पाल्पा माघ २१
नेपाल खेलकुद पत्रकार जिल्ला समन्वय समिति पत्रकार माधब अर्यालको अध्यक्षतामा गठन भएको छ । सात सदस्यीय समितिको उपाध्यक्ष अनिल लिगल, सचिव देव पचभैया, कोषाध्यक्ष कृष्ण कार्की रहेका छन् । यस्तै, सदस्यमा मिलन विश्वकर्मा, सन्तोष बस्याल र केशव घिमिरे रहेका छन् । समितिको झपेन्द्र गहिरे, भरत शर्मा र मनोरन्जन शर्मा सल्लाहकार रहेका छन् । मन्चले यही माघको २८ र २९ गते मैत्रीपूर्ण फुटबल खेल संचालन गर्नेछ । खेल संचालन गर्न युथ एक्सन पाल्पा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा, जिल्ला खेलकुद विकास समिति, स्थानीय शान्ति समिति, कर्मचारी मिलन केन्द्र, जिल्ला फुटबल संघसंग समन्वय गरिने मन्चले जनाएको छ ।