नेपाल मगर विद्यार्थी संघ राष्ट्रिय विस्तारित बैठक नेपालगन्ज घोषणापत्र–२०६९

Read Time:4 Minute, 52 Second

नेपाल मगर विद्यार्थी संघको यहि फागनु २६ र २७ गते नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा “पहिचान सहितको संघीयता बुहसांस्कृति शिक्षा र नयाँ संविधानको पक्षमा राष्ट्रिय विस्तारित बैठक–२०६९” भन्ने नाराको साथ प्राध्यापक डा. केशर जंग बरालको प्रमुख अतिथ्य र संघका अध्यक्ष रेनुका काउचा मगरको अध्यक्षतामा सम्पन्न राष्ट्रिय विस्तारित बैठकमा उपस्थिती देश भरीका ३ सय बढी विद्यार्थीबिचमा ५ वटा समुह विभाजन गरि मगर समुदायको सामाजिक, आर्थिक, सांस्कृति, शैक्षिक, र सांगठिनिक विषयमा भएको व्यापक छलफलपछि १० बुंदे घोषणापत्र जारी गरिएको छ । तपसिल

१. राजनीतिक असहमति र अदूरदसर्शीताका कारण संविधानसभाको विघटनपछि मगर लगाएत आदिवासी जनजातिले उठाउँदै आएका राज्यको संघीय पुर्नसंरचना, आत्मनिर्णयको अधिकारसहित जातीय स्वायत्त स्वशासन, राज्यका सबै निकायहरुमा जनसंख्याको समानुपातिक प्रतिनिधित्व र समावेशीकरणको मुद्दाहरुमाथि भएको षड्यन्त्रप्रति खबरदारी गर्दै हाम्रा यी अधिकारहरुलाई सुनिश्चित गर्न देशव्यापी दबावमूलक आन्दोलन संचालन गर्ने घोषणा गर्दछौं ।

२. मगर समुदाय जनसंख्याको हिसाबले नेपालको तेश्रो ठुलो जाति र आदिवासी जनजातिमध्ये पहिलो ठुलो जाती भएपनि राज्यका अंगहरुमा सहभागीता र पहुँच नभएको हुँदा मगर जातिको जातीय जनसंख्याको समानुपातिक प्रतिनिधित्व, समावेशी सहभागिता र पहुँचको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौं । 

३. मगर जातिमाथि कायम गरिएका सबैखाले विभेदहरुको अन्त्य गर्दै वैज्ञानिक, व्यवहारिक र बहुभाषिक शिक्षा प्रणाली लागु गराउन सम्बन्धित निकायमा जोडदार माग गर्दछौं ।

४. मगर युवा विद्यार्थीहरुलाई हरेक तवरबाट सक्षम बनाउन र शिक्षामा पहुँच समानुपातिक प्रतिनिधित्वको आधारमा शिक्षा क्षेत्रमा विशेष व्यवस्था गर्न राज्यसंग जोडदार माग गर्दछौं ।

५. पहिचानसहितको संघीय संविधान निर्माणका लागि जननिर्वाचित प्रतिनिधि चयनका लागि यथाशिघ्र नयाँ संविधानसभाको निर्वाचन सुनिश्चित गर्न राजनीतिक दलहरुको दवावपूर्ण ध्यानआकर्षण छौं ।

६ अन्तराष्ट्रिय श्रम संगठन १६९, संयुक्त राष्ट्रसंघको आदिवासी अधिकारसम्वन्धी घोषणपत्रलाई राज्यको हरेक तहमा अक्षरस लागु गर्न जोडदार माग गर्दछौं ।

७. मगर विद्यार्थीको शैक्षिक मुद्दा सम्बोधनका लागि सम्बन्धित निकायसम्म पुर्याउन र झकझकाउन सबैपक्षबाट जोडदार आवाज उठाउन अनुरोध गर्दै निशुःल्क रुपमा शिक्षाका लागि माग गर्दछौं ।

८ मातृ भाषामा विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययन अध्यापनको व्यवस्था गर्न माग गर्दछौ ।

९. एक्काइसौं शताव्दीको समृद्ध नेपाल र समृद्ध मगर समाज निर्माण गर्न यो राष्ट्रिय कार्यशाला सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण शुभेच्छुक महानुभाव, प्रतिनिधी, सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

१०. नेपाल मगर विद्यार्थी संघको ८ औं महाधिवेशन गण्डकी अंचलको कास्की जिल्लामा आयोजना गरिने बन्दसत्रले पारित गरेको छ ।

 

यो तलको लिङ्क पनि पढनुहोस ।

“पहिचान सहितको संघीयता,बहुसांस्कृतिक शिक्षा नया संबिधानको पक्षमाराष्ट्रिय विस्तारित बैठक २०६९” -प्रेस बिज्ञाप्ति

 

रेनुका काउचामगर

      अध्यक्ष

नेपाल मगर विद्यार्थी संघ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %