आदिबासी जनजाति छेत्रीय साखा एन.आर. डब्लु. जर्मनीको पहिलो बैठक सम्पन्न

Read Time:2 Minute, 29 Second

 

बिर याकुम्बा, जर्मनी

गत जनवरी २९, २०१३ मा  गठन भएको आदिबासी जनजाती क्षेत्रीय समिति एन.आर.डब्लु. जर्मनीको  पहिलो बैठक १८ फेब्रवरी २०१३ का दिन Ring str, gelsenkirchen मा सम्पन्न भएको छ । कार्य समितिका सम्पूर्ण पदाधिकारीज्यूहरुको उपस्थिति रहेको उक्त बैठक समितिका अध्यक्ष श्री बिक्रम याक्थुङ्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बैठकमा नेपाल एउटा बहु जातीय,बहु धार्मिक,बहु संस्कृतिक मुलुक भएर पनि आदिम कालदेखि नै राज्य बाट  जनजातीहरु प्रति सौतेनी छोराको जस्तो व्यवहार हुँदै आएकोमा दु:ख प्रकट गर्दै सबैले आफ्नो आफ्नो विचार ब्यक्त गरेका थिए ।

विचार ब्यक्त गर्नेहरुमा उपाध्यक्ष  श्री शिब श्रेष्ठ,सह-सचिब श्री विकास मोक्तान,कोषाध्यक्ष श्रीमती निनाम्मा राई,सदस्य श्री राम जी कुमार श्रेष्ठ,सदस्य श्री दिपक लामा,सदस्य श्री लाल छन्त्याल,सदस्य श्री नुन थापा,सदस्य श्री संजय महर्जन हरू थिए । बैठकमा समितिको नाम,लोगो, आर्थिक संकलन ,समितिको जर्मनी ब्यापी विस्तारको पहल गर्ने साथै जनजाती महासंघ नेपाललाई विभिन्न स्तरबाट  सहयोग पुर्याउने आदि बिषयहरुमा छलफल भएको थियो।

समितिका सल्लाहकार श्री डोर बहादुर गुरुङ,तथा लाली गुरास परिवार e.V. का अध्यक्ष   श्री यादब सुब्बाज्यूले आदिबासी जनजातिहरुको बारेमा प्रस्ट पार्नु  भएको थियो । बैठकमा पर्यबेक्षकको रुपमा नेपाली जन सम्पर्क समितिका माहामन्त्रि श्री बिजय मोक्तान,श्री राम दास श्रेष्ठ,श्री प्रविन श्रेष्ठ,श्रीमती शान्ति श्रेष्ठ,श्रीमती कमला गुरुङ,श्रीमती डोमा शेर्पा,श्री काजी थापा उपस्थित थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %