मतदाता नामावलीमा माओबादीको अबरोध

Read Time:3 Minute, 55 Second

देब पचभैया

पाल्पा,चैत्र ११पाल्पा जिल्लाको पश्चिम भेग फेक र कचल गाविसमा भएको मतदाता नामावली संकलन कार्यमा नेकपा–माओवादीका कार्यकर्ताले अबरोध गरेका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाबाट नामावली संकलनका लागि गएको टोलीले काम गरिरहेको अवस्थामा माओवादीका कार्यकर्ताले ल्यापटप कब्जामा लिएर अबरोध पुर्याएका हुन् । नामावली र फोटोको संकलन गरेको दुईवटा ल्यापटप माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिएपछि संकलन कार्य प्रभावित भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमूख मुत्तिराम रिजालले बताउनुभयो । कुराकानी गर्न भन्दाभन्दै एक्कासी माओवादीका कार्यकर्ता आएर हाम्रो पार्टीको निति अनुसार नामावली संकलन कार्य गर्न नदिने भन्दै ल्यापटप उठाएर हिडेको रिजालले बताउनुभयो । माओवादी पाल्पाका सहइन्चार्ज धिरज रानाले पार्टीको निति अनुसार जिल्लाभरि मतदाता नामावली संकलन कार्यमा अबरोध हुने बताउनुभयो । उहाँले जिल्लाका अन्य स्थानमा पनि निर्वाचनका कर्मचारी र चुनावी प्रचारप्रसार गर्नेलाई अबरोध गरिने बताउनुभयो ।

         गत फाल्गुण ३० गते एनेकपा(माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेसी मोर्चाका बीच भएको ११ बुंदे सहमति र २५ बँदे बाधा अड्काउ फुकाउ सहमति प्रति बिरोध जनाउँदै चुनावका लागि हुने सबै क्रियाकलापमा अबरोध गर्ने चेतावनी दिएको थियो । चार दलको सहमतिमा निर्मित वर्तमान निर्दलिय सरकारले यही आउँदो असारमा संविधानसभाको दोस्रो निर्वाचन गर्ने दिवास्वप्न मात्र भएको माओवादीको बुझाई छ ।         नेकपा–माओवादीले आफ्ना जिल्लाभरिको मातहतका संघसंगठन तथा भातृ संस्थालाई चुनावको काममा अबरोध गर्न सर्कुलर पनि गरेको छ । जिल्लाभरि रहेको ६५ वटै गाविस र नगरपालिकामा माओवादीले फोटोसहितको मतदाता नामावली संकलन कार्यमा अबरोध गर्न र चुनावको प्रचारप्रसार गर्ने दलका बिरुद्धमा उत्रन कार्यकर्तालाई भनेको छ । अहिले जनतामा चुनावको लहर पनि नभएको र चुनावी कार्यक्रम असंवैधानिक भएकोले तत्काल अर्को निर्णय नहुँदासम्म चुनावी कार्यक्रम बहिस्कार गर्न र यस्ता कार्यक्रम भए अबरोध गर्न कार्यकर्तालाई निर्देश गरेको इन्चार्ज वसन्त घर्तीमगरले बताउनुभयो ।

यसै बिच नेकपा माओबादी पाल्पाले मतदाता नामावली संकलन गर्नको लागी अबरोध गरेपछि जिल्ला प्रशासन कार्यालयमा सर्ब दलिय बैठक बसेको छ । बैठकमा माओबादीलाई अबरोध नगर्न अन्य दलहरुले आग्रह गरेका छन् । बैठक पछि नेकपा माओबादी पाल्पाका सेक्रेटरी बिरबलले दलहरुले गरेको आग्रहलाई आफुहरुले पनि केन्द्रमा आग्रह मात्रै गर्ने तर अबरोधको कार्यक्रम निरन्तर जारी रहने बताउनुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %