बिक्रम थापा मगर
हंगकंग, २४ मार्च २०१३, नेपाल आदिवासी जनजाति महासंघ हंगकंगको आयोजनामा महावाणीज्यदुत महेश प्रसाद दाहालको नियुक्तीको विरोध गर्दै धर्ना कार्यक्रम सम्पन्न गर्यो । नेपाली महावाणिज्यदूतको कार्यलयको परिसर भवन ईष्ट चिम सा चूईको कंकडीया प्लाजामा विरोध धर्ना गरेका थिए । सो धर्ना प्रदर्शनमा विभिन्न जातिय संगठनका प्रतिनिधिहरु र अन्य क्षेत्रिय संगठनहरुवाट पनि उल्लेख्य सहभागिता रहेको थियो ।
हंगकंगमा वसोवास गर्ने सम्पुर्ण नेपालीहरु मध्ये ९८ प्रतिशत आदिवासी मुलको नेपालीहरु भएकोले महावाणीज्यदुत पनि आदिवासी जनजाति मुलकै हुनु पर्ने माग गर्दै आइरहेका छन् । धर्नामा आउने प्रदर्शनकारीहरुले नेपाल सरकारकले गरेको दाहालको नियुक्तिलाइ सच्याउनु पर्ने माग राख्दै विरोध गर्दै आइरहेको छ । विरोध धर्नामा आएका सहभागीहरूले प्लेकार्डमा “हाम्रो चाहना समानता र सम्मान, अपमान होईन स्वाभीमान र पहिचान”भन्ने नारा सहित नारावाजी पनि गरेका थिए ।
“हंगकंगका लागि जनजाति मूलका महावाणिज्यदूत नियुक्ती गर , महेश प्रसाद दाहाललाई महावाणिज्यदूतमा नियूक्ती गर्ने निर्णय खारेज गर”, आदि इत्यादि मागहरु भएको प्लेकार्डमा लेखिएको थियो । गत महिनाको १७ तारीकमा सम्पन्न विरोध सभाले तर्जुमा गरेको चरणवद्द आन्दोलन अनुसार यो विरोध धर्ना तेस्रो हो । दिनको १ वजेवाट शुरु भएको धर्ना विरोधमा शान्ति पुर्ण किसीमवाट सम्पन्न भएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम. वि . थापा दर्लामि मगरले नेपालको राजनितिज्ञहरुले जनजातिहरुको आवाजलाई कसैले सुनुवाई नगरेको वताए । उनि भन्छन हामीले उठाउंदै आएको हंगकंगको लागी आदिवासी मुलको महावाणीज्यदुतको मागलाई जातिय साम्प्रदायीको संज्ञा दिन नचुक्ने तर सरकारी वा उच्च पदमा वढुवा वा सरुवामा आफ्नै उच्च जातिकालाई मात्र प्राथमिकता दिएको लान्छना लगाउंदै गत महिनामा मन्त्रि परिषदले नियुक्ती गरेको हंगकंगको लागी महावाणीज्यदुतको नियुक्तिले तमाम हंगकंगमा वसोवास गर्ने वहुसंख्यक नेपालीहरुलाई अपमान गरेको वताए ।
आन्दोलनलाई हंगकंगको आदिवासी जनजाति महासंघ संग मात्र सिमित नराखि नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय समिती काठमाण्डौवाट पनि यो आन्दोलनकोलागी पहल गरीरहेको अध्यक्ष एम वि थापा दर्लामि मगरले वताए । महासंघले आज सम्मको आन्दोलनको उपलब्धि बारे जानकारि गराउन अप्रिल १ तारिकका दिन पत्रकार सम्मेलन गर्ने अध्यक्ष एम. बि .थापा मगरले राज्यसत्तालाइ जानकारि दिए ।
विरोध कार्यक्रमलाई अझ सशक्त किसीमले अगाडी वढाउनकोलागी अप्रिल ७ आईतवार दिनको ठिक १ वजे काउलून पार्क देखि नेपाली महावाणीज्यदूतको कार्यलयको परिसर सम्म विभिन्न जातिय संस्थाहरुवाट झांकी सहित विरोध प्रदर्सन गर्ने भएको छ ।
हंगकंगका विभिन्न चाईनिज तथा अंग्रेजी मिडीयाहरुले पनि आदिवासी मूलका नेपालीहरुको आवाजलाई नेपाल सरकार लगायत बिश्वका अन्य मुलुकहरूलाइ पनि सुचना प्रवाव र सहयोग गर्दै आइरहेका छन् । महासंघका सदस्य किसन राईले कार्यक्रम सन्चालन गरेका थिए भने अध्यक्ष एम. वि. थापा मगरले कार्यक्रमको समापन गरेका थिए ।