नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलियाको -प्रेस विज्ञप्ति

Read Time:2 Minute, 27 Second

चैत्र १ गते एमाओवादी, एमाले, कांग्रेस र मधेशी मोर्चाको सिफारिसमा राष्ट्रपतिले बाहल्वाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई  चुनाबीमन्त्रि  परिसदको  अधछ्य्ताकोरुपमा नियुक्ति  गरियको  कार्यप्रति नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलियाको  गम्भीर ध्यान आकर्षित भएको छ /

चार दल र रास्ट्रपतिले  गरेको  यस प्रकारको कदम प्रति  घोर निन्दा दर्दै  यस कार्यप्रति मंचले यसप्रकार ठहर गरियको  छ /

१. यो कदम असंबैधानिक, अलोकतान्त्रिक र पहिचान सहितको संघीय गणतन्त्र बिरोधी हो/

२. राजनीतिक पद्टती, बहुदलिय ब्यबस्था,लोकतान्त्रिक संघिय गणतन्त्र लाई  कु‘  गरि  निर्दलीय व्यवस्थातिर देशलाई फर्काउने दुष्प्रयासहो /

३. अन्तरिम संविधान २०६३ लाई तुहाउने नियोजित कदम हो /

४. ०६२/६३ को जनआन्दोलनले स्थापित गरेको उपलबिलाई क्रमगत ढङ्गले समाप्त पार्ने षड्यन्त्र हो/

५. संविधान सभाको ६०१ सभासद संख्यामा समानुपातिक संख्या घटाएर पहिचान सहितको संघीयता सफल हुन नदिने ४ दलको घातक योजना हो |

६. संवैधानिक व्यवस्थालाई उपेक्षा गर्दै फुटेका चार दलको राजानीतिक सहमतिको नामबाट असंवैधानिक कदम चाल्नु अन्ततः एमाओवादी, एमाले, कांग्रेस र मधेशी मोर्चा देश र जनता बिरोधि साबित भयको छ ।

अतः चार राजनीतिक दलको यो कदम र राजनीतिक एकाधिकारको विरोधकोरुपमा यही  मार्च २4 का दिन दिउसो १:३० बजे क्याण्टरबारी हलमा  बिरोध सभाहुने भयको हुदा लोकतन्त्र तथा गणतन्त्रप्रेमी सम्पूर्ण नेपाली हरुलाई उपस्थितिकोलागी हार्दिक आव्हान गर्दछ  ।

 

गणेश तामांग

अधछ्य

नेपाली आदिबासी जनजाति अमनच अष्ट्रेलिया ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %