कमला थापा मगर,संयुक्त राज्य बेलायत
लण्डन नर्थल ९ मार्च, नेपाल आदिवासी जनजाति महिला महासंघको बिशेष आयोजनामा भब्य रुपमा सम्पन्न गरेको छ । बेलायतमा भएका बिभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थितमा भएको कार्यक्रम दुई चरणमा बिभाजन गरी सम्पन्न गरेको थियो ।
पहिलो चरणमा “समानताको लागि अभियान” भन्ने नाराको साथ मनाईएको नारी दिवसमा अघ्यक्ष, मुख्य अतिथी, बिशेस अतिथी लगायत बिभिन्न संघ संस्थाका प्रमूख प्रतिनिधिहरुलाई आतिथ्य ग्रहण र खादा वितरण लगत्तै नेपाल आदिवासी जनजाति माहिला महासंघ बेलायतकी कमला थापा,नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव आङ काजी शेर्पा र महासंघ बेलायतका श्रीप्रशाद लिम्बुले संयुक्त रुपमा पानसमा बत्ती बालेर औपचारिक कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन सँगै नेपालको राष्ट्रिय गीत र आदिबासी जनजातिका गित बज्दा उपस्थित सबैले उठेर साथ दिएका थिए ।
प्रतिनिधि वक्ताहरु बि.गे.सो.को महासचिब डा० रामनारायण कन्दवा , गंगा राई लगायत सम्पुर्ण बक्ताहरुले महिला र महिलाका समस्याहरु बारे बोल्दै विभिन्न खाले हिंसाहरू निरन्तर रूपमा भोग्दै आएका बिषयहरुमा प्रस्ट पार्दै मानसिक र शारीरिक रूपमा महिला हिंसाका घटनाहरू मात्र नभएर बलात्कारको यातना सहित हत्या समेत गरेका घटनाहरू श्रृंखलाबद्ध तरिकाले दैनिकि जस्तो सार्वजनिक भईरहेका बिषयहरुमा समेत व्यापक चर्चा गरेका थिए । बक्ताहरुले बोल्ने क्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्षले शुभकामना मन्तब्य दिदै महिला माथि गरिने सबैखाले शोषण, दमन र दुर्व्यबहार विरुद्धको हरेक कृयाकलाप र आवाजहरुमा पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
कार्यक्रमका प्रमूख बक्ता आङ काजी शेर्पाले मनत्ब्यको क्रममा बर्तमान नेपालको सन्दर्भमा आदिबासी जनजाति महिलाहरुले महिला भएकै कारण तेस्रो बिभेदमा परेको परस्ट पार्नु भयो । पहिलो बिभेद समर्ग महिला भएर , द्रोसो बिभेद आदिबासी जनजाति भएर र तेर्सो बिभेद आदिबासी जनजातिको पनि महिला भएर भाषिक, धार्मिक र सास्कृतिक रुपमा बिभेद सहनु परेको औलाउनु भयो । अब महिलाहरु एकजुट भएर यस्ता बिभेदहरुलाई हटाउन सक्नु पर्दछ अन्यथा जातजाति, धर्म र लिंङगको आधारमा सधैं शोषण दमनको शिकार हुनु पर्नेछ ” भन्दै महिलाहरु जाग्नु पर्ने विचार ब्यक्त गर्नु भएको थियो । साथै नेपालमा प्रयोग गरिने उखानहरु ‘नहुनु मामा भन्दा कानो मामा मात्र होइन अब नहुनु मामामाइजु भन्दा काना मामामाइजु’ हुनुपर्दछ भन्दै गर्दा हलमा उपस्थिहरुले ताली बजाएका थिए ।
महिला महासंघका बेलायतका अध्यक्ष कमला थापाको अध्यक्षतामा नेपाल आदिबासी जनजाति महासंघका महासचिब आङ काजी सेर्पाको आतिथ्यता र महासचिब बिमला सेनेको सञ्चालन र उपाध्यक्ष बिमला राईको स्वागत मन्तब्य र सचिब भावना परिष्कृत सुनुवारले नारी दिबश अर्थात ८ मार्चको बारेमा चर्चा गर्नु भएको थियो।
कार्यक्रमको अन्तमा अध्यक्ष कमला थापाले नारीमाथी हुने सबै खाले बिभेद सबै खाले हिंसा वा कुसस्कृती र ब्यबहारलाई अन्त्य गरौ ,देशमा छिटै संबिधान जारी गरौ, संबिधानमा महिला हक अधिकार शुनिश्चित गरौ, सरकारले कानुनलाई पालना गरोस् । हिंसाबाट पिडित वा ग्रसित महिलाहरुलाई क्षतिपुर्ति वा न्याय दिलायोस् भन्दै बिश्वभरीका सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरु एकजुट भई आवाज उठाउन आह्रावन गर्दै उपस्थित सबैलाई धन्यवाद दिदै पहिलो चरणको कार्यक्रम समापन गर्नु भएको थियो ।
दोस्रो चरणमा “नेपालको वर्तमान राजनैतीक अवस्था र बेलायातवासी आदिबासी जनजातिको सवाल” बिषयक अन्तरकृया कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ, बेलायतका अध्यक्ष श्री प्रसाद लिम्बुको अध्यक्षतामा र महासचिब नरेश काङबाङ राई र महिला महासचिब बिमला सेनेको संचालनमा भएको थियो । बेलायतमा भएका सम्पुर्ण सामाजिक तथा राजनैतिक संघ संस्थाहरुलाई एकै मंचमा भेला गराई आयोजना गरेको कार्यक्रममा सबैको जिज्ञाशाको खण्डन महासचिब आङ काजी शेर्पाले गर्नु भएको थियो । सो अबसरमा द्रोश्रो चरणको कार्यक्रम समापन गर्दै महासंगका अध्यक्ष श्री प्रसाद लिम्बुले आदिबासी जनजातिहरुको मुद्दा बोकेका सम्पुर्ण राजनैतिक दलहरु मिलेर अगाडी बढ्न सबै दलहरुलाई आग्रह गर्दै आदिबासी जनजातिहरुको लागि नेपाल आदिबासी जनजाती महासंघ बेलायत आर्थिक, भौतिक र नैतिकरुपमा सदैब सहयोग गर्न तत्पर रहने प्रतिबद्धता जाहेर गर्नु भयो ।
कमला थापा मगर नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतकि अध्यक्ष हुनुहुन्छ ।