प्रथम शहिद लखन थापा सबैका साझा

Read Time:6 Minute, 2 Second


 
१४ फेब्रुवरी २०१३
मगर संघ हङकङले प्रथम शहीद लखन थापा मगरको १३६औं स्मृति दिवस उनलाई फांसी दिएकै दिन फाल्गुन २ गते मनायो । संघले बिभिन्न कार्यक्रम गर्दा विदाको दिन आईतबारलाई बिशेष महत्व दिंदै आएतापनि प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस भने फाल्गुन २ गते नै मनाउंदै आएको छ । तात्कालिन  निरंकुश जहानिय राणा शासन बिरुद्ध आवाज उठाउने पहिलो निडर र शाहसी बिर सपुत थिए लखन थापा मगर । लखन थापा मगरले देशमा विद्यमान कालो र एकतन्त्रीय राणा शासन विरुद्ध जनतालाई सचेत गराई देशमा प्रजातान्त्र, कानुनी राज्य , मानव अधिकारको स्थापना र बिदेशीहरुको दवावको बिरुद्धमा पहिलो जनबिद्रोह गरेकाथिए ।

 मगरले देश र जनताको निम्ती दिएको शहादतको सम्मान गर्दे अहिले सम्म प्रथम शहिदको रुपमा सुनवाई नभएको र यसको लागी सम्बन्धित निकायमा दबाव दिईनुपर्ने बक्ताहरुको भनाई थियो ।  दुरा समाजका तर्फबाट भक्त दुराले शहीद लखन थापा  कुनै जाती वा समुदायको नभई  सिंड्गो राष्ट्रको प्रथम शहीद रहेको स्मरण गराए । प्रथम शहीद लखन थापा मगरले राणा शासन बिरुद्ध राष्ट्रको हितको लागी र देशमा प्रजातान्त्र स्थापनाको लागी आफ्नो ज्यानको आहुति दिनुभयो तर अहिले सम्म उहांको बिरगतिको सम्मान राष्ट्रले दिन नसकेको बताए ।

उनको भनाईमा २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्र पुनर्स्थापना भयो तर  शहीद लखन थापा मगरलाई सम्झिने काम भएन ।  उनले थपे, ुकिन घोषणा गरेन लखन थापा मगरलाई प्रथम शहीद रु राजनैतिक पार्टीहरु मानव अधिकारको कुरा गरेर कहिल्यै थाक्दैनन् तर प्रथम शहीद लखन थापा मगरले नेपाली जनताकोलागी दिएको प्रजातन्त्र र अधिकारको आहुति किन सम्झदैनन् रु त्यसैले जनजातिहरु, नेताहरु जुनसुकै राजनैतिक पार्टीमा रहेतापनि लखन थापा मगरलाई प्रथम शहीद घोषणाको लागी आ९आफ्नो पार्टीमा पहल गर्नुपर्ने उनको जोड थियो।

हंगकंग नेपाली महासंघका प्रमुख सल्लाहकार हेम लिम्बुले प्रथम शहीद लखन थापा मगरको स्मृति दिवस बिगतका केहि बर्ष महासंघ र मगर संघ मिलेर गरेको र यो बर्ष मगर संघ एक्लैले गरेतापनि अब आउने दिनहरुमा महासंघ र मगरसंघले संयुक्त रुपमा गर्नु पर्ने बताए । आदिवासि जनजाति महासंघ हंगकंगका अध्यक्ष एम।बि दर्लामी मगरले को थिए लखन थापा मगर ? को संग यिनले शसस्त्र लडाई लडे ? कसका निम्ती र केका लागी लड़े  ? वहाले शसस्त्र लडाई लडे बापत के प्राप्त गरे ? भन्ने बारे प्रस्ट्यएका थिए । उनले लखन थापा मगर सर्वप्रथम त नेपाली थिए ।  प्रथम शहीद लखन थापा मगर भन्दा पहिले कोही राष्ट्र र जनताको खातिर शहीद नभएकोले उनलाई छिटो भन्दा छिटो नेपाल सरकारले प्रथम शहीद घोषणा गर्नुपर्ने उनको माग थियो ।

नेपाल मगर बौद्ध समाज हंगकंगका अध्यक्ष  प्रेम गलामी मगर ,  नेपाली जनसम्पर्क मन्चका अध्यक्ष राम गुरुड्ग , किरांत याक्थुम चोम्लुड्गका अध्यक्ष त्रिभुवन लिम्बु , चेम्बर अफ कमर्सका उपाध्यक्ष दासुराम पराजुलीले प्रथम शहीद लखन थापा मगर प्रति आ९आफ्नो मन्तब्य दिएका थिए । शहीद लखन थापा मगरको बारेमा मगर संघ हंगकंगका कोषाध्यक्ष  हेम बहादुर थापा मगर र सदस्य मेख आले मगरले कविता बाचन गरेका थिए । मगर संघ हंगकंगको अध्यक्ष चन्द्रज्योती आले मगरको सभापतित्वमा सम्पन्न प्रथम शहीद लखन थापाको १३६ औं स्मृति दिवसमा हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर प्रमुख अतिथी थिए ।

मगर संघका संस्थापक अध्यक्ष र भु०पु० अध्यक्षहरु र बिभिन्न जातिय संघ संस्थाहरु र क्षेत्रीय संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुलाई  अतिथीको रुपमा आसन ग्रहण गराएको थियो । मगर संघ हंगकंगका सचिब सुमन थापा मगरले स्वागत मन्तब्य दिएका थिए । प्रमुख अतिथी प्रदीप थापा मगर र कार्यक्रमको अध्यक्ष चन्द्रज्योती आले मगरले संयुक्त रुपमा शहीदको तस्बिरमा माल्यार्पण गरी कार्यक्रम सुरु गरिएको थियो । शहीद लखन थापा मगरको स्मरणमा १ मिनेट मौनधारण पनि गरेको थियो । १३६औं स्मृति दिवसमा उपस्थित सम्पुर्णले  मगरको तस्बिरमा फुल मालाले अर्पण गरेको थियो । कार्यक्रम सन्चालन मगर संघ हंगकंगका महासचिव बोद बिक्रम थापा मगरले गरेका थिए ।

 

बिक्रम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %