हङ्गकङ्ग २४ फेब्रुवरी २०१३, मगर संघ हंगकंगले ३१औं मगर दिवस धूमधामका साथ याउ मा तेई कम्युनिटी हलमा सम्पन्न गर्यो । बिगत भन्दा फरक तर परम्परा , भेष भुषा, कला र संस्कृति , भाषा आदिलाई नया ढाँचा र सैलिबाट प्रस्तुत गर्यो यस पटकको ३१औं मगर दिवसमा मगर संघ हंगकंगले । कार्यक्रमको मुख्य आकर्षण मिस मगर प्रतियोगीता थियो । सुन्दरी प्रतियोगीताका प्रतिस्पर्धीहरुले मगर भेष भुषामा प्रस्तुत भई मगर भाषामा आ-आफ्नो परिचय दिएका थिए । प्रतिस्पर्धामा ८ जना मगर कन्याहरूले सहभागिता जनाएका थिए ।
सबै प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै कमला पुन मगरले ३०१३ को मिस मगर हंगकंगको उपाधि पहिरिन सफल भईन् । अन्य सहभागीहरुले पनि बिभिन्न उपाधि हात पार्न सफल रह्यो। जुन यस प्रकार छन्: मिस ट्यालेन्टबाट मिना पुन मगर, मिस पर्सन्यालिटीबाट सपना थापा मगर, मिस फोटोजेनिकबाट चन्दा पुन मगर , मिस चार्मिड्ग बाट रेखा थापा मगर , मिस बेष्ट ड्रेसअपबाट उर्मिला थापा मगर , मिस क्याटवल्कबाट बिशाल थापा मगर र मिस बेष्ट फिगरबाट एलिना थापा मगर । गत बर्षको मिस मगर शालु थापा मगरले यस बर्षको मिस मगर २०१३ बिजेता कमला पुन मगरलाई सुनको जन्तर लगाई दिएका थिए । यस प्रतियोगिताको निर्णायकहरुमा शारोन पुन मगर, पुष्कर लुंगेली मगर, हर्क राना मगर, थल श्रीस मगर र शालु थापा मगर थिए ।
मगर संघ हंगकंगले संघ प्रति दिएको योगदानको मुल्याड्गकन् गर्दै यस बर्ष पनि बर्ष मगर पुरुष र बर्ष मगर महिला द्वारा सम्मान गर्यो । यस पटक बर्ष मगर पुरुष २०१३ बाट पुर्ण दर्लामी मगर र बर्ष मगर महिलाबाट उर्मिला आले मगरलाई सम्मान गर्यो । गत बर्षको बर्ष मगर पुरुष र बर्ष महिला मगर द्वारा सम्मानित राजकुमार मास्की मगर र कुमारी लुंगेली मगरले यस बर्षको बिजेताहरुलाई सम्मान पत्र सहित फेटा र दोसल्ला औढाई सम्मान गरेका थिए ।
कार्यक्रमको नौलो प्रस्तुति हंगकंगमा पहिलो पटक नौमती बाजा थियो । मगर संघ हंगकंगका सकृय सदस्य साथै काउलुन समितिका सचिब हरी थापा मगरको नेतृत्वमा नौमती बाजा बजाएको थियो । उपस्थित दर्शकहरु बाजाको तालमा नाचे । नेपालबाट आएका नृत्याड्गना सृष्टी आले मगरले आफ्नो नृत्य कौसल प्रस्तुत गरिन ।त्यसै गरि रोष गुमुष्टाका कलाकारहरुले कौडा, मारूनी, झ्याउरे र एकल सोलो नाच प्रस्तुत गरेका थिए । हंगकंग भ्रमणका लागी आएकै अर्का लोक दोहरी गायक ज्योती राना मगरले एकल लोक गित र स्थानीय दोहरी गायिका मन्जु थापा मगर संग दोहरी घम्सा घम्सी भयो ।
औपचारिक कार्यक्रम संघको अध्यक्ष चन्द्रज्योती आले मगरको सभापतित्वमा सम्पन्न भएको थियो । ९१ बर्षिय बयोबृद्धा जय माया थापा मगर ( मगर संघ हंगकंगका संस्थापक अध्यक्ष भोलानाथ थापा मगरको आमा ) लाई प्रमुख अतिथीको रुपमा आसन ग्रहण गराइएको थियो । बिशेष अतिथीहरूमा हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर र नेपाल आदिवासी जनजाति महासंघ हंगकंगका सदस्य किसन राई लाई आसन ग्रहण गराइएको थियो । अतिथीहरुमा बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु थिए । प्रमुख अतिथी जय माया मगरलाई अध्यक्ष चन्द्रज्योती आलेमगरले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
मगर संघ हंगकंगको नयां आजीवन सदस्यता लिएका २९ जनालाई सदस्यताको ताम्रा पत्र बितरण गर्यो । स्वागत मन्तब्य संघका सचिब सुमन थापा मगरले गरेका थिए भने कार्यक्रम सन्चालन महासचिव बोद बिक्रम थापा मगरले गरेका थिए । औपचारिक कार्यक्रम पछिको कार्यक्रम मिस हंगकंग नेपाल २०१२ की सेकेण्ड रनरअप प्रमिला थापा मगर र बोद बिक्रम थापा मगर बाट संचालन गरिएको थियो ।
बिक्रम थापा मगर