नेपाल प्रवासी मगर संघ दोहा कतारले संघका केन्द्रिय समितीका द्धितिय उपाध्यक्ष शेर बहादुर रोकामगरको संयोजकत्वमा भाग्यशाली उपहार योजनाका साथै कौडा, सालैजो, मारुनी, हुर्रा लगायतका बिबिध सांस्कृतिक र ठेलो फाल्ने, डोरी तान्ने, हाँडी फोर्ने (महिला मात्र) लगायतका खेलकुद कार्यक्रमको साथमा बनभोज कार्यक्रम गरी ३१ औं मगर दिवस २०१३ मार्च ८ शुक्रवारको दिन मनाउन गईरहेको छ ।
यस पटक सहभागीहरुलाई बढी मनोरञ्जनका साथै अन्य कुरालाई ध्यानमा राख्दै बनभोज स्थल अल दोसरी चिडीयाखाना, साहनियालाई छनौटका साथै सम्पुर्ण तयारी पनि गरिसकेको कार्यक्रमका संयोजक रोकाज्युले बताउनुभएको छ । कार्यक्रममा सहभागीहरुलाई सहज होस भन्ने हेतुले दोहाको अलफार्दान, सनैया लगायत बिभिन्न स्थानबाट बसको समेत आयोजकले ब्यबस्था मिलाएको छ ।
सहभागीहरुलाई ब्यबस्थापन गर्न सजिलो होस भन्ने हेतुले कार्यक्रममा सहभागीहरुलाई सम्पर्क गर्ने अन्तिम समय २०१३ मार्च १ तारिक सम्म मात्र समय सिमा पनि तोकेको छ । उक्त दिन भन्दा पछी टिकट बन्द गर्ने जानकारी पनि आयोजक समितीले जानकारी गराउनुभयो । कार्यक्रम आयोजक समितीले समस्त कतारबासी मगर तथा गैरमगर दाजुभाई तथा दिदिबहिनीहरुमा कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन पनि अपिल गरेको छ ।
शरन मगर