अझैभुलेको छैन लाङ्घाली (मुक्तक्)

Read Time:2 Minute, 50 Second

बिजय हितानमगर

 

कछाड भोटो कम्मरमाखुर्पेटो, भिर्न अझै छुटेकोछैन् लाङ्घाली

(नेपाल्एकिकरण भयो अनीप्रजातन्त्र आयो), मगरले बगाएकोरगत अझै, सुकेकोछैन् लाङ्घाली !

 

गुन्यु चोलो कम्मरमापटुकि, लगाउन अझै छुटेकोछैन् लाङ्घाली

जनआन्दोलनमामगरले बगाएको रगत्,अझै सुकेको छैन् लाङ्घाली!

 

मगराँत घोषणा भयो रेभन्ने सुन्छु, अझै डुलेको छैन्लाङ्घाली

बाइसे चौबिसे राजा रजौटा,मगर इतिहास अझैभुलेको छैन् लाङ्घाली !

 

आक्खा लिपी सिक्दैछुभरखर, दिमागमा अझैखुलेको छैन लाङ्घाली

गोर्खा बुङ्कोटका प्रथम सहिद,लखन थापामगर भुलेकोछैन् लाङ्घाली  !

 

सुतिएछ कुम्मकर्ण जस्तै मस्त,भरखरै बिकासमा लम्कदैछू लाङ्घाली

लाउरेदाइकोरेलिमाई भाका गाउने,मास्टर मित्रसेनलाई सम्झदै छूलाङ्घाली  !

 

मामाकी छोरिसाली भगाएँ,घरमा अझै हुँलेकोछैन् लाङ्घाली

सोरठी चुट्का सालैजो भाका,कौरामा नाचेको भुलेको छैन् लाङ्घाली!

 

बड्कुकाबड्कु जाँड पीइयो,अझै झुलेको छैनौंलाङ्घाली

लालबहादुरतुलबहादुर भिसीहरू, अझै भुलेकाछैनौं लाङ्घाली  !

 

ब्यार्थैमातिमी युद्दामा मर्यौ,आमाको आसुँ सुकेकोछैन् लाङ्घाली

खाम काइके मगर् कुराहरू,बोल्न अझै भुलेकोछैन् लाङ्घाली  !

 

यो सालीको मुन्द्री बुलाकि,सिर्फुल अझै फुलेकोछैन् लाङ्घाली

 

खिचडी तरुल पुर्खालाईचाडाएको, माघेसक्रान्ती भुलेको छैन् लाङ्घाली!

 

हाम्रो अधिकार अरुले खोस्यो,केही हामि बोलेकाछैनौ लाङ्घाली

ज्ञान बिग्यान राजनितिमा पिछडिएको,हामिले भुलेका छैनौं लाङ्घाली !

 

हामिले अधिकार मागेका हौं,कसैको अधिकार लुटेकाछैनौ लाङ्घाली

थापा आले रोकाराना पुन, सबैमगरै हौं भनिभुलेका छैनौ लाङ्घाली !

 

मगर् ढिलो हुन्छभन्छन्, केहिपनी ढिलो भएकोछैन लाङ्घाली

(मगर् दिवस मनायर)मगरलाई एउटै मालामागाँस्न, अझै ढिलोभएको छैन् लाङ्घाली   !  

 (३१औं  मगर् दिवस, प्लम्स्टीड, २३ फेब्रुअरी २०१३)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %