रा.ज.मु.पा.को दशौं राष्ट्रिय भेला (२०६९ फागुन २१- २३ नेपालगञ्ज, बांके) ले गरेका निर्णयहरु:

Read Time:5 Minute, 14 Second

राष्ट्रिय जनमुक्ति पार्टी

सघीय परिषद/National Council

दशौं राष्ट्रिय भेला (२०६९ फागुन २१, २२ र २३, नेपालगञ्ज, बांके) ले गरेका निर्णयहरु  

यही २०६९ फागुन २१ देखि २३ गते सम्म बाँकेको नेपालगञ्जमा आयोजित राष्ट्रिय जनमुक्ति पार्टीको १०औं राष्ट्रिय भेलाको बन्द सत्र (फागुन २१ र २२ गते) ले विभिन्न विषयहरुमा केन्द्रित रहेर नेपाल र नेपालीको हित र सम्वृद्धिका लागि गरेका मुख्य निर्णयहरु यस बृहद घोषणा सभा (२०६९ फागुन २३) मा सार्वजनिक गर्न चाहन्छौं ।

क) मूलुकको सवलता, सक्षमता र सम्वृद्धिका लागि :

१. चूनावी सरकारको नेतृत्व दलहरुबाटै गरिनु पर्ने ।

२. नयाँ संविधानका लागि संविधान सभाको निर्वाचन सुनिश्चित हुनु पर्ने । २०६९ जेठ १४ सम्म संविधान सभाले प्राप्त गरेका उपलब्धी गुम्ने खतरा बढ्दै गएमा त्यसको रक्षाका लागि पार्टी जनआन्दोलनको बाटोमा जाने

३. अतिक्रमित भू—भागहरुको समस्या समाधान गर्न अविलम्ब कुटनीतिक पहल गरिनु पर्ने । खुला सिमानाको वैज्ञानिक व्यवस्थापन र आवतजावतका लागि परिचय पत्रको व्यवस्था तत्काल अनिवार्य लागु गर्नु पर्ने ।

४. वैदेशिक हस्तक्षेपको विरोध गर्ने । गैरसरकारी संस्था र विदेशी दुतावास समेतबाट आउने सहयोग पारदर्शी बनाईनु पर्ने ।

५. विदेशमा रहेका ब्रिटीश गोर्खा र तिनका सन्तानहरुका हकमा दोहोरो नागरिकताको सुविधाका हुनु पर्ने ।

६. स्वदेशी कृषि आधारित उत्पादनको सुरक्षा र अन्तर्राष्ट्रिय बजारको सुनिश्चित्ता गरिनु पर्ने ।

७. भ्रष्टाचारीहरुलाई सर्वस्व हरण सहित आजीवन कैद हुने व्यवस्था गरिनु पर्ने । भ्रष्टाचारलाई निरुत्साहित गर्न जनपरिचालन अभियान सञ्चालन गर्ने ।

८. राष्ट्रिय उद्योग व्यवसायहरुलाई सुदृढ गर्न तर्फ राष्ट्रिय योजना कार्यान्वयन हुनु पर्ने । भारतसंगको विप्पा सम्झौताको खारेजी हुनु पर्ने ।

९. दुर्गम क्षेत्रको यातायातको लागि Rope Way लाई तुरुन्त कार्यान्वयन गर्नु पर्ने । विद्युत र ईन्धन चुहावटको पूर्ण नियन्त्रण गरिनु पर्ने साथै वैकल्पिक उर्जाको प्रवर्धन हुनु पर्ने ।

१०. जनहितकारी प्रयोजनका लागि पार्टीले स्वयंसेवी संगठन National Volunteers (NV) को गठन र परिचालन गर्ने ।

ख) सामाजिक सुरक्षाकालाई प्रभावकारी र परिणाममुखी बनाउनका लागि :

१. मातृ भाषामा शिक्षाको लागि साथै मातृभाषी सञ्चार माध्यम, साहित्य र चलचित्रलाई संरक्षण र प्रोत्साहन गर्न बजेटको व्यवस्था हुनु पर्ने ।

२. वैधानिक रुपमा सञ्चालित जातीय संगठनहरुलाई वार्षिक सरकारी अनुदानको व्यवस्था हुनु पर्ने ।

३. जातीय विभेद र लैङ्गिक हिंसालाई निरुत्साहित गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने ।

४. स्वरोजगारमा लाग्न चाहनेहरुलाई न्यूनतम व्याजदर (बढीमा वार्षिक ५ प्रतिशत) मा दीर्घकालिन ऋण सुविधा दिईने व्यवस्था हुनु पर्ने ।

५. गरिबीका रेखा मुनी रहेका नेपालीहरुका लागि जस्तोसुकै उपचार व्यवस्था सरकारले नै दिनु पर्ने ।

६. लैङ्गिक अल्पसंख्यक (तेश्रो लिङ्गी)हरुको कानूनी अस्तित्व स्वीकारिनु पर्ने ।

७. दण्डहिनताको अन्त्य हुनु पर्ने । सत्य निरुपण तथा मेलमिलाप आयोग बेपत्ता छानविन आयोगको गठन राष्ट्रिय सहमतिको आधारमा तत्काल गरिनु पर्ने ।

८. प्राकृतिक विपत्तिलाई तत्काल सम्बोधन गर्ने गरी ‘राष्ट्रिय विपत्ति कोष’ को व्यवस्था हुनु पर्ने ।

 मिति : २०६९ फागुन २३ गते ।

यो मस्यौदा पढ्न तल किलिक् गर्नु होला ।

राष्ट्रिय जनमुक्ति पार्टीको दशौं राष्ट्रिय भेला:छलफलकालागी मस्यौदा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %