पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई

Read Time:8 Minute, 13 Second
केजिन राई
म्युनिख  जर्मनी,मार्च ८ । हाम्बर्ग ,फ्रान्क्फर्ट र म्युनिखमा भएको अन्तरकृया पश्चात हालै हाम्बर्ग जर्मनीमा संघीय समाजबादी पार्टीको बैदेशिक भात्रु संगठन संघीय समाज जर्मनीको गठन भएको छ ।  यसैहप्ता यहाँ आयोजित जर्मनी तदर्थ समिती घोषणा सभा तथा अन्तर्कृयाकार्यक्रममा २३ सदस्यीय कार्य समिती गठन भएको छ ।
कार्यक्रममा नेपालबाट आउनु भएका प्रमुख अतिथी पार्टी केन्द्रीय अध्यक्ष अशोककुमार राईले   संघीय समाजवादी पार्टीलाई एकथरि मानिसहरूलेजातीय पार्टी’ भनेर अरोप लगाउनु आफैमा उच्च जातीय अहंकारवादको एउटा प्रमाण भएको कुरा बताउनु भएको छ । वहाँले कुनै निश्चित जातिले बनाएको पार्टी मात्र राष्ट्रिय पार्टी हुन्छ ?आदिवासी जनजाति,दलित, मुश्लिम,मधेशीले बनाएको पार्टी चाहिँ कि क्षेत्रीयजातीय हुन्छ भनेर होच्याउने प्रवृत्तिलाई समयले परास्त गर्ने दावी गर्नु भयो ।
बहुधार्मिक, बहुसांस्कृतिक,बहुजातीय या बहुराष्ट्रिय र भौगोलिक हिसाबले पनि विवधिता भएको नेपाली समाजलाई संघीयताको बाटोबाट मात्र समानता र सहअस्तित्वको बाटामा लान सकिन्छ,त्यसरी मात्रै हार्दिकता,सद्भाव र एकता सुदृढ बन्न जान्छ र राष्ट्र बलियो हुन्छ भन्ने निष्कर्षको आधारमा हामीले संघीयतालाई अघि सारेको बताउदैअध्यक्ष राईले आफ्नो पार्टी समाजलाई अग्रगति दिने परिकल्पनासहित जन्मिएको राष्ट्रिय पार्टी हो भन्नुभयो।
पहिचान, समानता र सहअस्तित्वको विरुद्धमा उभिने नेताहरूनै जातिवादी भएको आरोप लगाउदै वहाँले राज्यमा एकाधिकार जमाएका नेताहरूले सही ढङ्गले समाजिक आर्थिक रूपान्तरणको बाटो समात्न नसकेर मुलुकको अर्थतन्त्र बिकराल बनेको र त्यसको पुरै दोष उनिहरूको नै भएको बताउदै अध्यक्ष राईले अगाडी भन्नुभयो यस्ता गम्भीर मुद्दालाई आत्मासात गरेर नै जातीय मुक्ति अर्थात् समानता र सहअस्तित्वका लागि संघीयता, वर्गीय मुक्ति अर्थात् आर्थिक सम्पन्नता र समानताका लागि समाजवाद भन्ने नेपालको वस्तुगत धरातलमा उभिएको मौलिक सिद्धान्त संघीय समाजवाद लिएर आएका छौँ । हिजोदेखि खाईपाई आएको एकलौटी सुविधा उनीहरू अरूलाई बाँढ्न चाहँदैनन् । हेपिएर राखेकाहरूलाई आफू समान आउने कुरा अस्वाभाविक ठान्ने एक्लौटी राइँदाइँ गर्ने नै जातीय अहंकारवाद हो । तसर्थ तिनिहरू जातीवादी । हो भन्ने छर्लङै भएको बताउनु भयो ।
समाजबादी पार्टी स्थापनाको औचित्यबारे वहाँले भन्नुभयो  नेकपा(एमाले) लगायतका पार्टीहरूले वर्गीय मुद्दा उठाउँदा जातीय मुद्दालाई निशेष गर्ने मान्यता अघि सारे भने नेपाली कांग्रेसले पनि समाजवादको कुरा उठाउँदा जातीय मुद्दालाई अस्वीकार गर्ने रवैया देखाए,समाजको वस्तुगत वास्तविकतालाई इन्कार गर्ने गरे ।एकीकृत नेकपा माओवादीले संविधानसभामा जातीय पहिचानको प्रश्न, वर्गीय समानता र सहअस्त्विको प्रश्नलाई समावेश गरेर संविधान जारी गर्ने प्रक्रियामा जान किन चाहेन ? वर्गीय र जातीय मुद्दा उठाएर १० वर्ष जनयुद्ध लडेको पार्टीले त्यही मुद्दा संविधानसभाभित्र पारित हुने वातावरण हुँदा हुँदै पनि त्यसलाई प्रक्रियामा किन लगेन ? त्यसो नगरी २जना नेताहरू बसेर संविधान लेख्ने प्रयास गर्नु दलहरूको यस्तो छलछामयुक्त प्रवृत्तिविरुद्ध आम जनमानसले नयाँ शक्ति अत्यावश्यक ठाने ।आफ्नो पार्टीलाई माक्र्सवादी भन्ने आरोपबारे अध्यक्ष राईले आफ्नो स्पष्टिकरण पेश गर्दै भन्नु भयोसमाजिक चरित्रसहितको पुँजीवादको विकास हुनुपर्छ । नाफामुखी प्रवृत्तिलाई सेवामुखी प्रवृत्तिमा लाने बाटोबाट जान उपयुक्त हुन्छ भनेर हामीले समाजवादको कुरा गरेका हौँ । मौलिक बाटोबाट अघि जान खोजिरहेका हामी माक्र्सवाद एउटा रिफेन्सियल वा सन्दर्भको रूपमा, प्रेरक तत्वको रूपमा मात्रै हामीले अंगिकार गरेका हौँ ।पूँजीवाद ,मार्क्सबाद सबैबाट चाहिने चिजहरू हामी केलाएर लिनेछौ ,अब हामी कम्युनिष्ट रहेनौ ।
संविधानसभाको पुनःस्थापनाले नै बर्तमानलाई निकास दिने कुरा अध्यक्ष राईले दोइहोर्याउदै पहिचानसहितको संघीयता स्थापित गर्ने संविधान बन्नु पर्ने अन्यथा मुलुकमा भयाबह स्थिती आउने बताउनु भयो।
कार्यक्रममा सोही पार्टीका स्थायी समिती सदस्य तथा बिदेश संपर्क बिभाग इन्चार्ज आङ्काजी शेर्पाले सधैं लड्यौ अरुका लागि ;अब लडौ आफ्नै लागि भन्ने आग्रह गर्दै एकल जातिय पहिचान स हितको संघीय राज्यले मात्र मुलुकको बिकास हुने धुर्बसत्यलाईतमाम तप्काले आत्मासात गर्दै त्यसका निम्ती भयानक युद्ध हुने चेतावनी दिदै पहिचानको खातिर सबै एकाकार हुन आब्हान गर्नु भयो ।
इन्चार्ज शेर्पाले मुलुकको अर्थतन्त्र कहालीलाग्दो र जर्जर बनाउन जिम्मेवार सर्बसत्ताबादीहरूको घैटोमा घाम नलागेको भन्दै त्यस्ता शोषक ,सामन्ती र जातिबादी सोच बोक्नेको जरै उखेल्ने दिन आएको बताउनु भयो ।
कार्यक्रममा निमा ओङ्ग्छु शेर्पा ¨सोनाम¨को अध्यक्षतामा उपाध्यक्ष-बिक्रम सुब्बा, महासचिब – सेकराज सुनुवार,सचिब – प्रेम पोमु, कोषाध्यक्ष – सन्चमान जगेबु,सहकोषाध्यक्ष – पन्च कुमार राईरहनु भएको छ ।
त्यसै गरी सदस्यहरु क्रमश:काल्देन शेर्पा, सन्तोष लामा,छोकि शेर्पा, छिरिङ् शेर्पा,याम गुरुङ, बेल गुरुङ,गेल्जेन शेर्पा, घनश्याम लोहोरुङ,खुमराज पुन, छोमेन शेर्पा,गणेश गुरुङ, पदम बहादुर आले,गेल्जे शेर्पा ,आङ फुटि शेर्पा,केश बहादुर गुरुङ, राम गोसाई र ॠषिधन राईरहनु भएको छ ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %