नेपाल मगर विद्यार्थीसंघको राष्ट्रिय विस्तारित भेला तथा कार्यशाला गोष्ठि नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा यहि फागुन २६ र २७ गते १० बुँदे नेपालगन्ज घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
देशभरीबाट करिब ४ सय बढी प्रतिनिधिहरुको सहभागितामा सम्पन्न उक्त भेलाको उद्घाटन अघि बौद्ध गुम्बाबाट आफ्नै पहिरनमा सजिएर झाँकीसहित निकालिएको र्यालीले नगरको विभिन्न चौकको परिक्रमा समेत गरेको थियो । भेलाको उद्घाटन प्रोफेसर डा केशर जंग बरालले एक समारोकाबीच गर्नुभयो । नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष रेनुका काउचामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल मगर संघका महासचिव नविन रोक्का मगर, प्रोफेसर डा. कृष्ण थापामगर, प्राध्यापक डा चित्र बुढाथोकिमगर, भेरी अंचलका वरिष्ठ प्रहरी प्रमुख योगेश्वर रोमखानीमगर, अधिवक्ता गौ बहादुर आलेमगर, नेपाल मगर विद्यार्थी संघका पूर्व अध्यक्ष तथा सल्लाहकार झकेन्द्र घर्तीमगर, भोजविक्रम बुढामगर, सल्लाहकार उमा थापामगर, नेपाल मगर संघका केन्द्रिय सदस्य पूर्णिमा थापामगर, जिल्ला अध्यक्ष धनसिंह रानामगर, नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्मर थापामगर, नेपालगन्ज उद्योगवाणिज्य संघका सदस्य संजय थापा मगर, होलिल्याण्ड स्कुलका दुर्गा थापामगरलगायतले शुभकामना दिनु भएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष दिपु श्रीसमगरले स्वागत गर्नु भएको कार्यक्रममा हरिप्रसाद बुढाथोकिमगरले स्वागत गित गाउनु भएको थियो । कार्यक्रममा मगर समुदायलाई आफ्नो क्षेत्रबाट योगदान गर्नुहुने १० जना मगर अग्रजहरुलाईसमेत दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा वरिष्ठ प्रहरी प्रमुख योगेश्वर रोमखानीमगर, धनसिंह रानामगर, डम्मर थापामगर, उमा थापामगर, कृष्ण थापामगर, माया पुनमगर, दुर्गा थापामगर, पूर्णिमा थापामगर, भोजविक्रम बुढामगर, नगेन्द्र थापामगर रहेका छन् ।
उद्घाटन सत्रपछि शुरु भएको बन्द सत्रमा संघका महासचिव बलबिर बुढामगरले सांगठनिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुभाष आलेमगरले आर्थिक प्रतिवेदन प्रस्तुतीपछि विभिन्न ५ वटा समूह विभाजन गरि संगठनको प्रतिवेदन र मगर समुदायको सामाजिक तथा आर्थिक, भाषा तथा संस्कृति, शैक्षिक, संगठन तथा महिला र राजनीतिक विषयमा छलफल गरिएको थियो । उक्त छलफलको सहजीकरण प्रोफेसर डा. केसर जंग बराल, प्रोफेसर डा कृष्ण थापामगर, प्राध्यापक डा चित्र बुढाथोकिमगर, नेपाल मगर संघका महासचिव नविन रोक्का मगर, अधिवक्ता गौबहादुर आलेमगर, संघका पूर्व अध्यक्षद्धय झकेन्द्र घर्तीमगर र भोजविक्रम बुढामगरले गर्नु भएको थियो । छलफल पश्चात निस्किएको निचोडलाई प्रस्तुति गरि १० बुँदे घोषणापत्र सार्वजनिक गरिएको कार्यशाला गोष्ठिका संयोजक तथा उपाध्यक्ष दिपा आलेमगरले जानकारी दिनुभयो ।
उक्त घोषणापत्रमा राज्यका विभिन्न निकायमा मगर समुदायको सहभागिता र पहुँच हुनुपर्ने, राजनीतिक अस्थिरतालाई समाप्त पार्दे नयाँ सरकारको निर्वाचन यथाशिघ्र गरि पहिचान र सामाथ्र्यसहितको संघीय संविधान निर्माणमा जोड, वैज्ञानिक र व्यवहारिक बहुभाषिक विश्वविद्यालयको माग, अन्तराष्टिय श्रम संगठन १६९लाई राज्यका हरेक अंगमा तत्काल अक्षरस पालना गर्नुपर्ने लगायत रहेका छन् ।
नेपाल मगर विद्यार्थीसंघ बाँकेका अध्यक्ष विशाल रानामगरले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा संघको आगामि महाधिवेशन कास्की जिल्लामा आयोजना गरिने बन्द सत्रले पारित गरेको छ भने नेपालगन्ज घोषणापत्रमा उल्लेख भएका विषयहरुलाई अक्षरस पालना गराउन दबाब स्वरुप राजधानीमा पत्रकार सम्मेलनलगायतका कार्यक्रम पनि आयोजना गरिने बन्द सत्रका अध्यक्ष तथा संघका वरिष्ठ उपाध्यक्ष दिपु श्रीसमगरले जानकारी दिनुभयो ।
दिपा आलेमगर रेनुका काउचामगर
संयोजक/उपाध्यक्ष अध्यक्ष
नेपाल मगर विद्यार्थी संघ
केन्द्रिय समिति, काठमाडौं
२८ फागुन २०६९, नेपालगंज