हंगकंगमा यस पटकको भलिबल उपाधि घान्द्रुक टिमलाई

Read Time:5 Minute, 42 Second

बिक्रम थापा मगर

हंगकंग १० फेब्रुवरी २०१३,चिनीयां नया बर्षको शुभ अवसर पारेर यस पटक पनि बाग्लुङ्ग समाज हंगकंगले पुरुष र महिला दुबै तर्फ खुल्ला भलिबल प्रतियोगिता साथै बिबिक्यू कार्यक्रम चुन मुन स्थित बटर फ्लाई बिचमा सम्पन्न गर्यो । आफ्नो जन्म भुमीबाट टाढा बसेर हंगकंगलाई कर्म भुमी बनाउंदै आएका नेपाली-नेपालीहरु बिचमा आपसी सदभाव र मैत्री पुर्ण भावनाको बिकास गरी भाईचाराको भावना बढाउनु नै यस प्रतियोगिताको उद्देश्य भएको यस समाजका सचिब राम श्रीस मगर बताउनु हुन्छ ।

सन् २००६ बाट निरन्तर रुपमा प्रतियोगिता गर्दै आएको र यस बर्ष ८औ पटकको प्रतियोगिता थियो । हंगकंगमा भलिबलको महिमा निकै लोकप्रिय भएको पाईन्छ । प्रतियोगिताको उपाधि चुम्नको लागी नेपालबाट क्षेत्रीय र राष्ट्रीय स्तरका खेलाडी किनेर ल्याउने चलन बढ्दै गएको छ । यहि क्रममा घान्द्रुक भलिवल टिम, पुन क्लब टिम, पर्वत मंच टिमले नेपालबाट खेलाडी ल्याएर अ आ-फ्नो टिमबाट खेलाई सकेको छ । तर यस पटकको प्रतियोगितामा भने यस्तो हुन पाएन । प्रतियोगिताको पहिलो प्रतिस्पर्धा घान्द्रुक समाज बी टिम र आयोजक बागलुड्ग समाज टिम  बिच भएको थियो ।

खेलको उद्घाटन  का० मु० नेपाली महाबाणिज्य दुत किरण शाक्य ले गरेका थिए । हंगकंगमा संधैजसो भागलिई रहेका पुरुष तर्फ १० वटा र महिला तर्फ बाग्लुङ्ग समाज हंगकंग र पुन क्लब हंगकंगले सहभागिता जनाएको थियो । बिगत केहि समय देखि आफ्नो बर्चश्व कायम गर्दै आएको आंधिखोला टिम ए स्याड्गजा ले यस प्रतियोगितामा भने आयोजक टिम बाग्लुड्ग समाजबाट सोझो सेटमा पराजय ब्यहोर्नु पर्यो । र उक्त टीमको उपाधि चुम्ने चाहना सेमिफाईनलमा नै टुंगियो । स्याङ्जा ए टिममा यस पटक खेलडीहरु परिवर्तन गरेको कारण एक आपसमा सामानजस्यताको कमि देखिएको थियो भने बागलुड्गका खेलाडीहरु आक्रामक किसिमले प्रस्तुत भएर खेलको कौसलता प्रदर्शन गरेका थिए । 

पोल ए र पोल बी गरी २ पेलमा पाँच पाँच टिम गोला प्रथाद्वारा छुट्टाइएको थियो । जस मध्ये अ-आफ्नो पोलवाट सेमिफाईनलमा क्रमश पुन क्लब टिम र घान्द्रुक समाज टिम बिच र बागलुड्ग समाज टिम र आंधिखोला टिम ए स्याङ्जा टिम बिच प्रतिश्पर्धा भएको थियो । सेमिफाईनलमा घान्द्रुक समाज टिमले पुन क्लब टिमलाई र आयोजक टिम बागलुङग समाजले आंधिखोला टिम ए स्याङ्ग्जा लाई पछडी पार्दै फाईनलमा स्थान जमाउन सफल भए । 

पुरुष तर्फको सेमिफाईनल सकिए लगतै महिलाहरुको प्रतिस्पर्धा रेफरीले सन्चालन  गर्यो । जसमा बागलुङ्ग समाज टिम र पुन क्लब टिम बिच भएको खेलमा  पुन क्लब टीमका खेलाडीहरु आयोजक टिमलाई जित्न  सफल रह्यो । पुरुष तर्फको फाइनल खेल बेस्ट अफ फाईभ को आधारमा  घान्द्रुक समाज टिम र आयोजक बागलुङ्ग समाज टिम बिच भएको थियो । जसमा घान्द्रुकले सोझो ३ सेट आफ्नो पक्षमा पार्दै यस बर्षको बागलुङ्गे कपको उपाधी चुम्यो । यस प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट सटरमा घान्द्रुक समाजका खेलाडी प्रकास गुरुङ्लाई दिईयो भने उत्कृष्ट लिफ्टर भने बागलुङ्ग समाज टिमका बिष्णु गुरुङ लाई प्रदान गरियो । 

समाजका अध्यक्ष देवान सिंह पुन मगरको अध्यक्षतामा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथीमा सिएनएन हिरो २०१२ कि बिजेता पुष्पा बस्नेतलाई र बिशेष अतिथीमा हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगरलाई आसन ग्रहण गराएको थियो ।

मगर संघ हंगकंगका अध्यक्ष चन्द्रज्योती आले मगर , गुल्मी समाज हंगकंगका अध्यक्ष नेत्र पहराई मगर , पुन मगर समाज हंगकंगका उपाध्यक्ष जस पुन मगर र अन्य केहि संघ संस्थाहरुलाई अतिथीको आसन ग्रहण गराएको थियो । कार्यक्रम सन्चालन समाजका सचिब राम श्रीस मगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %