नेपाल जनजाती समाज e.v.जर्मनीको-प्रेस बिज्ञप्ति

Read Time:5 Minute, 33 Second

नेपाल जनजाती समाज e.V.जर्मनीको प्रेस बिज्ञप्ति गत केही दिन देखि अन-लाइन वेब पत्रिका मार्फत साँघु साप्ताहिकमा  ने. आ. ज.  महासंघका महासचिब आङ काजी शेर्पाको बारेमा प्रकाशन भएको नकारात्मक समाचारको बारेमा नेपाल जनजाती समाज e.V.जर्मनी गम्भीर रुपमा ध्यान आकर्षण गराउन चाहन्छसर्बप्रथम यो सस्था कुनै बर्ग बिशेष,जाति  बिशेष धर्म र समुदायको बिरोधमा स्थापना भएको नभई सम्पूर्ण नेपाली आदिबासी जनजातीहरुको धरासाही हुदै गएको, अमुल्य सस्कृतीहरु  विदेश कै भू-भागमा भए पनि जिवन्त बनि रहोस  भन्ने  उदेस्य  बोकेर  सृजना भएको  कानुनी मान्यता प्राप्त सस्था भएको अवगत गराउन चाहान्छौ । यो सस्था स्थापना भए एता हामीले नेपाली परम्परामा आधारित बिबिध सास्कृतिक, धार्मिक, सामाजिक क्रियाकलापहरुको आयोजना गर्दै आएका छौहाम्रो सस्थाले  यो जगतमा सिर्जना भएका सबै मानबिय सस्कृति र प्रचलन बिधि बिधानलाई पवित्र र बिधायक आखाले हेर्ने  गरेको  छयसै प्रसंगमा गत ८ जुलाई २०१२ मा सम्पन्न भएको जनजाती महासंघ बेल्जियमको प्रथम अधिवेसनमा आउनु भएका ने. आ. ज. महासंघका महासचिब आङकाजी शेर्पाको सानिध्यमा  नेपाल जनजाती समाज e.V.जर्मनीले पनि जर्मनीमा अन्तरक्रिया कार्यक्रमको  आयोजना गरेको थियोउक्त समय अवधिमा नेपाल जनजाती समाज e.V.जर्मनी  प्रत्यक्ष रुपमा सहभागी भएको र तेस बेला आङ काजी शेर्पाले  जनजाती महासंघको नाममा एक सेन्ट  चन्दा दानको प्रसंग उचारण नगरेको कुरा अवगत गराउछौ , साथै आफ्नु अन्तरक्रियाको सिलसिलामा वहाले कुनै जात, भाषा, धर्म तथा समुदायको बिरोधमा बोलेको हामीलाई थाहा नभएको समेत अवगत गराउदछौ । बरु नेपालमा वर्गीय रुपमा उत्पीडनमा परेका (वाहुन, आर्य, छेत्री ) लगायत अनन्त काल देखि उपेकक्षीत्  आदिबासी जनजाती,मधेशी, दलित,महिला, अपाङ्ग सबैको लागि सम्मान अधिकार प्राप्त गरी  एक समृद्ध नेपाली समाज बनछ  भने यसको  खातिर हामी सबैले  आफ्नु पबित्र संकल्प लिएर  लागीपर्नु पर्छ भन्ने देशना हामीले पाएको हो । यस अर्थमा आङ काजी शेर्पा माथि आएको  मिथ्या बकम्फुसे आरोप सम्पूर्ण उत्पीडित नेपाली समाजको अपहेलना हो भन्ने निस्कर्ष राख्दै यसको  बिरुद्धमा जनजाती समाज e.V.जर्मनी कानुनी रुपमा प्रस्तुत हुन् समेत  तयार रहेको कुरा सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा अवगत गराउन चाहान्छौहामी सम्पूर्ण मेडिया मित्रहरु प्रति बिधायक र आभारी छौ ।हाम्रो सस्था  मार्फत कुनै केहि कारणले गल्ति भएको खण्डमा हामी अग्रिम छेमा माग्छौ तर, मनगडनते समाचार प्रकासनले कोही कसैलाई राहत नमिल्ने  हुनाले पत्रकारिता छेत्रमा आफ्नो सबै जीवनको हिसा खर्च गरि सक्नु भएको   साँगु साप्ताहिकका सम्पादकलाई हामी प्रति  कहिले को दुस्मनी हो ? स्मरण रहोससाघु साप्ताहिकमा प्रकाशन भएको उक्त समाचार पश्चात हामीलाई  अनेकौ ज्ञात, अज्ञात मित्रहरुले  ई-मैल, फोन मार्फत जर्मनीको जनजाती सस्थाले के कति चन्दा, दान, महासंघलाई उपलब्ध  गराएको हो ? जस्ता प्रस्नहरु सोधनी भएको र गत बर्ष २०१२ को  ऐतिहासिक आदिवासी जनजाती आन्दोलनको समयमा  आदिबासी जनजाती महासंघ साउदी अरबका  अध्यक्ष श्री होम सुनारी  मगरज्युको  अध्यक्षतामा  २२ राष्ट्रका  आदिबासी जनजाती महासंघको साझा मोर्चाको नाममा स्थापित “अन्तरास्ट्रिय आदिवासी  जनजाती संयुक्त  संघर्ष समिती” मा नेपाल  जनजाती समाज e.V. जर्मनी  पनि सहभागी  भएको हैसियतले आङकाजी शेर्पा उपर प्रकाशित नकारात्मक खबर बारे सत्यतत्य के हो ? भन्ने बिषयमा जानकारी प्रकाशित गर्न पत्राचार गर्नु भएकोले यो बिज्ञप्ति प्रकाशित गरेका छौ । स्मरण गराउन चाहन छौ की नेपाली आदिबासी जनजाती अन्तरास्ट्रिय संघर्ष,समिती जर्मनीले  पनि प्रेस बिज्ञप्ति मार्फत सम्पूर्ण जनमानसमा सत्यता जाहेर गरि सकेको  छ ।।।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %