रगत बाक्लो छ पानी भन्दा (मगर माला भाग ६)

Read Time:11 Minute, 28 Second

गोरेबहादुर खपाङ्गीमगर

विशेषगरि जातिय सवालको चर्चा चलाउने गर्दा मेरो नेपालमा कम्यूनिष्ट बामपन्थी प्रगतिशिल हुँ भन्नेहरुसँग विशेष द्धादस, छलफल, बहस बादविवाद हुने गथ्र्यो र हुँदैछ । नमालुम कति वर्षसम्म यो बहस चलिरहला सामान्यतयाः यसलाई छोटकरिमा जवाफ दिने हो भने यो जिज्ञासाको मगर समाज ब्यूतिँनुपर्यो, उठ्नुपर्यो अन्त्यमा जाग्नुपर्यो र सत्ता तिर अभिमुख हुनुपर्यो । यस्तै विवाद म बाहेक अन्यसँग पनि परिरहेको हुनसक्छ । मलाई विश्वास छ वहाँहरुको फैसला पनि यसै हिसावले हुँदैजाला ।  

मेरो अल्लारे उमेरको प्रारम्भिक राजनैतिक पाठशाला बामपन्थी नै थियो ।

त्यसवेलामा बामपन्थी हुनु आफै पनि एउटा फेशन नै थियो । त्यस प्रकारको ट्याग झुण्ड्यार हिँड्दा समाजमा आफु जान्ने बुझ्ने जस्तो ठहरिन्थ्यो । बामपन्थीकै भाषामा भन्ने हो भने प्रगतिशिल । यो अवस्थाले मेरो झण्डै झण्डै एक तिहाई उमेर खाएको रहेछ । यस अवधिमा आँखा चिम्लेर त्यहि बाटो हिडिरहें । 

त्यसबाट मुक्ति पाउन लामो संघर्ष बाह्य भित्रि पार्टीसँग र पार्टीमा हिंड्दा निर्मित मित्रहरुसँग गर्दै रहेँ । अन्त्यमा मुस्किलले मुक्ति पाएँ र स्वतन्त्र चिन्तन गर्न थालें । यसपछि मैले वेलायति दार्शनिक चाल्र्स डार्विन भेटे जसले मानव उत्पतिमा विशिष्ट योगदान दिनुभएको रहेछ, फ्रान्सेली दार्शनिक सिग्मण्ड फ्रायड भेटे जसले मानवलाई विश्लेषणात्मक मनोविज्ञान दिएर अतुलनिय गुण लगाउनुभएको रहेछ, अल्बर्ट आइन्साटाईन, अमेरिकाली नागरिकलाई भेटे जसले भौतिक विज्ञानमा सापेक्षतावादको सिद्धान्त दिएर यो विश्वलाई ऋणि बनाएको रहेछ । खोजको क्रममा अन्त्यमा म जर्मनीका प्राध्यापक कार्लमाक्र्सलाई भेट्छु वहाँ बारे विश्वमा धेरैले धेरै नै भने र भन्दैछन् र भनिरहला पनि । माथि लेखिएका व्यक्तित्वहरुले करिब करिब ति विषयमा भै रहने बहस विवाद मेरो भनाई दुस्साहस नभए बन्दै गरिदिए तर विडम्बना, माक्र्सले ल्याउनुभएको अतिरिक्त मुल्यको सिद्धान्त आफैमा बेजोड रहेछ ।

मैले यसलाई मेरो पौनले भेटेसम्म अध्ययन गरें गाउँगाउँले भरिएको नेपालमा लगें भ्याएसम्म प्रयोग गरें र हेरें । म यहाँ जे जति भन्छु माक्र्सद्धारा प्रतिपादित अतिरिक्त मुल्यको सिद्धान्तसँग मात्र सम्बन्धित हुनेछ ।  कुनैवेला यूरोपमा पुँजी लगानीको अनुपातमा उद्योगपतिलाई मुनाफा भएनछ । यो अवस्थालाई पँुजीपतिले पट्यार लाग्ने गरि थेग्न सकेन । उसले यसको अन्त्य गर्न उपायको खोजी गर्दै रह्यो । समय वित्दै जाँदा यूरोपेली विश्वविद्यालयका पुँजीवादी प्राध्यापकहरुलाई उद्योगपतिहरुले भाडामा लिएर आफूलाई परिआएको समस्या समाधानार्थ विचार लिन थाले । यसक्रममा प्राध्यापकहरुले उद्योगपतिहरुको मन शान्तिको उपाय बताईदिए । त्यसैवेला देखि कारखानाको मजदुरहरुको अतिरिक्त  श्रमको निर्ममतापूर्वक शोषण हुन थाल्यो । माक्र्सबाट शोषणको गहिरो अध्ययन भयो र वहाँको तिक्ष्ण बुद्धिले अन्तत्वगत्वा समाधान पनि प्राप्त गर्यो यो समस्या थियो मजदुरको अतिरिक्त श्रमको अतिरिक्त मुल्य प्राप्त नुहुनु ।  

एउटा मजदुरले कारखानमा ८ घण्टा काम गर्दा १०० प्याकेट तयार गर्दै आएकोमा त्यस बमोजिम ज्याला पनि  १०० डलर पाउँदै आएको देखिन्छ । अब उपरान्त पुँजीवादी प्राध्यापकको मन्त्रले एउटा मजदुरले ८ घण्टा परिश्रम गर्दा २०० प्याकेट तयार गर्दो रहेछ । मजदुरले साविक बमोजिम १०० डलर दैनिक ज्याला पाउँछ । किनभने उ दैनिक ८ घण्टा मात्र परिश्रम गर्छ । हिजो १०० प्याकेट माल तयार गर्ने ठाउँ आज देखि दोब्बर तयार गर्छ । थप १०० प्याकेट माल समानको ज्याला मजदुरले पाउने गर्दैन । यसको लागि उद्योगपतिले मालसमान तयार गर्ने मेसिनको गति दु्रतर गराउँछ । यसको लागि मजदुरले थप १०० वटाको लागि थप श्रम लगाउनु परेको हुन्छ । थप उत्पादित सामानबाट प्राप्त हुने मुनाफा उद्योगपति एक्लैले क्र्याक पारेको हुन्छ । प्रारम्भको १०० वटा उत्पादन गर्दा मजदुरले जति ज्याला पाउने गथ्र्यो आज पनि त्यति नै पाउने गर्दछ । मजदुरले लगानी गरेको अतिरिक्त परिश्रमबाट प्राप्त अतिरिक्त मुल्यले आज मालिकका दरबारहरु बनेका छन् । झट्ट हेर्दा परिश्रमको अवधि ८ बाट १ सेकेन्ड पनि बढाएको देखिन्न ।

यहि रहस्यको जानकारी मजदुरलाई गराउन कार्लमाक्र्सले न्वारन देखिको बल लगाउनु पर्यो परिश्रमको अवधि ८ घण्टा बाट बढोत्तरी नहुनु नै मजदुरको लागि रहस्यमय रहँदै आएको । यहि रहस्यको जानकारी मजदुरलाई गराउन कार्लमाक्र्सले न्वारन देखिको बल लगाउनुपर्यो । संक्षेपमा माक्र्सद्धारा प्रतिपादित अतिरिक्त मुल्यको सिद्धान्त यहि हो ।

