हङकङको दशौं साहित्य सृङ्खला उपलव्धिपूर्ण सम्पन्न ।

Read Time:2 Minute, 2 Second

पूर्णिमा शाह

हङकङ फेव्रूवरी २५, जोर्डन स्थित नेपाली महासंघको कार्यालयमा हङकङमा रहेका कृयाशिल नेपाली स्रष्टाहरूको साझा “साहित्यिक सृङ्खला दशौं”विगतझैं प्रत्येक महिनाको अन्तिम आईतवार विहान कवि चन्द्र मादेन “आन्छन्”को सँयोजकत्वमा सौहाद्वपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
“नेपाली वाङ्मयको समर्धन र सम्रक्षण गरौं” भन्ने नारा राखिएको ब्यानरमा हङकङका कृयाशिल र दिग्गज शाहित्यकारहरूको बसिवियाँलो चौतारीको रूपमा प्रेमीलो साहित्यमय उपस्थिति भएको थियो । विगतका दिनहरूमा भन्दापनि धेरै दशजना स्रष्टाहरूबाट देशप्रेम  र जीवन जगतका कविता, गजल, गीत र मुक्तकहरू सुनाईएको थियो ।उपस्थितहरू सवैले यसलाई उपलव्धि मानेका थिए ।          

धारावाहिक रूपले भैरहेको उक्त कार्यक्रममा सृजनशील कवि र कवयित्रीहरू-वल्लव रोका (देश वचाँऊ), प्रकाश छाङ्छा (फूटकर मुक्तक), पूर्णिमा शाह  (सुनौलो विहानीवनि आयौ तिमी), टोप ब याक्खा (म सडक र संघीयता), मोहन गुरूङ्ग (हावा चल्यो), भुपेन्द्र चेम्जोङ (ऐना), विष्णु ईङ्नाम (मेरो सपनाको घर), डी बी पालुङ्वा(विसंगति) त्रिभुवन लुङ्फुङ्वा (आउदैछु म मातृभूमी) र चन्द्र मादेन “आन्छन्”(माटोको लागि) द्वारा वाचन र समिक्षा गरिएको थियो भने अन्य स्रष्टाहरू विष्णुनन्द चाम्लिङ् र महेन्द्र लिम्वूबाट समिक्षात्मक टिप्पोणी रहेको थियो ।   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %