देब पचभैया
पाल्पा,फागुन २१ पाल्पामा हिजो बेलुकी भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने २६ जना घाईते भएका छन् । जन्ती लिएर बेहुलाको घरमा फर्किदै गरेको बस हिजो बेलुकी ९ बजे दुर्घटना हुदा बेहुलाको बुवा ४६ बर्षिय बिष्णु चर्ती र एक मात्रै दाई २६ बर्षिय योगेन्द्र चर्ती सहित १५ जनाको ज्यान गएको हो । एक महिना अघि चिदिपानी ७ का २० बर्षिय केश बहादुर चर्ती मगर र खानीछाप आमडाडाकी १८ बर्षिया बिष्णु थापाले आफु खुशि भागेर बिहे गरेका थिए । मगरी सस्कृति अनुसार बिबाहको ढोगबेद गरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो । चिदिपानी गाबिसको बुढीकोट बाट खानीछाप गाबिसको आमडाडामा जन्ती गएर दुलाहाको घर फर्किदै गरेको लु १ ख २७९७ नम्बरको बस आर्यभञ्याङ्ग, राम्दी सडक खण्डमा पर्ने चिदिपानी १ धैरेनी मा सडक बाट झण्डै ७ सय मिटर तल भालुखोलामा बस खसेको थियो । दुर्घटनामा एस,एल,सिको तयारी गरेका एकै घरका दाजु बैनी १८ बर्षिय नबिन सुर्यबंशी र १७ बर्षिया नबिना सुर्यबंशी को पनि मृत्यु भएको छ । छोरा,छोरीकै ज्यान गएपछि उनका वुवा आमाको काख रित्तिएको छ । १२ जनाको घटना स्थलमै र ३ जनाको उपचारको क्रममा लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।
बेहुला, बेहुली सहित ७ जनाको मिसन अस्पताल तानसेन उपचार भैरहेकोमा एकको अबस्था गंभिर छ । १७ जनाको लुम्बिनि मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । घाईते १७ मध्ये ४ जनाको अबस्था गंभिर रहेको र उनीहरुको आई,सि,यु मा राखेर उपचार भैरहेको छ । घटनास्थलमा मृत्युहुनेहरु बस चालक हुमिन पाल्पाका ३० बर्षिय मिलन बिक, बुढीकोटका ५५ बर्षिय बेद बहादुर बिरकट्टा, बर्ष २५ की कमला जर्घा, बर्ष २८ का लोक बहादुर सारु, बर्ष १७ की केश कुमारी बिरकट्टा , बर्ष २५ का योगेन्द्र चर्ती , बर्ष २५ की केशरी सारु, बर्ष ३० की लुलिसरा सारु र बर्ष २६ का रमेश बिक को घटनास्थलमै ज्यान गएको हो । त्यस्तै उपचारको क्रममा लुम्निनि मेडिकल कलेजमा चिदिपानी ७ का २१ बर्षिय सुरज न्यौपाने, ५६ बर्षिय अम्मर बहादुर जर्घा र बर्ष २५ की रमा सारुको ज्यान गएको छ । शबको पोष्ट मार्टमको लागी प्रहरीले जिल्ला अस्पताल तानसेनमा ल्याएको छ ।
दुर्घटनाका घाईते हरु
चिदिपानी ७ बुडिकोट का १९ बर्षिय असोक सारु, १३ बर्षिय बिष्णु बिरकट्टा, बर्ष १२ की इन्दिरा थापा, नायरनमतलेशका बर्ष २४ का खेम श्रेष्ठ, चिदिपानी ७ बुढीकोटका ईन्द्रा दर्छा, बर्ष २० की चन्द्रिका सारु, बर्ष १९ की बाल बालकुमारी चिदि, बर्ष २२ का हिरा सिंजाली, गोर्खा जिल्ला , बर्ष १६ की युव कुमारी आले, चिदिपानी ७ बुढीकोटकै बर्ष २१ का महेश बिक, १५ बर्षिय बमिता गाहा, २० बर्षिय बिष्णु सारु , १८ बर्षका राम बहादुर सारु, मित्र बहादुर सारु , बर्ष २७ का रित बहादुर जर्घा, बर्ष २१ का दान बहादुर सारु र १७ बर्षिया शोभा कुवरको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।
त्यस्तै
चिदिपानी ७ बुढीकोटका १८ बर्षकै बिमल बिरकट्टा, गाडी साहु नायर नमतलेश १ का २८ बर्षिय डेन्जिङ्ग रायमाझी, चिदिपानी ७ बुढीकोटका २० बर्षिय सुभास कुवर, बर्ष ५ की भुमिका चर्ती, २१ बर्षिय कृष्ण सारु, बेहुला २० बर्षका केशब बहादुर चर्ती , बेहुली १८ बर्षिया बिष्णु चर्ती, १४ बर्षिय सन्दिप गुरुग र १८ बर्षका बिषन सारुको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । दुर्घटना स्थलमा ठुलो भिर र अध्यारो भएकाले घाईते हरुको उद्धार गर्न निकै कठिन भएको थियो । जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी आर्यभञ्याङ्ग, प्रहरी चौकी राम्दी र स्थानिय बासीले उद्धार गर्न कठिन भएपछि तानसेनमा रहेको चण्डी प्रसाद गणबाट राती १ बजे नेपाली सेनाको टोली गएको थियो । घाईतेलाई सडक सम्म निकाल्न झण्डै एक घण्टा लागेकाले पनि उनीहरुको छिटो उद्धार गर्न नसकिएको उद्धारमा जुटेका प्रहरी चौकी आर्यभञ्याङ्गका प्रमुख असई बिष्णु थापाले बताउनु भयो । घाईते र मृत्यु भएकाहरुको शरिर यत्र तत्र उछिट्टिएकाले पनि शब बटुल्न र घाईतेको उद्धार गर्न कठिन भएको थियो । उद्धारमा जुटेका स्थानिय बल बहादुर गाहाका अनुसार घटना घटेको धेरै बेर पछि स्थानिय र प्रहरीले जानकारी पाएको र उद्धार गरी बाटोमा ल्याइएका घाईतेहरुलाई पनि गाडीको अभाबमा तत्काल अस्पताल पुर्याउन नसकिएको हो । दुर्घटना स्थलमा अहिले पनि घाईते र मृततका लत्ता कपडा उछिट्टिएका छन् भने बिबाहामा आएको दाईजो यत्र तत्र छरिएका छन् ।
दुर्घटनाको कारण
अस्पतालमा उपचार गराईरहेका घाईतेहरुले दिएको जानकारी अनुसार चालकले रक्सी खाएकाले दुर्घटना भएको हुन सक्ने बताएका छन् । जन्ती फर्किने क्रममा राम्दीमा बस रोकेर एक होटलमा छिरेका चालक सहितका युवाहरु आधा घण्टा पछि निस्किएका थिए । त्यसपछि नाच्ने गाउने गर्दे उकालो लागेको बस ठाउ ठाउमा कोल्टे परेको थियो । दुर्घटना स्थान निर उकालो र साघुरो बाटोका बाया मोड्नुपर्ने गाडी दाया भिरतिरै मोडिएपछि बस तल्तिर उछिट्टिएको घाईतेहरुले बताएका छन् । प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
पहिलो पनि भएको थियो
घटना गएको ५ बर्ष अघि सोही स्थानमा भएको बस दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो । भने गत बर्ष भएको ट्क दुर्घटनामा दुई जनाको ज्यान गएको थियो । सो स्थानमा पटक पटक दुर्घटना भएपछि स्थानियबासीले बाटोको छेउमा मन्दिर बनाएर पुजा आज गर्दे आएका थिए । पाल्पामा भएको यो दुखद घटना प्रति हामी मर्हाहत भएका छौ । रेडियोको तर्फ बाट मृत आत्माको चिर शान्तीको कामना गर्दे घाईते सबैको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।