गावैं गाउँको नेपालको एउटा गाउँमा जन्मेको गोरेबहादुर खपाङ्गीलाई यिनै कुरा बुझ्न निकै समय खर्चिनुपर्यो । म त्यसवेला तत्कालिन नेकपा (माले) सँग पछि लाग्थें । माक्र्सले औधोगिक यूरोपको सम्बन्धमा भन्नुभएको तर गावैं गाउँले भरिभराउ नेपालमा यो सिद्धान्तलाई कसरी चरितार्थ गर्ने भन्ने सम्बन्धमा म सोंच्ने गर्थें । नेपालको प्रत्येक परिवारमा भएका बस्तु गोठालाको शोषण पनि यसैगरि हुँदै आएको छ । एउटा भैंसिको लागि राखिएको गोठालो त्यहिँ भैंसिबाट सात वटा पाँडा पाँडी जन्मिसक्दा र तिनको हेरचाह गर्दा पनि प्रारम्भमा एउटा भैंसिका लागि दिइने गरेको ज्यालामा सात वटा हुँदा सम्म पनि बृद्धि नहुनुनै गोठालोले घर मालिकलाई दिँदै आएको अतिरिक्त श्रमको प्रतिफलबाट मालिक गद्गद्, गोठालको नाउँमा भनिदै आएको एउटा उखानले यसबारे धेरै संकेत गरेको छ । पाँडी ब्याए पनि पाँडो व्याए पनि गोठालोलाई विगौति भए पुगिहाल्यो नि । यसमा प्रायसः बाहुनको प्रत्येक घरमा एउटा बस्तु पालिएकै हुन्छ र गोठालो सामान्यतयाः गैर तागाधारि । यदि यो वस्तुगत वास्तविकतालाई नेपालका बाहनु कम्यूनिष्टहरुले व्यवहार दिन सके अतिरिक्त मुल्यको सिद्धान्त प्रतिपादित गर्नुहुने दार्शनिक कार्लमाक्र्सको नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट सच्चा श्रद्धाञ्जली हुने थियो भन्ने झैं लाग्छ । गाउँको यो वास्तवविकता शहरको घर परिवार जहाँ घरेलु कामदारहरु राखिने गर्छन् त्यहाँ पनि सत् प्रतिशत लागु हुँदै आएको छ । त्यहाँ पनि घरेलु कामदारको अतिरिक्त परिश्रमको शोषण हुँदै रहेको छ ।  

यसै प्रसंगमा बेलायतमा अन्तिम सास लिनु हुने माक्र्स र वेलायति मजदुरहरुको सम्बन्धमा थोरै चर्चा गर्न चाहन्छु । इ.सं. १८४७ मा कम्यूनिष्ट पार्टीको घोषणापत्र तयार गर्नुहुने माक्र्सले विश्वका मजदुरहरु एक हौऔं भनि पुस्तकको प्रारम्भमा घोषणा गर्नु हुँदा यो भनाई  सार्वभौम झैं लागेको थियो । विश्वका साम्यवादीहरुलाई माक्र्सकै जिवनकालमा यो सार्वभौमिकता नभएको संकेत मिल्न थालेको थियो वहाँले आफ्ना सहयोद्धा फ्रेडरिख एङ्गेल्सलाई इ.सं. १८७२ नोभेम्बर २ को दिन लेख्नुभएको पत्रमा माक्र्सले ईङ्लिस मजदुरहरुलाई आयरल्याण्डको स्वतन्त्रताको लागि युद्धरत मजदुरहरुलाई सहयोग गर्न भन्नु भो, दुर्भाग्य वेलायती मजदुरहरुले ठाडै इन्कार गरेको प्रसँग पत्रमा उल्लेख छ ।

सायद वर्गिय मुक्तिको नाउँमा चर्चित मसिहा माक्र्स यो निष्कर्षमा पुग्नुभएछ कि पानि भन्दा रगत बाक्लो हुन्छ । आज पर्यन्त नेपाली बस्तु गोठालाहरुले आफ्नो अतिरिक्त श्रमको मुल्यबाट बंचित भइराख्नुको चुरो पनि यहि हो झैं लागेको छ जे होस् औधोगिक विकास नभइरहेको नेपालमा गोठालाको प्रसँग उठाएको छु । जे जति उद्योग धन्दाहरु छन् । तिनमा कार्यरत मजदुरहरुको विचमा एकता कायम गराउन नसक्ने कम्यूनिष्टहरुले विश्वको मजदुरहरु एक होऔं भन्ने नारा अध्यावधि घन्काइराख्नु म्याद सकिएको औषधि प्रयोग गर्नु जस्तै हो ।

यो मगरमाला (छैटेो भाग)तयार गर्दा मलाई यो भन्न मन लागेको छ कि “नेपालका मगरहरु एक हौऔ”

गोरेबहादुर खपाङ्गीमगर

भद्रपुर, झापा मितिः २०६९ फागुन ३ गते (१४ फेब्रुअरी, २०१३)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %