मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जीबसीम साहित्य पुरस्कार–२०६८ रोल्पा निवासी जीवन रोका मगर र जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०६८ धनकुटा निवासी सुश्री मनु ठाडा मगरलाई प्रदान गर्ने भएको छ । मगर भाषा साहित्यमा उत्कृष्ट कृति सिर्जनासहित योगदान पुयार्उने श्रष्टालाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानको पुरस्कार छनौट समितिले २०६९ फागुन २२ गते बसेको बैठकले पुरस्कृत प्रतिभाहरूको नाम छनौट गरेको हो । जीबसीम साहित्य पुरस्कार–२०६८ को पुरस्कार राशी रु. ३५,०००/– छ ।
पुरस्कार राशी हरेक वर्ष रु.५०००/–ले बृद्धि गर्दै लगिएको छ । अठार मगर खाम भाषामा संयुक्त रुपमा गीन्नी ङाता कोस्याली–२०६२ (हामी दुइको पहिलो कोसेली) कविता संग्रह र उपन्यास आछिम–का सिल–२०६८ (आजको पाइला) लेखेका रोका मगरले मगर चलचित्रमा अभिनय गरेका छन् । उनी नेपाल मगर लेखक संघ रोल्पाका अध्यक्ष समेत हुन ।
जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०६८ को पुरस्कार राशी रु. ५,०००/– छ । मगर भाषामा काट लीसार–२०६४ (फक्रन लागेको एउटा फूल) कविता संग्रह तथा फुटकर कथाहरु लेखेकी ठाडा मगर नेपाल मगर विद्यार्थी संघमा आवद्ध रहेर काम गरिसकेकी छन् ।
पुरस्कृतद्धयलाई २०६९ चैत्र १७ गते शनिवार काठमाडौंमा पुरस्कार वितरण गरिने छ । आगामी दिनमा मगर साहित्यलाई अन्तराष्ट्रिय साहित्य क्षेत्रको दाँजोमा पुर्याउन साहित्य सिर्जना निरन्तरताको कामना गर्दछौं ।
तलको प्रेस – बिज्ञप्ति पनि पढ्नुहोस ।
जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठान साहित्य पुरस्कार सम्बन्धि