अमेरिकामा मगरहरूले लाईभ दोहोरी शाँझ घन्काउने ।

Read Time:2 Minute, 20 Second

नेपाली  सस्कृति प्रेमी आदरणीय महिला तथा सज्जन बृन्द,

नमस्कार !!!

मगर संघ अमेरिका द्वारा  २००६ देखि प्रत्येक बर्ष आयोजना गरिदै आएको “बार्षिक सास्कृतिक तथा लाईभ दोहोरी  शाँझ” कार्यक्रम यो वर्ष न्युयोर्कमा” बार्षिक सास्कृतिक तथा आठौ लाईभ दोहोरी शाँझ २०१३”  शनिवार, जुन २२ तारिक, २०१३ मा क्विन्स प्यालेस 37-11, 57 स्ट्रिट,  उडसाईड न्युयोर्कमा (Saturday, June 22, 2013, Queens Palace , 37-11  57th Street, Woodside, NY-11377 New York) भब्यरुपमा आयोजना गर्न लागेको यहाहरुलाई जानकारी गराउदछौ ।

यहाहरुलाई स्मरण रहोश,

जहाँ बसे पनि, जहाँ रहे पनि नभुलौं प्यारो मातृभूमिलाई

जोगाई राखौं यूगौं यूग हाम्रा मौलिक कला र संस्कृतिलाई

भन्ने यहि अभियान सहित अमेरिकाको सांगीतिक रंगमंचमा मगर संघ अमेरिकाले सन् २००६ मा न्युयोर्कमा पहिलो पटक लाईभ दोहोरी गित को प्रस्तुति सुरुवात गरेको थियो । यसरी सन् २००६,२००७ र २००८ मा न्युयोर्क, सन् २००९ मा न्युजर्सी, सन् २०१० मा बाल्टिमोर, सन् २०११ मा लस् एन्जल्स-क्यालिफोर्निया र सन् २०१२ मा पु:न बाल्टिमोर-मेरिलैंड मा भव्यरुपमा लाईभ दोहोरी शाँझ सम्पन्न गरिसकेको अनुभब संगाल्दै यसैको निरन्तर्ता स्वरुप”बार्षिक सास्कृतिक तथा आठौ लाईभ दोहोरी शाँझ २०१३” कार्यक्रम न्युयोर्कमा भव्यरुपमा आयोजना गर्न गैरहेका छौ, जसमा यहाहरुको सदाझै साथ, सहयोग र सहभागिताको लागि मगर संघ अमेरिका हार्दिक अनुरोध तथा अपेक्षा गर्दछ ।

 मगर संघ अमेरिका !!!

 

-Man B Rana Magar

______________________________
The Secretariat,

Magar Association USA, Inc

34-32, 59 St.  Suite 1 Woodside, NY 11377

Creating a sense of shared responsibilities towards the Magar community!

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %