मगर भाषामा कबिता बाचन सम्पन्न

Read Time:2 Minute, 33 Second

सधै उही खस भाषामा रचिएको र पुरानै ढर्राको कबिता पढ्दै र सुन्दै आएका पाठकहरुलाई नेपाल मगर भाषा लेखक संघ लुम्बिनी कार्य समितिले मगर भाषामा खुल्ला कबिता बाचन प्रतियोगीताको आयोजना गरेर केही नौलोपन र फरक स्वाद दिलाउने मौका जुरायो ।गत शुक्रवार कावासोती स्थित खानेपानी सभाहलमा सम्पन्न सो प्रतियोगीतामा बिभिन्न जिल्लाका दश जना प्रतियोगीहरु  प्रतिस्पर्धामा उत्रिएका थिए ।

बिशेष अतिथि समेत रहनुभएका आदिकवि जीत बहादुर सिंजाली साहित्य प्रतिष्ठानका अध्यक्षले आफ्नो शुभकामना मन्तब्यको क्रममा गोरे बहादुर शीर्षकको कबिता वाचन गरिरहंदा पुरै सभाहलमा स्तब्धता छाएको थियो ।रुपन्देहीका गोपाल थापा मगरले प्रथम स्थान हासिल गरेको सो प्रतियोगीतामा कास्की पोखराका कृष्ण मिगिन मगरले द्वितिय, रुपन्देहीकै मुना थापा मगरले तृतीय र पाल्पाका टेक बहादुर सारु मगरले सान्त्वना पुरस्कार हात पारेका थिए ।पुरस्कारको राशी क्रमस तीन हजार, दुइ हजार,एक हजार र पांच सय रुपैया रहेको थियो ।

नेपाल मगर भाषा लेखक संघ अञ्चल समिति लुम्विनीका अध्यक्ष लोकनेश ढेगा मगरको सभापतित्व,र नेपाल मगर संघ अठार मगरात भाषिक उपाध्यक्ष कर्ण बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । मगर भाषा संरक्षण र सम्बद्र्धनका लागि सो कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा पनि यस्तै धेरै कार्यक्रमहरु गरिने,अतिथि एवं ब्यवस्थापक समेत रहनुभएका नेपाल मगर भाषा लेखक संघ केन्द्रिय कार्य समिति सदस्य हेमा आले मगरले जानकारी दिनुभयो ।  

नवलपरासीबाट प्रेमध्वज गाहा ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %