अनीता राना मगर
उठौ अब जुटौ नारी हरु हो
निदाउने बेला अब होइन ।
संसारको कुना कुना बाट उठौ
कानमा तेल हालेर बस्ने बेला अब छैन ।
देश विदेशमा रहेका नारीहरुलाई उठाउं
ढ्यांग्रो बजाएर नारीहरुलाई बिउझाई गोलबद्ध बनाउ ।
ऐ! निदाएका नारिहरु हो,कुना-कुनामा बसेर घुम्टो मार्दै निदाउने बानी त्यागौ
नारीहरुको पहिचानको निम्ति नारीहरु एक भई हातेमालो गर्दै जागरुक हुने बेला आयो ।
एै! निदाएर बसेका नारिहरु हो, अधिकार कसैले दिन मान्दैन
अधिकार त आफैले खोसेर लिन सिख्नु पर्दछ ।
एै! निदाएर बसेका नारिहरुहो, अधिकार दिन नमान्ने हरुसंग
अन्तिम लडाइ लड्नै पर्दछ ।
परिआएको खण्डमा आत्मा रक्षाको निम्ति
कुनै उपाय सोच्नै पर्दछ ।
(१०२औ अन्तराष्ट्रिय नारी दिवशको अवसरमा प्रश्तुत कबिता)
स्विन्डन् ,यू.के
८/३ /२०१३