महावाणिज्यदुत नियुक्ती-खारेज गर ।

Read Time:4 Minute, 17 Second

 

 

महावाणिज्यदुत नियुक्ती-खारेज गर !

एकाधिकार वाद — मुर्दावाद !

आदिवासी जनजाति महावाणिज्यदुत — नियक्ती गर !

हाम्रो चाहनालाई — सम्मान गर !

नेपाल आदिवासी जनजाति एकता — जिन्दावाद ! जिन्दावाद !! जिन्दावाद !!!

        

      

    नेपालको मन्त्रि परिषदले १४ फेव्रुवरी२०१३ मा गरेको हङ्कङ्का लागी महावाणिज्युदतमा अर्थमन्त्रालयका सह सचिव महेश प्रसाद दाहालको नियुक्तीलाई अस्विकार गर्दै विभिन्न नारा सहित दोस्रो पटकको धर्ना विरोध सभा सम्पन्न भयो । नेपाल आदिवासी जनजाति महासंघ हंगकंगको आयोजनामा चिम सा चईको नेपाली दुतावासको कार्यलय भवन कंकडीया प्लाजामा सयौं प्रदर्शनकारीहरु भेलाभई विभिन्न नारावाजी गरेका थिए । दाहालको नियुक्तीलाई विरोध जनाउंदै विभिन्न जातिय, क्षेत्रिय र पेशागत संघसंस्थाका प्रतिनिधिहरुले उक्त विरोध धर्नामा सहभागीता जनाई आ-आफ्नो संघसंस्थाको तरर्फवाट आन्दोलन प्रति एक्यावद्यता जाहेर गरेको थियो ।

 

हंगकंगमा वसोवास गर्ने कुल नेपालीहरु मध्ये ९० देखी ९८ सम्म आदिवासीहरु रहेका भन्दै सम्पुर्ण वक्ताहरुले हंगककंगमा जनजातीको वाहुल्य भएको हुनाले समानुपातिक समावेशीको आधारमा महावाणीज्यदुतको नियुक्ती आदिवासी मुलको हुनु पर्ने वताए । अहिले सम्मा १ जना पनि महावाणीज्यदत मुलवासी आदिवासीवाट नियुक्ती नगरेको र नेपाल सरकारले यस प्रति चासो नदेखाएको भन्दै नेपाल आदिवासी जनजाती महासंघ हंगकंगको यो माग जायज भएको भन्दै विरोध धर्ना प्रति एक्यावद्दता विभिन्न जातिय संघ संस्थाहरुले गरेको थियो ।

       तात्कालीन आदिवासी जनजाति महासंघ हंगककंगका अध्यक्ष भपेन्द्र चेमजोङ्गले नेपालमा गएर विभिन्न निकायहरुमा लागी हंगकंगको महावाणीज्यदुतको नियक्तीमा जनजाति हुनुपर्छ भनि ज्ञापन पत्र पेशगरी सकेको र यसकोवारेमा अहिले सम्म कुनैपनि सरकारले सुनुवाई नगरेको जिकिर गरर्दै नेपालीले नेपालीको विरुद्य आन्दोलनमा उत्रिन वाध्यभएको हंगकंग नेपाली महासंघका निवर्तमान अध्यक्ष हेम लिम्बुले भने । उनले यस आन्दोललाई एक्यावद्यता जाहेर गर्दै हामी हंगकंगका नेपालीहरुको मागलाई नेपाल सरकारले कहिलै सम्वोधन नगरेको वताए । आन्दोलनको समय छोटो या लामो जे जस्तोभए पनि हाम्रो मागको लागी सधै अगाडी वढीरहन पर्ने उनले वताए ।

कार्यक्रममा हंगकंग नेपाली महासंघका अध्यक्ष तथा उपाध्यक्ष क्रमशः प्रदिप थापा मगर र रीता गुरुग, भक्त दुरा, लगायतका वक्ताहरुले आ-आफ्नो प्रतिवद्यता र आन्दोलन प्रति एक्यावद्यता जाहेर गरेका थिए । आन्दोलनको रुप समय अनसार वदलीदै जानेहुनाले अवको आन्दोलनको कार्यह्रमलाई कसरी अगाडी वढाउने भन्नेवारेमा आदिवासी जनजाति महासंघले २८ फेव्रवरीको दिनमा गोलमेच सम्मेलन गर्ने र आन्दोलन योजना वनाउने वताए । विरोधसभाको अध्यक्षता एम वि थापा मगरले गरेका थिए भने कार्यक्रम किसन राईले सन्चालन गरेको थिए ।

विक्रम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %