इन्दिरा चोंग्बांग
“महिला सशक्तिकरण र आजका महिला” नाराका साथ विभिन्न प्रस्तुति दिएर न्यु योर्कमा १०२ औ अन्तरास्ट्रिय नारी दिवस सम्पन्न भयो । उक्त कार्यक्रमको आयोजना नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाले गरेको हो ।
महिलामा भएको विभिन्न प्रतिभालाई कार्यक्रममा प्रस्तुत गरिएको थियो । महिला सशक्त हुनलाई प्रत्येक महिलामा हिम्मत र आत्मा विश्वासको आबस्यकता छ भन्ने पनि कार्यक्रमवाट प्रस्टिएको छ ।
प्रतिभा प्रस्तुत गर्नेहरुमा संस्थाकी सदस्य बन्दना राईले “नारी दिवसको सुनाममा” कविता प्रस्तुत गरिन् | अर्की सदस्य धन थापा मगरले केोडा नृत्यवाट आफ्नो कला प्रस्तुत गरिन् भने संस्थाकी सदस्य तथा किरात याक्थुंग चुम्लुमकी महासचिब सुभद्रा लावोतिले आजकी नारी बिषयक गहकिलो मन्तब्य प्रस्तुत गरिन् ।
प्रस्तुतिकै क्रममा संस्थाकी महासचिब इन्दिरा चोंग्बांगले ” नारी दिवस” सन्दर्भमा बक्तब्य दिंदै नारी दिवसको इतिहास, उपलब्धि र आगामी दिनको चुनौती सम्बन्धमा प्रस्ट पारिन् | नारी दिवस के हो, किन मनाइन्छ र यसबाट महिलाहरुले के कस्ता उपलब्धि पाएका छन् भन्ने बिसयमा स्पस्ट पारिएको थियो । सोहि प्रसंगलाई जोड्दै शुभकामना मन्तब्य दिने क्रममा एन. आर. एन. एन. सी. सी. कि मिडिया कोर्डिनेटर बुनिता कतिलाले यस दिवसको सन्दर्भ बारेमा थप प्रस्ट पारेकी थिइन् ।
औपचारिकरुपमा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन जन्मभूमि नेपाललाई सम्झदै नेपाली राष्ट्रिय गीतबाट गरिएको थियो । संस्थाकी अध्यक्ष संगिनी राना मगरको अधक्ष्यतामा भएको सो कार्यक्रममा संस्थाकी उपाध्क्ष्य पुस्पलता थाम्सुहाङ्गले आगन्तुक सबैलाई स्वागत गरेकी थिइन् ।
न्यु योर्कमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन उक्त कार्यक्रममा प्रमुख अथितिकोरुपमा समाज सेवी अग्रज महिला पम्फा (सुकु) राई रहेकी थिइन् भने अथितिहरुमा वेस्टर्न मिचिगन विश्वविधालयका प्राध्यापक डा. महेन्द्र लावोती, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका कार्यबाहक अध्यक्ष बिनोद पोमो, बिशेस कामले अमेरिका आउनु भएका राज्यसत्ता डट्कम्का निर्देशक साथै मगर संघ हङ्कङ्का पूर्ब अध्यक्ष तथा नेपाली आदिवासी जनजाती महासंघ हंगकंगका संस्थापक अध्यक्ष, हुम बहादुर थापा मगर, समाजसेवी डा. तारा निरौला आदि रहेका थिए ।
शुभकामना मन्तब्य दिने क्रममा अतिथिहरुले महिला विभेदको जरो परिवार र समाज भित्र रहेकोले यसको निराकरण पनि सबै भन्दा पहिला समाज र परिवार बाटै सुरू गर्नु पर्नेमा जोड दिएका थिए ।