नेआजम रियाद/१६ फेब्रुअरी २०१३, शनिबार । साउदी अरेबियाको राजधानी रियाद देखि ११ सय किलो मिटर टाढा साउदीको दोश्रो ठुलो शहर उत्तर अफ्रिकाको नजिकै जेद्दामा नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबियाको पश्चिम क्षेत्रिय तदर्थ समिति जेद्दा गठन भएको छ । बैदेशिक रोजगारीको शिलशिलामा नेपाली आदिवासी जनजातिहरू मात्रै एक लाख भन्दा बढी हुन सक्ने अनुमान गरिएको साउदीको पश्चिम क्षेत्र जेद्दा शहरलाई केन्द्र बिन्दु बनाई यांबु र टाइफ शहरमा बसोबास गरि बस्ने नेपाली आदिवासी जनजातिहरूलाई समेट्ने गरि पश्चिम क्षेत्र जेद्दा समिति गठन गरिएको हो ।
जेद्दा शहरको हिलटप रेस्टुरेन्टमा मंगोल एकता सञ्जाल, केन्द्रिय समिति साउदी अरेबिया द्वारा आयोजित तामाङ् जातिको महान चाड सोनाम ल्होसार समापन पछि सोही हल मै नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबियाका केन्द्रिय उपाध्यक्ष श्री बाल कुमार राईको संयोजन्कत्व तथा बिशेष उपस्थिती रहेको एक बन्द सत्रमा दुई सय भन्दा बढी नेपाली आदिवासी जनजाति महानुभावहरूको समुपस्थितीमा श्री मिङमा शेर्पाको अध्यक्षतामा पन्ध्र सदस्सिय नेपाल आदिवासी जनजाति महासंघ, पश्चिम क्षेत्रिय जेद्दा तदर्थ समिति गठन गरिएको छ ।
विश्व भरि छरिएर रहने सम्पुर्ण नेपाली आदिवासी जनजातिहरू एकजुट भएमा मात्र उत्पिडन र उपेक्षामा पारिएका डेढ करोड नेपाली आदिवासी जनजातिहरूको मुद्धालाई संस्थागत गर्न सकिने सन्देश पठाउनु भएको थियो । संजोग नै भनौ उक्त ऐतिहासिक समारोहमा नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबियाका संस्थापक महासचिव श्री दिलिप सुब्बा लिम्बू, निबर्तमान महासचिव श्री नारायण गुरुङ र निबर्तमान केन्द्रिय सदस्य श्री जिवा तिमाले तामाङ् पनि वहाँहरूको पछिल्लो कार्य क्षेत्र जेद्दा शहरमा भएकोले उक्त ऐतिहासिक कार्यक्रममा सहभागिता जनाएका थिए । महासंघ, साउदी अरेबियाको नव गठित पश्चिम क्षेत्रिय तदर्थ समिति जेद्दाको कार्य समितिमा तपशिल बमोजिमका ब्यक्तित्वहरूको नियुक्ती भएको छ ।
ङिमा साङ्गे शेर्पा: अध्यक्ष
धन बहादुर तामाङ: उपाध्यक्ष
नबराज घिसिङ तामाङ्: सचिव
गजेन्द्र मुखिया सुनुवार: सह-सचिव
सुजन सेलिङ लिम्बु: कोषाध्यक्ष
अर्जुन गुरुङ: सह-कोषाध्यक्ष सोम तामाङ: सदस्य
सुमन सलामी मगर: सदस्य
पदम राई: सदस्य
वीर बहादुर लावती लिम्बू: सदस्य
सोम गुरुङ: सदस्य
साङ्पो शेर्पा: सदस्य
धन बहादुर घिसिङ तामाङ्: सदस्य आशराम सिङ स्याङ्तान तामाङ्: सदस्य
भुपाल राना मगर: सदस्य
सल्लाहकार समितीमा निम्नबमोजिम रहेको छ :-
दिलिप जबेगु लिम्बु
झिवा तिमाले तामाङ
नारायण गुरुङ
कृष्ण कुमार श्रेष्ठ
धन बहादुर गुरुङ साउदी अरेबियाको पुर्बी शहरहरूमा रहनु हुने एक लाख भन्दा बढी नेपाली आदिवासी जनजातिहरूलाई सङ्गठित गर्ने उदेश्यले साउदी अरेबियाको दमाम, अल-खोबर, जुबेल र अल-हासा शहरहरूलाई समेट्ने गरि नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबियाले आगामी २२ फेब्रुअरी २०१३, शुक्रबार दमाम शहरको सिको बिल्डिङ नजिकै स्टार लाईट रेस्टुरेन्टमा पुर्बिय क्षेत्रिय तदर्थ समिति दमाम गठन गर्ने तय गरिएको छ । क्षेत्रिय तदर्थ समिति बिस्तारका लागि अर्का केन्द्रिय उपाक्ष्यक्ष श्री खेम गुरुङको सन्योजकत्वमा अन्तिम तयारी भैसकेको जानकारी प्राप्त भएको छ ।
हुम सुनारी मगर