१६ फेब्रुअरी, हङकङ
बहुसंख्यक जनजाति भएको ठाँउमा गैरजनजाति महाबाणिज्यदुत पठाएको भन्दै आदिवासी जनजाति महासंघ हङकङले भोलि ६ बजे एक कार्यक्रम गरी विरोध गर्ने भएकोछ । अर्थ मन्त्रालयका सह(सचिव महेशकुमार दाहाललाई हिंजो सरकारले हङकङको लागि महाबाणिज्यदुत नियुक्त गरेकोछ ।
यसअघिका महाबाणिज्यदुत विनोदकुमार उपाध्यायको ठाँउमा उनलाई पठाइएकोथियो । महासंघले लामो समय देखि जनजाति दुत माग्दै आन्दोलन गर्दे आईरहेकोछ । महासंघले महाबाणिज्यदुतावास घेर्ने, धर्ना दिने र आमरण अनसन सम्म गर्ने जनाएकोछ । आफ्नो माग नसुनेपछि आज गरिएको बैठकबाट यस्तो कडा निर्णय गरिएको त्यसका अध्यक्ष एमवी थापा बताँउछन् ।
बाहुन महाबाणिज्यदुतको खिलापमा आमरण अनसन हुने
Read Time:59 Second