— मेजन पुन मगर
पुन मगरहरुको उपथर:
उलागे, थाने, बलामी, सुत, पहराई, पोइङगे ,उलाङगे, ढगाए, रतुवा, सुर्यवंशी, सरबुजा,
काई, ढगामी, राकास, सोती/सोटी, सवाङगे ,काभिई, दर्लामी, कोटी, सोम, सवाङगी,
कालाघर्ती, दुत/दुद राङ्गु, हुन्ज्याल, साब्रे ,आगोन्ले, नाम्ज्याली, रामकाम, नाया, सिजापति,
टामे, फङगाली, रामजोली, पहारे, सिन्ज्याली , टेण्डी, फिरीयाल, रामज्याली, पान्जान्सी, सिम,
तगाले, बकाबल, रुवान, पारे, सुत ,तन्ज्याली, बन्ज्याली, रोका, पाहारी ,थकाली, बराङदी, लामिछाने, प्रे, थानी, बयाल, सनाङ्गी, नगेल
श्रोत:केशरजंग बराल, पाल्पा–तनहँु र स्याङ्जाका मगरहरुको संस्कृति, काठमाडौं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, वि.सं. २०५० पृष्ठ १५५–१६९ ।
पुन मगरहरुको उपथर
ओरपाजाङी, पाइजा, थाने, उलागे/उलाङगे, फिरीथाल ,काई, बकाबल, कामी, बन्ज्याली, कडरे,
बरङ्गी, काभिई, बराङ्दी, कालाघर्ती, बपाल ,जागोन्ले, बयाल, घोचङ्गी, बलामी, टामे,
बिरकली, गर्बुजा, रतुवा, चितौरे, राकासकोटी, गोरे, तेन्दी, तिरखे, राङ्गु, जगाले,
बाकासकोटी, जठकारी, रामकाम, तजाली, रामजाली, दगल, तिलिजा, रामज्याली, तामे, राम्जा,
नाया, रुवान, पजाङी, रोका, पहरे ,रीगु पजंसी, लामिछाने, पर्दी, सनाङ्गी,
पंगी, साब्रे, पुर्जा, सिंजापति, पेराली ,सबङ्गी, पारे, साई, टामे, साईमे,
टेण्डी, सामे/सिम, तगाले, सेर्बुजा, तन्ज्याली ,सुमित्रा, थकाली, सिंजाली, थानी, सुतपहराई,
थाने, सुर्यवंशी, ढगाए, सोती/सोटी, ढगामी ,सोम, दर्लामी, हुन्ज्याल, दुत/दुद, दोजाली,
नाम्ज्याली, होलाङी, फकामी, हुनाली, फङ्गाली ,हुलुङी, पोइङ्गे, प्रेङ्गल
श्रोत:प्रदीप थापा मगर, लाफा पत्रिका, अंक ४, १९९६ ।
हाल प्राप्त पुन मगरहरुको उपथर:
गर्बुजा, पुर्जा, फगामी, पहरे ,थाने, दुधे, सुत्पहरे, रामजाली ,तिलिजा, चोचाङी, रन्तिजा, शेर्पुन्जा/शेरपुजा, बुदुजा, खोर्जा/खोरजा, अर्मजा , पाईजा
क) काले पाईजा
ख) गोरे पाईजा
थजाली, रन्के, लोंजा, रोका, सायमी/सामी, खामी, काउचे , दर्लामी, उलुङे, बाह्रघरे, दशघरे,
कोटाले, बैजाली, बगाले, मनपरेल ,मईन, थोकी, शिमले, अस्तमु निम्बर ,उमरा, गोदे, अग्लुङे, उलुङे, बाराङे, सबाङे, बम्वाल, पंगे , हिरङे, मार्के
श्रोत:मेजन पुन मगर, पुन मगर एक अध्ययन:काठमाडौं
राज्यसत्ता डटकम र फागुन ५, २०६९, शनिबार, संघीय एक्सप्रेसमा मगर हैनौं भन्नेहरु पुन हैनन् घर्ती हुन् भन्ने मुसहाङग झेंडी मगरको अभिमतप्रति केही भिन्न अभिमत राख्दै प्रतिक्रिया दिन चाहन्छु । झेंडीजीले चार थर सुत, दुत, थाने र पहरेलाई मात्र शुद्ध पुन अन्य पुनहरु चाहिं घर्ती हुन् भनेका छन् उसो त भेन्सीटाटले आफ्नो पुस्तकमा मगरहरुको थर मध्ये पुन मगरहरुको थर ३४ वटा उल्लेख गरेका छन् । तर वहाँले चार थरलाई मात्र शुद्ध र अन्यलाई अशुद्ध भनेर लेख्नुमा म कुनै औचित्य देख्दैन । माथि उल्लेखित उपथरहरुले नै बताउँछ । चार थर मात्र होइन अन्य पनि पुन मगरनै हुन् । पुन मगरभित्रको थर एउटै हो होइन भन्ने कुरा उसले पुज्ने कुलायनलाई आधार मान्ने हो अन्य कुनै कुरालाई आधार मान्ने कुरा आउँदैन । र, कुलायन पुजा कसरी पुजिन्छ त्यही अनुरुप ऊ त्यही थरको हुन आउँदछ । धौलागिरीका सबै पुन— थाने, पहरे, सुत र दुद लगायत अन्य पुन मगरहरु करबाकेलीलाई पुज्दछन् । यदि यिनीहरु अलग अलग थरका भए उनीहरुको कुलायन पुजा गर्ने तरिका पनि फरक हुन्थ्यो । किन एउटै छ ? तर अनावश्यक रूपमा पुन मगरहरु यिनीहरु हुन् भन्नुमा कुनै तुक म देख्दैन । कि त बलियो आधार पेश गर्नु पर्दछ नत्र करबाकेली कूल मानेर पूजा गर्ने सबै पुन मगरहरू एउटै कूलका सन्तान हुन् ।
अंग्रेज लेखककै कुरालाई मात्र आधार मान्ने हो भने उनीहरु डिभाड एण्ड रुल गर्न माहिर छन् । यसर्थ उनीहरुले लेखेका सबै कुरा ठिक हो भने अहिले खाम मगर भाषी मगरहरुलाई पनि तिमीहरु मगर होइनौं भनेका छन् । के त्यो कुरालाई पनि सही मान्दै अगाडि बढ्ने ? लेखक (मुसहाङ्ग) आफै सचेत हुनु होला । कि तपाई आफै पनि मगरलाई डिभाड गर्न चाहनु हुन्छ ?
दोश्रो विश्व युद्ध पूर्व १८९४ मा भेन्सीटाटले लेख्नु भएको Tribes, clans & castes of Nepal पुस्तकमा राना मगर, थापा मगर, पुन मगरको थर उल्लेख गरेर पुस्तकमा उपथर समेत विभाजन गरि प्रकाशित गरेका छन् । जुन पुस्तकमा उनले पुन मगरभित्र ३४ वटा थर समावेश गरेका छन् । यदि पुन लेखाएर भर्ती भएको भनाई सही हो भने विश्व युद्ध अगाडि लेखिएको त्यो पुस्तकमा पुन मगर थरभित्र कसरी ३४ वटा थर समावेश भयो । त्यहाँ किन थाने, दुधे, सुत्पहरे र पहरेको थर मात्र लेखिएन । उत्तर स्पष्ट छ, यी ४ थर मात्र होइनन् पुन मगरहरू अन्य थरका पुन मगरहरू पनि यसैभित्रको हाँगाहरू हुन् । (पुन मगर एक अध्ययन : पुस्तकबाट)
र, उनीहरूले किन पुन नै लेखाएर भर्ती भए ? किन अन्य जात लेखाएनन् ? भर्ती हुने क्रममा पुन लेखाएर अन्य जाति (थकाली, छन्त्याल/छन्तेल, गुरूङ, वि.क.) पनि भएका छन् तर व्यवहारमा के उनीहरू मगर समाज वा पुन मगर समाजमा अटाएर कार्य गर्न आएका छन् ? थकाली र छन्त्याल/छन्तेलहरू पुन लेखाएर नै भर्ती भएका हुन् । तर हाल उनीहरू थकाली र छन्त्याल/छन्तेल समाजमा नै रहेर काम गरिरहेका छन् । त्यसैले सबैलाई आफ्नो संस्कृति र आफू जन्मेको जात प्यारो लाग्ने गर्दछ । जसरी थकाली र छन्त्यालछन्तेलहरू पुन लेखाएर भर्ती भए पनि पुन मगर बन्न सकेनन् त्यस्तै गरि अन्य थरका पुन मगरहरू पनि आफ्नो परम्परा र संस्कारलाई माया मार्न नसकेको हो । जसको फलस्वरुप उनीहरू यस समाजमा कार्यरत छन् । कसैले विना आधार तँ पुन मगर होइनस् भन्दैमा उनीहरू अर्को थर बन्न नगएको कारण पनि त्यही हो ।
करबाकेलीलाई आफ्नो कूल नमान्ने पुन मगरहरू पनि छन् । उनीहरू पनि कुनै न कुनै रूपमा पुन मगरको हाँगा नै हुन् । करबाकेली कूल मान्ने र नमान्ने पुन मगरहरूको जनजीवनमा अनुसन्धान र सर्वेक्षण गर्ने हो भने कतिपय कुराहरूमा एकरुपता पाउन सकिन्छ । पश्चिमबाट करबाकेली पूर्व तर्फ आउनु भएको हो । त्यतातिर पनि पुन मगर जातिको बसोबास रहेको पाइन्छ । त्यता बसोबास गर्ने पुन मगरहरूले करबाकेली भन्ने त्यति थाहा छैन । बरू पश्चिमबाट पूर्व धौलागिरीतिर आएको हुँदा यतातिरको जनजीवन उतातिर बासोबास गर्ने पुन मगरहरूसँग मिल्ने कुरामा चाहिं दुईमत नहोला । कूल सम्बन्धी सोधपुछ गर्दा रुकुम, रोल्पाका पुन मगरहरू ‘बहादुर–बझाङ कूल पुज्ने गर्दा रहेछन् । बहादुर भन्ने उनीहरूको शिकारी कुल अझ त्यस स्थानभन्दा पनि पश्चिम बझाङबाट आएका हुन् भन्ने गर्दछन्– त्यतातिर । त्यसैले पुन मगरको बसोबास त्यतातिर पनि प्रशस्त भएको हुँदा हामी उनीहरूबाट छुट्टिएर पूर्वतर्पm आएका सन्तान हौं । (मगर संघ बेलायतद्वारा प्रकाशित कानुङ् लाङ्घा पत्रिका, वर्ष २, अंक २, २००६)
पुन मगरहरुको बासोबास म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी हाल कास्की, कास्की–तनहुँ बोर्डर, चितवन, नवलपरासी, रुपन्देही र पश्चिम नेपाल हो । र, वहाँलाई थाहा नहुन सक्छ साई/सामी पुन र खाई/खामी पुन जसले अन्य पुनलाई असली मगर होइनन् भनेका छन् उनीहरुको बसोबास बाग्लुङ होइन गुल्मी क्षेत्र हो । यसै गरि पश्चिम रुकुम–रोल्पामा बुढा, रोका, घर्ती र पुन मगरहरुको बसोबास क्षेत्र हो । यतातिर अन्य मगरहरुको बसोबास कमै मात्र पाइन्छ । कुन क्षेत्रमा कुन मगरहरुको बसोबास छ भन्ने कुरा पनि यथार्थ दिऊ न हामी । तर वहाँले थापा, राना मगरलाई नेपालको जुन भेगमा पनि बसोबास छ भन्न खोज्नु भए झैं छ । स्वयम् थापा मगर भित्र पर्नु हुन्छ । तर लेख चाहिं सबै मगर समेट्ने खालको भएन । र, लेखकले घर्ती हुन् भनेका छन् के घर्तीहरु मगर होइनन् र ? कि वहाँले मगर भित्र अझै उपल्लो र तल्लो मगरको लेबल कायम नै राख्न चाहनु हुन्छ—बुझ्न सकिएन । सबै एक हौं भन्ने कि अझै तल्लो र उपल्लो दर्जाको मगर भन्ने/लेख्ने ?
यो मगर हैनौं भन्नेहरु पुन हैनन् घर्ती हुन् भन्ने लेखको आसय जति सकारात्मक रुपमा लिन खोजे पनि सबै भन्दा ठूलो गल्ती भनेको मगर भित्र उचनिचको व्यवहार थियो विगतमा भन्न खोज्नु हो । ब्राम्हणबादकै कारण माथिल्लो र तल्लो जात बनेको हो भन्ने अनि फेरि आफ्नो समाजभित्र चाहिं त्यही प्रविधि लाद्न खोज्ने ? गलत त जताबाट पनि गलतै हुन्छ साथीहरु । हरेक कोणबाट मनन् होस् ।
पुन मगरहरुले आदिवासी जनजातिमा सुचिकृत हुने प्रयास गरेका हुन् । त्यो लेखककै अनुसार बिना आधार हुन सक्छ तर कुनै पनि घटनाको परिघटना के हो बुझ्ने प्रयास पनि गरिनु पर्छ । मगर संघले ध्यान नदिएको भनेर त लेखकले नै लेख्नु भएकै छ । मगर संघ सबैको साझा संस्था हो यसले सबै क्षेत्रमा ध्यान दिएर काम गर्नु पर्दछ । मगर समाज आफैमा विविध संस्कार, संस्कृति र तीन प्रकारको भाषा बोल्ने समाज हो । साथै विगतमा राज्यसत्ताको कारण भाषा बोल्न रोक लगाएर खस नेपाली भाषा बोल्ने जाति बनेका पनि छन् । धौलागिरीका मगरहरु त्यस्तै चपेटामा परेका मगरहरु हुन् । मगर भित्र हरेकको चालचलन, रहनसहन बसोबासकै कारण केही फरक छ । यो विविधतालाई सम्पत्ति ठानेर सबै विविधतालाई संरक्षण गर्न लाग्ने कि एक रुपता बनाउन खोज्ने ? यसर्थ विविधताको मगर समाजका सबै पक्षलाई मध्ये नजर गरि सबैले काम गर्नु पर्दछ । पुन समाजलाई विखण्डनको बिउ रोपेको भनेर आरोप लगाउनेले आफुले पनि बिखण्डनको बिउ नरोपेको नहोला भन्ने के छ ?
म—मगर संघमा हिंडेको मगर हुँ । मगर विद्यार्थी संघ नहुँदै क्याम्पस ईकाई समितिमा रहेर कार्य गर्दै नेपाल मगर संघ, रुपन्देही जिल्ला समितिको उपाध्यक्ष र मगर संघ केन्द्रीय समिति मुखपत्र तथा हङकङ, बेलायतको मुखपत्रको सम्पादकत्वको भूमिका निर्वाह गरि आएको छु । पुनहरु मगर नै हुन्— भन्छु । यसैले त पुन मगर एक अध्ययन नामक पुस्तक प्रकाशन समेत गरेको छु । अर्को संस्करण निकाल्ने तरखरमा छु । मगर हैनौं भन्नेहरु पुन हैनन् घर्ती हुन् भन्ने लेखले म जस्तो मगर संघमा हिंड्ने र मगर हौं भन्ने पुन जो पुन थर भित्र फगामी हुँ । तपाईकै भाषा अनुसार होच्चाएर घर्ती भनेर लेख्दा म जस्तो अन्य मगरहरु (पुन र घर्ती) को मन दुख्दछ । यद्यपि सबै मगरहरु समान हौं भन्ने कुरा चाहिं म गर्दछु । घर्ती मगर र हामीप्रतिको यो हेय भावना किन ? भाषा नबोल्नेहरु मगर होइनन् भन्ने कुरा सुन्दै आएकै हुँ । यो भनेर मगर होइन भन्दिन् । भन्ने मान्छेको अबुझपनाले भन्यो सोंच्छु । अब फेरि हामीभित्रबाट यस्ता लेख लेखिंदा के हामी एक हुन सकौला ? ध्यान कसले दिने ? हामी लामो खेलको खेलाडी बनेर सोंच्ने र काम गर्ने कि सानै हावा हुरी आउँदा पनि उडेर जाने मगर बन्ने ? समय अझै छ—साथीहरु । परिवर्तन हामीले नै गर्ने हो । मिलेर एकजुट भई हामीले नै परिवर्तन गर्ने हो । कसरी एकजुट हुन सकिन्छ त्यतातिर पाईला चाल्ने कि, मामरापरेर सुक्न लागेको कुराहरु कोट्याउने ? यसर्थ, मगर एकता जिन्दावाद ।
(लेखक: मगर संघ आबद्द चलचित्र कर्मि हुन् ।)
यो पढ्न तलको लिङ्क किलिक् गर्नुहोस् ।
मगर हैनौं भन्नेहरु पुन हैनन् घर्ति हुन्