लखन थापा थपना गर्न हजारौं जुलुश

Read Time:3 Minute, 11 Second

 राज्यले वेवास्ता गरेका कारण प्रथम शहीद लखन थापा आम नेपालीहरुको शहीद हुन नसकेको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा पुर्व श्रम मन्त्री एम एस थापाले बताए । देशमा शहीदको अवमूल्य भएका कारण सच्चा शहीदहरु ओझेलमा पर्दै गएको उनको भनाई थियो । अध्यक्ष थापाले जुलुसमा हिडेको भरमा शहीद घोषणा गर्न सक्ने राज्यले जहानीया राणा शासन विरुद्ध आवाज उठाउने पहिलो व्यक्ति लखन थापालाई प्रथम शहीद घोषणा गर्न नसकेको आरोप लगाए ।
रुपन्देहीको बुटवलको राजमार्ग चौराहमा शहीद लखन थापाको पुर्णकदको शालिक अनावरण गर्दैै उनले उक्त कुरा बताएकाहुन् ।  अध्यक्ष थापाले राजनैतिक प्रशंग उल्लेख गर्दै प्रधानन्याधिस खिलराज रेग्मीकोे नेतृत्वमा बनेकोे सरकारले चुनाव गर्न नसक्ने ठोकुवा गरे  नेपालका राजनैतिक दलका नेताहरुले नेपाली आम जनतालाई गुमराहमा राखेर सत्ता टिकाई राख्ने षड्यन्त्रणमा लागेको अध्यक्ष थापाले आरोप लगाए ।
नेपाल मगर संघ रुपन्देहीका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा लुम्विनी अञ्चल ईन्चार्ज मिना थापा, नेपाल मगर संघका कानुनी सल्लाहकार रत्न रानामगर, राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य टिकाराम शर्मा, नेकपा एमाले रुपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठ, एकिकृत माओवादीका प्रेम गुरुङ्ग, नेपाली काग्रेसका मुक्ति अधिकारी, छन्त्याल संघका जिल्ला अध्यक्ष दल बहादुर छन्त्याल, नेपाल मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष संजिव थापा, संघका सल्लाहकार खेम पुन लगायतले बोल्दै लखन थापालाई लोकतान्त्रिक आन्दोलनका प्रथम शहीद घोषणा गर्न राज्यलाई दवाव दिन जरुरी रहेकोमा जोड दिएका थिए । उपाध्यक्ष गिता सारुको स्वागत र सचिव कमला पुन र कमल थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । शहीद लखन थापाको पुर्णकदको शालिक अनावरण गर्नु भन्दा अगाडि कालिकानगर, रामनगर, गोलपार्कबाट हजारौ जनसंख्यामा बाजागाजा सहीत ¥याली प्रदर्शन गरिएको थियो ।
गोविन्द घर्ति रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %