हंगकंग ७ फेब्रोरी, मोङ्कक स्थित (एचके एमए) डेविड लि कोक पो क्याम्पसमा हंगकंगमा रहेका अल्पसंख्क बिध्यार्थिहरुबीच चाइनिज क्यलिग्राफी सम्बन्धि पर्तियोगिता सम्पन्न भएको छ | पर्तियोगीतामा दुइ जना नेपालि मूलका बिध्यार्थिहरु उत्क्रिसठ भएका छन् ।सो प्रतियोगितामा एकजना रेइका राइ र अर्का लक्ष्मी लिम्बु उत्कृष्ट भएकि हुन | कार्यक्रमको आयोजना याउचिम मोङ्ग जिल्ला परिषद (डिस्ट्रिक काउन्सिल) ले गरेको थियो | आयोजकको कन्वेनर जिल्ला परिसदका सदस्य तथा श्रीलङ्ग्कन् एसोसिएसन्का अध्यक्ष मास्टर बाचा र हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर रहेतापनि ब्यस्तताका कारण दुबैजना उपस्थित हुन सकेका थिएनन् |
अन्य अतिथिहरुमा (एचके. एमए)का डेविड लि कोक पो क्याम्पसका चाइनिज क्यलिग्राफीका शिक्षिका योङ्ग पो हिङ्ग, काइफोंग एसोसियसन विद्यालयका प्रधानाचार्य चेउङ्ग यी मै, चाइनिज जनरल आफ कमर्सका उपाध्यक्ष कोउ शु,याउ चिम मोंङ्ग जिल्ला परिषद्का अधिकारि मिस हो ,त्येसैगरी याउ चिम मोंङ्ग जिल्ला परिषद्का अर्का सदस्य तथा नेपाल आदिवासी जनजाति महसंघ हंगकंगका अध्यक्ष एम. बि. थापा दर्लामी मगर रहेका थिए ।