देब पचभैया
पाल्पा,फागुन २२ चिदिपानी १ धैरेनी पाल्पामा हिजो बेलुकी भएको बस दुर्घटनामा ज्यान गुमाएका १५ जनाकै हिजो बेलुकी राम्दीघाटमा अन्त्येष्टी गरीएको छ । घटना स्थलबाट पोष्टमार्टमको लागी जिल्ला अस्पताल ल्याईएको शब हरुलाई ३ वटा बस र दुई वटा ट्याक्टरमा राखेर राम्दी घाटमा पुर्याईएको थियो । १५ वटै चिता बनाएर मृतकको शबलाई आफन्तहरुले क्रमै संग दाग बत्ती दिएको राम्दीघाट पुगेका छिमेकी राजकुमार सारुले बताउनुभएको छ ।
घटनामा चिदिपानी ७ बुद्धिकोट गाउका १४ जना र चालक हुमिन का गरी १५ जनाको ज्यान गएको थियो । गाउका प्राय सबै घर शोकमा डुबेपछि छिमेकीहरुले शबलाई राम्दीघाट पुर्याएकाहुन् । छिमेकीका अनुसार आजै देखि गाउले सस्कार अनुसार काज कृया सुरु हुनेछन् ।
आईतबार बेलुकी भएको बस दुर्घटनामा १५ जनाको मृत्यु र २६ जना घाईते भएका थिए । जन्ती लिएर बेहुलाको घरमा फर्किदै गरेको बस हिजो बेलुकी ९ बजे दुर्घटना हुदा बेहुलाको बुवा ४६ बर्षिय बिष्णु चर्ती र दाई २६ बर्षिय योगेन्द्र चर्ती सहित १५ जनाको ज्यान गएको थियो । एक महिना अघि चिदिपानी ७ का २० बर्षिय केश बहादुर चर्ती मगर र खानीछाप आमडाडाकी १८ बर्षिया बिष्णु थापाले आफु खुशि भागेर बिहे गरेका थिए ।
मगरी सस्कृति अनुसार बिबाहको ढोगबेद गरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो । चिदिपानी गाबिसको बुढीकोट बाट खानीछाप गाबिसको आमडाडामा जन्ती गएर दुलाहाको घर फर्किदै गरेको लु १ ख २७९७ नम्बरको बस आर्यभञ्याङ्ग, राम्दी सडक खण्डमा पर्ने चिदिपानी १ धैरेनी मा सडक बाट झण्डै ७ सय मिटर तल भालुखोलामा बस खसेको थियो ।
दुर्घटनामा एस,एल,सिको तयारी गरेका एकै घरका दाजु बैनी १८ बर्षिय नबिन सुर्यबंशी र १७ बर्षिया नबिना सुर्यबंशी को पनि मृत्यु भएको थियो । छोरा,छोरीकै ज्यान गएपछि उनका वुवा आमाको काख रित्तिएको छ । १२ जनाको घटना स्थलमै र ३ जनाको उपचारको क्रममा लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा मृत्यु भएको थियो ।
बेहुला, बेहुली सहित ७ जनाको मिसन अस्पताल तानसेन उपचार भैरहेकोमा एकको अबस्था गंभिर छ । १७ जनाको लुम्बिनि मेडिकल कलेज प्रभासमा उपचार भएकोमा ६ जनालाई उपचा। पछि अस्पतालले घर पठाएको छ । घाईत मध्ये ४ जनाको अबस्था गंभिर रहेको र उनीहरुको आई,सि,यु मा राखेर उपचार भैरहेको छ ।