मगरात राज्य परिषदको तेस्रो बैठक सम्पन्न , पार्टी आन्दोलानमा जाने निर्णय ।

Read Time:1 Minute, 46 Second

खड्क आले

नवल परासी चैत्र ६, राष्ट्रिय जनमुक्ती पार्टी मगरात राज्य परिषदको तेस्रो बैठक नवलपरासीको गैँडाकोटमा सम्पन्न भयो ।अध्यक्ष ईन्द्र बहादुर मासकी मगरको अध्यक्षतामा तथा सँघिय परिषदका बरिष्ठ उपाध्यक्ष शिब लाल थापाको बिशेष उपस्थितिमा सम्पन्न उक्त बैठकमा मुलुकको बर्तमान घट्नाक्रम माथि ब्यापक छलफल र बहस भयो ।

 प्रधानन्याधिश खिलराज रेग्मीको अध्यक्षतामा बनेको बर्तमान सरकार असंबैधानिक ढंग बाट गठन भएकोले यो सरकार माथि पार्टीको समर्थन नरहने र पार्टी अन्दोलानमा जानु पर्ने निर्णय गरिएको छ । चारदलीय सेन्डिकेटको कारण देश भड्खलोमा जान लागेको ठहर गदै अन्दोलान जानको बिकल्प नरहेको कुरा बैठकले निष्कर्ष निकालेको हो । एक मात्र संबैधानिक अंग माथि प्रहार गरि, चारदलले न्यायलय नै ध्वष्ट बनाउन खोजेको र निरंकुशता लाद्ने अशंक रहेको कुरा कार्यक्रमका बक्तहरुको भनाई थियो । कानुनता संबैधानिक अंग प्रमुख र कार्यपालिकाका सरकार प्रमुख एकै ब्याक्ति बस्न नमिल्ने भएकोले खिलराज रेग्मीले प्रधानन्याधिश पदबाट तुरुन्त राजीनामा दिनु पर्ने निष्कर्ष निकालेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %