पाल्पा २१ माघ
निजी तथा आवासिय विधालय अर्गनाईजेशन प्यावसन पाल्पाले आयोजना गरेको जिल्ला स्तरीय क्रिकेट तथा फुटवल प्रतियोगिता आज तानसेनमा सम्पन्न भएको छ । प्रतियोगिता अन्तरगत भएको क्रिकेट फाईनल खेलमा सेन्ट कपितानियोले प्रिपेटरी स्कुललाई ५ विकेलले पराजित गरी विजयी भएको हो । १५ ओभरको खेलमा टस जिती व्याटिङ्ग रोजेको प्रिपेटरीले सवै विकेट गुमाउदै ७३ रनमा सिमित भयो । त्यसको जवाफमा सेन्ट कपितानियोले १० ओभरमा ५ विकेट गुमाई ७४ रनको लक्ष बनाउन सफल भयो । प्रतियोगितामा म्यानअफ दि म्याच सेन्ट कवितानियोका विख्यातजगं राना, म्यानअफ द सिरज पाल्पाका आवासियका श्रीधर भट्टराई घोषित भए ।
यसै गरी फुटवल फाईनल खेलमा सेन्ट कवितानियोले न्यू होराईजन स्कुललाई १ का विरुद्ध २ गोल गरी विजयी भयो । सेन्ट कपितानियोका खेलाडी निमेश बज्राचार्यले २ गोल गरी आफ्नो टिमलाई विजयी बनाएका थिए भने न्यू होराईजनको तर्फ बाट महेश थापाले १ गोल गरेका थिए । प्रतियोगिताको क्रिकेट तर्फ जिल्लाका १० वटा टिमको सहभागिता रहेको थियो भने फुटवल तर्फ जिल्लाका १४ वटा टिमको सहभागिता रहेको थियो । विजयी विधालय तथा खेलाडीहरु लाई जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेलले शिल्ड पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।