चन्द्र मादेन “आन्छन्”
हंङकंङ, कंचनजंघाको काख ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङ्लिङ् मा जन्मनु भएका बर्ष २८ का युवा गायक एवं संगीतकार “मेघराज मगराती” त्याहाँको उर्वर माटो,चिसो हावापानी,प्राकृतिक सौन्दर्यले भरिएको पाखा-पखेरा र देउराली हरुमा बाल्यकाल देखी गीत संगीतमा रमाउदै हुर्कीएका हुन । गायक एवं संगीतकार मेघराजू सानै उमेर देखि संगीत भनेपछि हुरुक्क हुने बानी थियो ।
गायन तथा संगीतलाई हृदय देखिनै मनपराउने बानी को कारणले गर्दा नेपाली संगीतको क्षेत्र मा केही गर्ने अथवा संगीतको क्षेत्रमा पहिला देखी लुकेको ज्वालासरी तृष्णालाई प्रस्फुटित गर्न अठोटका साथ गायन तथा संगीतको औपचारिक शिक्षा हासिल गर्नको लागि सन २००५ देखी नयाँ दिल्ली अवस्थीत अखिल भारतिय गान्धर्व महाबिधालय मंडल मुम्बईमा अध्ययनको सुरुवात गर्नुभयो ।
संगीत महा बिधालयमा पाचौ बर्षको लामो गायन तथा संगीत साधना पस्चात हालै मात्र उहाँले नेपाली सास्त्रीय संगीतको क्षेत्रमा नयाँ ईटा थप्ने कार्य गर्नु भएको छ। आफ्नै स्वर र संगीत रहेको नयाँ एल्वम “अनमोल सृष्टि” वल्ड वाईड ईन्टरटेनमेन्ट क्रियसन प्रा. लि. ले उत्पादन गरि बजारमा ल्याएको छ । संगीत पारखी हरुका लागी एउटा छुट्टै सांगीतिक स्वाद भएको एल्वममा मर्मस्पर्शी स्वर र संगीतले भ रिएको ९ वटा गीतहरु रहेका छन । जस्मा स्वर र संगीत गायकको आफ्नै रहेको छ ।
गीत रचना तर्फ स्व।जग मोहन शाक्य , रमेश चन्द्र पुरी ,महेश वस्ती , हरी बराल र गायकको आफ्नै रहेको छ। कुकिल स्वरका धनी गायक एवं संगीतकार मेघराज ले हालै मात्र मिर्मिरे बिहानी साहित्य प्रितष्ठान, गरामनी , झापा को आयोजना गरिएको बृहत सास्कृतिक कार्यक्रम बिच एल्बम बिमोचन गर्नु भएको छ । साथै सांगीतिक कार्यक्रम र नयाँ एल्वम का मिठा गीतहरुले श्रोताको मन जित्न सफल हुनु भएको छ । नेपाली संगीतको क्षेत्रमा सास्त्रीय संगीत लाई नयाँ ढंगबाट प्रस्तुत गरिएको युवा गायक एवं संगीतकार को नयाँ कृति “अनमोल सृष्टि” को स्वाद एक चोटी चाख्दा खेर नजाने वरु संगीतमा डुबेको महसुश गर्न सकिन्छ ।