खडक आले मगर
तनहुँ ,११ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजको दोस्रो जिल्ला अधिबेशन दमौलीमा सम्पन्न भयो । उक्त जिल्ला अधिवेशनले राजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा मिलाकुमारी दरै,सचिवमा प्रताप राना,सह सचिवमा पृथ्वी भुजेल,कोषाध्यक्षमा रुपा गुरुङ चयन हुनुभएको छ । सदस्यहरुमा सन्तोष श्रेष्ठ,राजु श्रेष्ठ,देवेन्द्र कुमाल,सन्तोषी श्रेष्ठ,सुमन श्रेष्ठ र रन्जित मगर चयन भएका छन् । अधिवेशनले निवर्तमान अध्यक्ष विष्णु मास्की मगर र सचिव राजकुमार श्रेष्ठ ‘विवि’लाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको छ ।
अनिजका केन्द्रिय उपाध्यक्ष तिलक पुन मगरले उद्घाटन गर्नुभएको थियो ।उक्त कार्यक्रममा, जनजातिहरुमा सुचनाको पहुँच पुर्याउन छुट्टै मिडिया हाउस आवश्यक भएको कुरा सहभागी बक्तहरुले जोड दिनुभयो ।
संघका निवर्तमान अध्यक्ष विष्णु मास्कीको अध्यक्षतामा सम्पन्न अविधेशन उद्घाटन कार्यक्रममा नेपाली काँग्रसका सहदेव अधिकारी ,जिविसका आलेप अधिकृत सुनिल पाण्डे ,नेपाल आदिवासी जनजाति परिषदका अध्यक्ष थमन सिङ्ग थापा , आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष राजेन्द्र कुमाल,भु.पु. अध्यक्ष हरिसिं गुरुङ, निवर्तमान उपाध्यक्ष हस्त बहादुर थापा,दराई समाजका केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर दरै,पत्रकार महासंघ तनहुँका अध्यक्ष प्रेम प्रसाद पौडेल,निवर्तमान अध्यक्ष प्रदीप काफ्ले,प्रेस युनियनका उपाध्यक्ष ओमकार आचार्य,प्रेस चौतारीका अध्यक्ष प्रकाशचन्द्र भट्टराई, ग्रामिण शसक्तिकरण समाज तनहुँका अध्यक्ष सरीता गुरुङ्ग, डिसु नेपालकी अध्यक्ष नोमा थापा , रिपोर्टस क्लव नेपालका अध्यक्ष मदन वाग्ले , फोटो पत्रकार महासंघ तनहुँ साखाका अध्यक्ष नारायण खड्का, ब्यास नगर टोल विकास संम्न्वय संस्थाका अध्यक्ष चुडामणि दाहाल ,क्रियाशिल पत्रकार महिला तनहुँकी अध्यक्ष सोनि खनिया , मिगुर मासिक पत्रिकका सम्पादक ईन्द्र थापा , जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक ईन्द्र वहादुर थापा ,लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।