वर्कस कप भलिबलको तयारी पुरा

Read Time:1 Minute, 34 Second

नेपालमै पहिलो पटक नयाँ नियमका साथ खेलाईदै । युवा खेलकुद समुह नेपाल भक्तपुरको आयोजामा हुन लागेको वर्कस कप भलिबल प्रतियोगिता तयारी पुरा भएको छ । भक्तपुरको शहिद स्मृती खेल मैदानमा बुधबार देखी संचालन गरीने प्रतियोगितामा नेपालमै पहिलो पटक भलिबलको नयाँ नियमका साथ खेलाईने भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । प्रतियोगीतामा नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मध्यपुर खेलकुद समुह, काभ्रे जिल्ला भलिबल संघ र आयोजक समुह युवा खेलकुद समुह नेपाल रहेको छ । प्रतियोगिताको पहिले खेल नेपाल आर्मी क्लब र आयोज समुहबीच हुने भएको छ भने दोस्रो खेल काभ्रे जिल्ला भलिबल संघ र मध्यपुर खेलकुद समुहबीच हुने भएको पत्रकार सम्मेलनमा प्रतियोगिताका सयोजक रविन्द्र खर्वुजाले बताउनुभयो । प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाईने आयोक समितिका अध्यक्ष एव भलिबलका एक मात्र अन्तराष्ट्रिय रेफी गौतम लासीवाले बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %