बिश्व मगर सम्मेलन गर्ने बिषयमा एक बहस ।

Read Time:5 Minute, 28 Second

१७ मार्च/आइतबार । हिजो १६ मार्च, शनिबार विश्वको विभिन्न मुलुकहरुमा स्थायी तथा अस्थाई रुपमा बसोबास गर्नु हुने लगभग २० जना मगर बुद्धिजिवीहरुको सहभागितामा सामाजिक संजाल फेसबुकको माध्यम द्वारा बिश्व मगर सम्मेलनको आयोजना गर्ने बिषयमा एक महत्वपुर्ण बहस कार्यक्रमको आयोजना भयो ।

बहसको शुरुवात बेलायतमा बस्नु हुने श्री नेम थापा मगरले गर्नु भएको थियो । उक्त बहसमा हंगकंगबाट नेपाल आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष श्री एम बि दर्लामी थापा मगर र सुश्री श्यामु थापा मगर हुनुहुन्थ्यो । साउदी अरबियाबाट नेपाल आदिवासी जनजाति महासंघ साउदी अरबियाका अध्यक्ष श्री हुम सुनारी मगर र महासंघ कै केन्द्रिय सल्लाहकार इन्जी. दिलचन बुढा मगर हुनुहुन्थ्यो । बेलायतबाट नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतका अध्यक्ष श्रीमती कमला थापा मगर, अन्य मगर बुद्धिजिबीहरु: श्री नेम थापा मगर, नेपाल मगर संघ बेलायतका प्रतिनिधि तथा मगर कर्मकाण्डका ज्ञाता तथा बिशिषज्ञ श्री बम थापा सुर्यबंशी मगर, श्री कृष्ण थापा मगर, श्री मित्र थापा मगर, श्री दुत पुन गर्बुजा मगर र श्री योग कुमार फगामी मगरको पनि सहभागिता रहेको थियो ।

त्यस्तै गरि सयुक्त राज्य अमेरिकाबाट तत्कालिन नेपाल मगर संघ हंगकंगका अध्यक्ष तथा राज्य सत्ता डट कमका प्रबन्ध ब्यबस्थापक श्री हुम बहादुर थापा मगर र नेपाल आदिवादी जनजाति महिला महासंघ अमेरिकाका अध्यक्ष श्रीमती संगिनी रानामगर हुनुहुन्थ्यो । बहराइनबाट नेपाल मगर संघ बहराइनका अध्यक्ष श्री कृष्ण सारुमगर, श्री दल सिङ् रोकामगर र श्री श्याम पुन मगरको सहभागिता रहेको थियो भने मलेशियाबाट रोशन अस्लामी मगर हुनुहुन्थ्यो । संयुक्त अरब इमिरेट्सबाट नेपाल मगर संघ युएइका अध्यक्ष श्री नुन मगर र वरिष्ट उपाध्यक्ष बबी रासकोटी मगर हुनुहुन्थ्यो। नेपालबाट पनि प्रा. डा. केशर जंग बराल मगर, श्री सन्जोग लाफा मगर र श्री के बि राना मगरको पनि गरिमामय सहभागिता रहेको थियो ।

 बहसमा सहभागी सम्पूर्ण मगर बुद्धिजिबिहरुले मगर समाजको लागि उत्पादन मुलक र मगर सम्बन्धि जनचेतना मुलुक कार्यक्रमहरु नेपालमा अबिलम्ब संचालन गर्नु पर्ने र त्यसको लागि नेपाल तथा नेपाल बाहिर स्थाई तथा अस्थायी रुपमा बस्नु हुने सम्पूर्ण मगरहरु एकजुट हुनु पर्ने सामुहिक धारणा राखेका थिए । सम्पूर्ण मगर युवा शक्तिहरुलाई अनिबार्य उच्च शिक्षा हाँशिल गराउनका लागि सबै मगरहरुले अभियान चाल्नु पर्ने र अबको केहि बर्ष भित्रमा नै मगरहरुको निरक्षरतालाई सुन्यमा झार्नु पर्ने धारणा पनि सबै सहभागीहरुले राखेका थिए ।

 यी यावत बिषयहरुलाई संस्थागत गर्न विश्व भरि छरिएर रहने मगर बुद्धिजिबी, ब्यबसायाकर्मी, पत्रकार लगायत सम्पूर्ण सर्बसाधारण मगरहरुको बृहत सम्मेलन गर्ने अनौपचारिक सहमति पनि भैसकेको छ । सम्भावित विश्व मगर सम्मेलन कसरी, कुन मुलुकमा गर्ने र यो सम्मेलन गर्नुको प्रमुख उदेश्यहरु तयार पार्नको लागि एक बिशेष संयोजन समिति (Special Coordination Committee) चांडै गठन गर्ने सहमति पनि भएको छ । उक्त बिशेष संयोजन समितिमा विभिन्न मुलुकहरुमा स्थापित तथा कृयाशिल सबै नेपाल मगर संघहरु तथा नेपाल मगर संघ केन्द्रिय समिति काठमाडौँको पनि प्रत्यक्ष संलग्नता र सहभागिता रहने गरी विश्व मगर सम्मेलन गर्ने विचार सबै सहभागीहरुले राखेका थिए । बहसले अन्तिम निष्कर्ष ननिकाल्दा सम्म बहसलाई निरन्तरता दिने सहमति पनि भएको छ । विश्व मगर संघको आयोजना गर्नु पर्ने कन्सेप्ट संयुक्त राज्य अमेरिकाको हार्वर्ड बिश्व बिद्यालयमा अध्यापनरत प्रो. बिके राना मगरले राख्नु भएको थियो । वहाँलाई बहसमा सम्पूर्ण सहभागीहरुले धन्यवाद दिएका थिए

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %