास्थ्य र मनोरञ्जनका कुराहरुलाई समाचार तथा कार्यक्रममा प्राथमिकता दिदै आएको श्रीनगर एफ,एम गरिवी न्युनीकरणको लागी पहल गर्न शासकहरुलाई जनउत्तरदायी बनाउदै सुशासन कायम गर्न पनि अग्रसर रहेको छ । हरेक समय र क्षण , क्षणमा देश बिदेश अनि गाउटोलमा घटेका घटना लाई तत्काल स्रोता माझ पुर्याउन तल्लीन श्रीनगर हाईलाईट निकै लोकप्रिय छ ।
दुरदराज तथा कुनाकन्धरामा रहेका आवाज विहीनहरुको आवाज निती निर्माताहरु सम्म पुराउन र निर्माताले बनाएका निती नियमको जानकारी सर्वसाधारलाई दिन रेडियो प्रभावकारी भुमिका खेलेको छ ।
आज बाट ९ बर्ष पुरा गरी १० बर्षमा प्रबेश गरेको उपलक्ष्यमा प्रालिका अध्यक्ष भिमसेन कार्कीले सबै स्रोता, बिज्ञापन दाता, सुभेच्छुक, लगानीकर्ता तथा कर्मचारीहरु प्रति खुशि ब्याक्त गर्दै आगामी दिनमा पनि थप सुझाब, सल्लाहा र सहयोगको आसा गर्नु भएको छ ।
सरकारले रेडियो स्टेशन संचालन गर्दा लिइने लाइसेन्स तथा अन्य शुल्कको केहि प्रतिशत यस क्षेत्रको विकास संगै संचार क्षेत्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धी गर्न कल्याण कारी कोषमा खर्च गर्ने ब्यबस्था हुनुपर्नेमा जोड दिदै प्रालिका अध्यक्ष कार्कीले रेडियोको कुल आयमा लगाईएको रोयल्टी पुर्ण तया खारेज गर्न माग गर्नुभएको छ । श्रीनगर एफ,एम १० बर्षमा प्रबेश गरेको उपलक्ष्यमा स्रोतामाझ सुभकामना संदेश दिदै बार्षिक नविकरण शुल्क न्युन हुन पर्ने, सुचना तथा संचारमन्त्रालय शासन मुखी नभई , सेवा मुखी हुन पर्ने र सरकारबाट प्रदान गरिने लोक कल्याण्कारी विज्ञापन रेडियोको क्षमता र प्रभावकारीताको आधारमा हुनु पर्छ भन्नु भएको छ ।
आवाज
यसै बिच श्रीनगर एफ,एम प्रालि पाल्पाले नौ बर्ष सफलताका साथ पुरा गरी १० बर्षमा प्रबेश गरेको शुभउपलक्ष्यमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष शिब गाउलेले यस रेडियोले लोकतान्त्रिक आन्दोलन, नागरिकको सुचना पाउने अधिकार सुनिश्चित गर्नको लागी अतुलनिय योगदान लिएको बताउनुभएको छ । अध्यक्ष गाउलेले मुलुकमा प्राप्त उपलब्धीको रक्षाको लागी रेडियोले निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
श्रीनगर ,एफ,एम पाल्पाले नौ बर्ष पुरा गरी १० बर्षमा प्रबेश गरेको सुभ अबसरमा निजि रेडियोहरुको छाता संगठन ब्रोड कास्टिङ्ग एसोसियसन नेपाल (बान) का अध्यक्ष बिष्णुहरी ढकालले पश्चिम नेपालमा रहेको पाल्पा जिल्लामा पहिलो ब्यबशायिक रेडियोको रुपमा स्थापित श्रीनगर ,एमले राष्ट्रिय अखण्डता, जातिय, धार्मिक सहिष्णुतालाई कायम राख्न सधै अग्रसर रहेको बताउनुभएको छ ।
नया नेपाल निर्माणको लागी दोश्र्रो पटक संबिधान सभाको निर्बाचन हुन लागेको बेला निश्पक्ष चुनाबको लागी श्रीनगर एफ,एमले खबरदारी गर्न आबश्यक रहेको भन्दै पाल्पाका राजनैतिक दलका प्रमुखहरुले आन्दोलन बाट प्राप्त उपलब्धीलाई रक्षा गर्न एफ,एम रेडियोको भुमिका राम्रो हुनुपर्नेमा जोड दिएका छन् । राजनितिक दलका जिल्ला तथा केन्द्रिय तहका नेताहरुले समाजमा रहेका बिकृति बिसंगतिलाई हटाउन पहल गर्दे स्वच्छ र समुन्नत समाज निर्माणको लागी श्रीनगर एफ,एमले खेलेको भुमिकाको प्रसंसा गरेका छन् ।
श्रीनगर एफ,एफ, ९३ दशमलब २ मेगाहर्जले नौ बर्ष पुरा गरी १० बर्षमा प्रबेश गरेको अबसरमा पाल्पाका सबै रेडियोका प्रमुखहरु, जिल्लाका अग्रज पत्रकारहरु,पत्रकार महासंघ पाल्पा, स्यांजा, गुल्मी, पर्बत, रुपन्देही लगाएतका जिल्ला सभापतिहरुले श्रीनगर एफ,एमले सामाजिक उत्तर दायित्वलाई राम्ररी बहन गरेको बताउदै थप प्रगतीको कामना गरेका छन् ।
पाल्पाका सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुखहरु , नागरिक समाज, ब्यापारी, मानबअधिकारकर्मी लगाएतले श्रीनगर एफ,एम पाल्पालाई सुभकामना दिदै आगामी दिनमा यसको थप सफलताको कामना गरेका छन् ।